Author: admin

काठमाडौं। आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ। यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका…

Read More

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन् । अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी र सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो । अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन् । पार्टीले दिएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विद्रोही बनेकालाई छाड्ने हो भने प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा पूर्वसहकर्मीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्दैछन् । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी ९नेकपा एस० नेपाली कांग्रेस, माओवादी…

Read More

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनप्रति पार्टीले आपत्ति जनाएको छ । एकीकृत समाजवादी उपमहासचिव विजय पौडेलले अध्यक्ष नेपालले स्पष्टीकरण नबुझाउँदै प्रहरीलाई कारबाही गर्न आयोगले दिएको निर्देशन लोकतन्त्र विपरीत भएको टिप्पणी गरेका छन् । “स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश रु यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,” उनले ट्विटरमा भनेका छन् । आयोगले अध्यक्ष नेपालले सार्वजनिक अभिव्यक्ति मार्फत फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै बिहीबार स्पष्टीकरण सोधेको छ भने कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको छ ।

Read More

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ । आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३-४ फिटको दश-दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने ।’ उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३÷४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ । चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले पत्र काटेको छ । रौतहट १ का तिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको समाचार प्रकाशन भएकाले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।…

Read More

काठमाडौँ । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो । वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ । कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ ।

Read More

झापा । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक राप्रपा प्रवेश गरेका छन् । बुधबार उनी राप्रपा प्रवेश गरेका हुन् । मल्लिक भद्रपुर नगरपालिकाका पूर्व मेयर पनि हुन् । उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् । केही समयदेखि उनी राजनीतिमा निष्क्रिय जस्तै थिए ।

Read More

झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसंगको तालमेलविपरित आफ्नो दलका कार्यकर्ताले भोट हालेमा पार्टीबाट बर्खास्त गरिने चेतावनी दिएका छन् । झापाको मेचीनगरमा एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा लिङ्देनले सो निर्देशन दिएका हुन। उनले भने, ‘राप्रपाका कार्यकर्ताले सूर्यमा भोट हाल्नु ठाउँमा हाल्नुस्। नत्र मंसिर ४ पछि तपाईं राप्रपाको कार्यकर्ता बन्नु हुनेछैन ।’ लिङ्देन झापा ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। त्यहाँ एमालेले लिङ्देनलाई समर्थन गरेको छ। ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । त्यहाँ राप्रपाले एमालेलाई समर्थन गरेको छ ।

Read More

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । झापाको क्षेत्र नं १ को मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले एमालेले मत पाउन कुनै समस्या नरहे पनि चुनावमा अनेक जालझेल हुने संभावना भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरे। सत्ता गठबन्धनले सुरक्षाकर्मी र कर्मचारी दुरुपयोग गरेर बुथ कब्जा गर्ने र मतपेटिका साट्नेसम्मका काम हुनसक्ने भन्दै कार्यकर्तालाई सचेत गराए । राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको उनको भनाइ थियो । एमाले अध्यक्ष ओलीले चुनावको…

Read More

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्। राष्ट्रपति भवनमा भएको शिष्टाचार बिदाइ भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। होउ सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन्।चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किन लागेकी उनले नेपालमा उच्चस्तरीय भेटघाट गरिरहेकी छन्।

Read More