Author: admin
काठमाडौं । आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ। आजका लागि बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको थियो। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिवार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशअनुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको सूची आज निर्वाचन आयोगमा पठाउने भएको छ । पाँच सिट पाएको उक्त पार्टी स्रोतका अनुसार समानुपातिकतर्फका सांसदको टुंगो लगाइसकेको छ । जनमत पार्टीबाट अनिता साह, सोनु मुर्मु, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा सांसद हुने संभावना छ ।
काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी सकारको नेतृत्व युवा पुस्तामा जानुपर्ने आवाज उठिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलमा बहुमत जुटाउन लागेका छन् । निर्वाचनका सबै परिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्थाअनुसार आगामी सरकारको नेतृत्वका लागि देउवा आफ्नो पक्षमा माहोल बनाउन लागेका हुन् । कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता चयन गर्नुपर्ने वैधानिक व्यवस्था छ । पार्टीलाई पुनर्जागरण गराउन र जनभावनाको प्रतिनिधित्व गर्न संसदीय दलको नेतामा नयाँ पुस्तालाई पालो दिनुपर्ने आम जनआवाज उठिरहे पनि देउवाले पुनः आफैंलाई संसदीय दलको नेतामा अघि सार्दै शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेताहरूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् ।…
काठमाडौँ । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए । नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
समानुपातिक तर्फ पहिलो दल बनेको एमालेले २८ लाख ४५ हजार मत पाएको छ। यही अनुपातका आधारमा एमालेले ३४ समानुपातिक सांसद पाउने भएको छ। बन्दसूचीमा रहेको क्रमसंख्या अनुसार सांसद हुने भएपनि अल्पसंख्यक, पिछडिएको वर्ग र अपाङ्गता भएका व्यक्तिका हकमा सूचीमा रहेको क्रमसंख्या हेरफेर गर्न सकिन्छ। ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने संवैधानिक व्यवस्था अनुसार ३१ जना महिला हुनुपर्छ। राष्ट्रिय सभामा अहिले एमालेका ९ जना महिला सांसद छन् भने यो पटकको निर्वाचनबाट ४ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभामा गरि संघीय संसदमा एमालेका ९३ सांसद हुनआउँछ। अब एमालेले १७ जना महिला समानुपातिकबाट पूर्ति गर्नुपर्ने हुन्छ। पाएको सिटबाट…
काठमाडौं । समानुपातिक सांसद छान्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। मंगलबार मतगणना सकिएलगत्तै निर्वाचन आयोगले बुधबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र ६ तथा सोही ऐनको अनुसूची १ र २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र सोही ऐनको अनुसूची १ अनुसार सिट तोकेको हो। निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ८७ राजनीतिक दल सहभागी थिए भने प्रदेशसभा सदस्यमा भाग लिने दलहरूको संख्या प्रदेशअनुसार फरकफरक छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानका लागि २ हजार ४१२…
काठमाडौँ । मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा एमालेको ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले जनाएको छ। बहुमतको आह्वानसहित निर्वाचनमा होमिए पनि गठबन्धन दलहरूलाई आवश्यक सिट संख्या अपुग भएको थियो। समानुपातिकको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल भएको छ तर प्रत्यक्ष र समानुपातिकको सिट संख्या हेर्दा कांग्रेस ठूलो दल भएको छ। यसले गर्दा एमालेले गठबन्धन दलहरूलाई बहुमत नदिएको र जनताले अस्वीकार गरेको जनाएको हो। निर्वाचन आयोगले दिएको जानकारीअनुसार एमालेले प्रदेशसभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधिसभामा ३४ सिट पाएको छ। समानुपातिकतर्फ…
काठमाडौँ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको एउटा पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । सचिवालयका महासचिव डा. गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राष्ट्रपतिको कार्यालय, सर्वोच्चलगायत निकायमा पत्र पठाएका थिए । त्यसको कानुनी आधार नभएको र उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेज माग गर्दै सर्वोच्च अदालत बारका पदाधिकारीले रिट दायर गरेका हुन् । बुधबार सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ पदाधिकारीले व्यक्तिगत रूपमा रिट लगेका हुन् । सर्वोच्चले रिटमा पेसी भने तोकिसकेको छैन ।