Author: admin
धनकुटा । राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान मन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तन गराउन सक्रिय समूहलाई कारबाही गर्ने बताएका छन् । आइतबार धनकुटामा पत्रकारसँग कुरा गर्दै उपप्रधान मन्त्री थापाले नेपालीको पहिचान गुम्ने गरी लोभ लालच देखाएर धर्म परिवर्तन गराउने समूहलाई संविधान अनुसार कारबाही गरिने बताएका हुन् । उपप्रधान मन्त्री थापाले हिन्दु धर्मको प्रचार गर्ने कार्य भने संविधानले दिएको अधिकार भएको दाबी गरे । ठूला राजनीतिक दलका नेताले विदेशीको नुनको सोझो गर्न धर्म निरपेक्षतामा सहमति जनाएको अरोप समेत थापाले लगाए । आइतबार बिहान जिल्ला विकास समिति, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिकाको वित्तिय र भौतिक प्रगति सुन्नु भएका…
काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता नजनाएसम्म संसद बैठक चल्न नदिने दोहोर्याएको छ । आइतबार संसद बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारको तर्फबाट पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता नआएसम्म बैठक चल्न नदिने बताउनुभयो । सभामुख ओनसरी घर्तीले यसबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउन खोज्नुभएकाले उहाँलाई बोल्नको लागि समय दिन आग्रह गरेपनि कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि बैठक एक घण्टाको लागि स्थगित गरिएको छ ।
काठमाण्डाैं । निर्वाचनको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने र जनताको बिचमा रहने राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचन सम्पन्न भए लगत्तै जतानको सम्पर्कमा टाढा रहने रोग लाग्ने गरेको छ। जनताले आफ्नो बारेमा के सोच्छन् भन्ने कुरामा उनीहरूलाई खासै मतलब हुँदैन। त्यसैले जनता भन्न थालेका छन्-‘पहिला त बरू एक जना राजा हुन्थे। अहिले त दलैपिच्छेका छोटे महाराज भए, जनतासँग घुलमिल हुनुपर्छ भन्ने कुरानै यीनीहरूले बिर्सिए’, आजको नेपाल समाचार पत्रमा मधुसुधन रायामाझीले खबर लेखेका छन्। पार्टीका शीर्ष नेता भएपछि बढी व्यस्त हुनु स्वभाविक हो। तर धेरैजसो भने ‘किचेन क्याबिनेट’मा रहेका छोटेमोटे कार्यकर्ताबाहेक अरूलाई भेट्दैनन्।
विराटनगर । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेको खबर आजको अन्नपूर्णमा कुमार लुइँटेल र मनोज बस्नेतले लेखेका छन्। अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन्। सामान्य कर्मचारीसरहनै उनीहरू मासिक तलब बुझ्छन्। गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औधोगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन्। विदेशमा पढाइ पुरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र इन्फरमेसन…
काठमाण्डाैं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाइएको छ । प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरकारी खाँदै थिए। बिहीबार राति ९ बजेको दृश्य हो यो। शुक्रबार बिहान कार्यालय खुलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फाराम बुझाउनका लागि टोकन लिन उनले अघिल्लो दिनबाटै पालो कुरिरहेको खबर आजको गोरखापत्रमा छापिएको छ। तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदासमेत फाराम बुझाउने टोकन नपाएपछि बिहीबार भने अशोकप्रसाद जैसवाल रात त्यहीँ बिताउने गरी यातायात कार्यालय पुगेका हुन्। एकैछिनमा उनीसँगै मिसिन आए, सिन्धुपाल्चोक बाह्रबिसेका प्रदीप कार्की। लगातार नौ दिनसम्म बिहान ४ बजे आउँदासमेत कुपन नपाएपछि उनी पनि राति नै…
वेल्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ अन्तर्गतको खेलमा नर्दन आयरल्याण्डलाई १–० ले हराएर वेल्सले ऐतिहासिक सफलता हात पारेको हो । वेल्सको जितमा नर्दन आयरल्याण्डका खेलाडीले गरेको आत्मघाती गोल निर्णायक बन्यो । ७५ औं मिनेटमा नर्दन आयरल्याण्डका ग्यारेथ मिकोलीले गरेको आत्मघाती गोलले वेल्सलाई पहिलो सहभागितामै युरोकपको अन्तिम ८ मा पुर्यायो । बलमा नियन्त्रण वेल्सको बढी रहेपनि नर्दन आयरल्याण्ड वेल्सका खेलाडीलाई रोक्न सफल भएको थियो । वेल्सले एक मात्रै राम्रो पोस्ट प्रहार गरेकोमा तीन पटक राम्रो पोस्ट प्रहार गर्यो । पहिलो हाफमा नर्दन आयरल्याण्डका खेलाडी वेल्सका ग्यारेथ बेललाई रोक्नमा बढी केन्द्रित भएका थिए । ७५…
पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियालाई १–० ले हराएर पोर्चुगलले अन्तिम ८ मा स्थान बनाएको हो । समूह चरणमा स्पेनलाई हराएर शनसनी मच्चाएको क्रोएसिया भने अन्तिम १६ बाटै घर फर्किएको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप गरिएको समयको अन्तिम तीन मिनेट बाँकी हुँदासम्म खेल गोलरहित बराबरीकै अवस्थामा थियो । तर एक सय १७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा रिकार्डो कोरेज्माले गोल गर्दै पोर्चुगललाई १–० को जित दिलाए । समूह चरणमा एक खेल पनि नजितेको पोर्चुगलको यो प्रतियोगितमा पहिलो जित हो । क्रोएसियाका डोमागोज भिडा…
झापा । इस्लामिक समूह अल–शबाबले सोमालियाको राजधानी मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जनाको ज्यान गएको छ । अल–शबाबका लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परि ज्यान गुमाउनेमा सुरक्षा गार्ड, सर्वसाधारण नागरिक र केही आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् । अल–शबाबका लडाकुले होटलमा रहेका व्यक्तिलाई नियन्त्रणमा राखेर आक्रमण गरेका थिए । अहिले भने प्रहरीले होटल आफ्नो नियन्त्रणमा लिएको छ । होटलको मुल गेटमा आत्मघाती कार बम बिस्फोट गराएपछि अल–शबाबका लडाकु होटल भित्र प्रवेश गरेका थिए । अल–शबाबले पश्चिमा देशको समर्थन रहेको सरकारको विरोधमा यस किसिमका आक्रमण गर्दै आएको छ । –…
एजेन्सी । पोल्याण्ड पहिलो पटक युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार भएको पहिलो प्रि क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई ट्राइब्रेकरमा हराएर पोल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । पोल्याण्डका लागि खेलको ३९ औँ मिनेटमा ज्याकुब ब्लास्कचेकोस्की गोल गरेर अग्रता दिलाएका थिए । खेलको ८२ औँ मिनेटमा स्वीट्जरल्याण्डका शाक्विरीले गोल गर्दै बराबरी बनाए । निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुबै टिमले पाएका केहि अवसरमा गोल नभएपछि खेल ट्राइब्रेकर पुग्यो । ट्राइब्रेकरमा पोल्याण्डले स्वीट्जरल्याण्डलाई ५–४ गोल अन्तरले हरायो । पोल्याण्ड तेस्रो पटकको युरो सहभागितामा क्वाटरफाइनल पुगेको हो ।समूह चरणको खेलमा स्वीट्जरल्याण्डले अल्वानियालाई १–० गोल अन्तरले…
सुरुङ्गा । कनकाई कीर्तन मण्डलीले दुई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ८९ वर्षीय मुक्तिनाथ अधिकारी र ९६ वर्षीय मनमाया सुवेदी छन् । शनिबार आयोजित एक कार्यक्रमका बीच मण्डलीको ज्येष्ठ सदस्यको रुपमा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरियो । त्यस्तै, कार्यक्रममा मण्डलीलाई योगदान पुर्याउने स्व. कृष्णप्रसाद कोइराला, स्व.राधाकृष्ण खतिवडा, स्व. हरिप्रसाद तिम्सिना, स्व. खेमनाथ अधिकारी र स्व.लक्ष्मीप्रसाद खतिवडालाई मरणोप्रान्त सम्मान गरिएको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।