विर्तामोड। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र न ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन्।
आज बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा लिङ्देनको मात्रै नाम सिफारिस गरेको हो ।
राप्रपाले स्थानीय आवश्यकताका आधारमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ।
झापामा ३ नं क्षेत्र एमालेले राप्रपालाई छाड्ने र ५ मा एमाले अध्यक्ष केपी ओलीलाई राप्रपाले सघाउने गरि तालमेलको तयारी भइरहेको छ।
Facebook Comments Box