Author: admin

काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।  खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको हो ।

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ। लामिछानेमाथि अनुसन्धान गर्न अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

Read More

झापा । झापाको भद्रपुर नगरपालिका-७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका दुई जनालाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० का २२ बर्षीय रितिककुमार शर्मा र भद्रपुर नगरपालिका-७ का रोशन राजवंशी रहेका छन् । उनीहरुलाई चोरी भएका मोवाइल फोन र सुनका बिभिन्न किसिमका गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष यो दिवस साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ मनाउन लागिएको छ । साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य,…

Read More

काठमाडौं । संघीय संसद्बाट पारित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता पठाइएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले यथावत् रूपमै पारित गरेपछि पुनः प्रमाणीकरणका लागि पठाइएको हो । राष्ट्रपति भण्डारीको चासो सम्बोधन नगरी विधेयक पुनः प्रमाणीकरणका लागि पठाइएपछि उनले आन्तरिक छलफल थालेकी छन् । असोज १ भित्र प्रमाणीकरण भएन भने यो विधेयकको अस्तिव के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ । प्रतिनिधिसभाको कार्यकाल असोज १ सम्म छ । विधेयकलाई गत सोमबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेपछि सोही दिन प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको हो । संविधानको धारा ११३…

Read More

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने उनले बताए । उनका अनुसार हिजो बेलुकासम्ममा झण्डै ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरोकाे दाबी छ । कांग्रेसबाट कार्यदल सदस्य रहेका नेता ज्ञानेन्द्र कार्कीका अनुसार केही…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । बुधबार बिहानै महानगरको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको हो । त्यस्तै सो क्षेत्रमा नक्सापास बिपरित बनाइएका घर टहराका साथै सडक मिचेर बनाइएका कम्पाउण्ड पनि महानगरले भत्काएको छ भने सडक छेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ । महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो । त्यस्तै व्यापारिक भवनको बेसमेन्टमा पार्किङ उल्लेख गरेर नक्सा पास गरिए पार्किङ नराखिएका संरचना हटाउने…

Read More

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको बताइएको छ । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको प्रहरी स्रोतले बताएको छ । सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ।   सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

Read More

विर्तामोड। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र न ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन्। आज बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा लिङ्देनको मात्रै नाम सिफारिस गरेको हो । राप्रपाले स्थानीय आवश्यकताका आधारमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ। झापामा ३ नं क्षेत्र एमालेले राप्रपालाई छाड्ने र ५ मा एमाले अध्यक्ष केपी ओलीलाई राप्रपाले सघाउने गरि तालमेलको तयारी भइरहेको छ।

Read More

झापा । निजामती सेवा दिवस २०७९ को अवसरमा कर्मचारी मिलन केन्द्र भद्रपुरका सदस्यहरूबीच गराइएको मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय बाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ को सोझो सेटमा हराउँदै बाणिज्य बैंक बिर्तामोड शाखा विजयी बनेको हो । बाणिज्य बैंकको तर्फबाट प्रज्जवल ओझा र खगेन्द्र कन्दङ्वाको जोडी तथा विद्युत प्राधिकरण दमक वितरण केन्द्रको तर्फबाट धिरेन्द्र बजगाइँ र टंकप्रसाद उप्रेतीको जोडीबीच अन्तिम प्रतिष्पर्धा भएको थियो । बाणिज्य बैंकको जोडीले सेमीफाइनलमा जिल्ला अदालत झापाका न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद रिजालको जोडीलाई हराउँदै फाइनलको यात्रा तय गरेको…

Read More