झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
झापाको क्षेत्र नं १ को मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले एमालेले मत पाउन कुनै समस्या नरहे पनि चुनावमा अनेक जालझेल हुने संभावना भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरे।
सत्ता गठबन्धनले सुरक्षाकर्मी र कर्मचारी दुरुपयोग गरेर बुथ कब्जा गर्ने र मतपेटिका साट्नेसम्मका काम हुनसक्ने भन्दै कार्यकर्तालाई सचेत गराए ।
राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको उनको भनाइ थियो ।
एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताए ।
Facebook Comments Box