Author: admin
झापा । कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।
झापा। झापाको भद्रपुरमा रहेको मेची रङ्गशालामा प्रथम भद्रपुर गोल्ड कपको आयोजना हुने भएकाे छ। भद्रपुर नगरपालिकाको संयोजनमा गोल्डकप प्रतियोगिता आयोजना हुन लागेको हो। प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सोमबार नगरपालिकामा भएको भेलाले गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। साथै भेलाले युवा उद्यमी दिपेश ढकालको संयोजकत्वमा प्रथम भद्रपुर गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समिति समेत गठन गरेको छ। प्रतियोगिता फागुनको अन्तिम साता आयोजना गरिने बताइएको छ। मेची रंगशालामा २०६१ सालमा सञ्चालन त्रिभुवन गोल्ड कप आयोजना भएको थियो। त्यसपछि यो पहिलोपटक हुन लागेको ठूलो प्रतियोगिताको हो।
जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न भन्दै सरकारले आइतबारको मन्त्रीपरिषद्बाट अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोही अध्यादेश सोमवार राष्ट्रपति कार्यालय पुगेको हो । सरकारले पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा आइपुगेको र राष्ट्रपति विद्यादेवी भण्डारी अध्ययनमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सुर्खेत। जाजरकोटमा भएको जिप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार बेलुका ४ बजेतिर भएको दुर्घटनामा जिपमा सवार ९ जनाको मृत्यु भएको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए। मृतकको सनाखत भइसकेको छैन। उनका अनुसार दुर्घटनामा ३ जना घाइते भएका छन्। वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो।
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘गत साउन १९ गते नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम मंसिर ४ गते निर्वाचन सम्पन्न हुने गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी…
काठमाडौं । निर्वाचन आयोगले आज समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । निर्वाचन आयोग समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आजै सार्वजनिक गर्नेगरी तयारी गरिरहेको छ। आयोगले राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो ४ बजेसम्म तोकेको छ। समानुपातिकको सूची सच्याएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्नेछ। मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त…
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका छन्। सर्वोच्चको फुलकोर्टले पत्र पठाएलगत्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ। संसद सचिवालयले सर्वोच्च प्रशासनलाई पठाएको पत्रमा फुलकोर्टको प्रश्नको जवाफ संवैधानिक इजलासमा जवाफ दिने क्रममा पठाउने उल्लेख छ। सर्वोच्चले संसद सचिवालयलाई राणाको महाभियोग निष्क्रिय भएको विषयमा ७ दिन भित्र जवाफ दिन आदेश दिएको छ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । राजधानीमा आज आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताए । उनले स्थानीय तहमा भ्रष्टाचार न्यूनिकरण र दिगो विकास लक्ष्य अनुसार योजना तर्जुमा गर्न पनि आग्रह गरे । सहज रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका कामहरु गर्नुपर्ने समेत उनले बताए । त्यसतर्फ छलफल चलाउनु जरूरी रहेको उनले बताए । सार्वजनिक प्रशासनको चुस्त कामले नै जनता समक्ष सेवा प्रवाह हुन सक्ने भन्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन पनि…
काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगले जनाएको छ ।…
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ । भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर, ल्यापटप, सेल फोनलगायत उपकरण थप अनुसन्धानका लागि रोकेको विभागले जनाएको छ । प्राधिकरणले ती सामग्री दूरसञ्चारको ट्राफिक अनुगमन र चोरी नियन्त्रणका लागि खरिद गरेर ल्याएको हो । प्राधिकरणले खरिद गरेर ल्याएका सामानमा १ सय ९ वटा सर्भर छन् । खरिद गरिएका प्रतिसर्भरको मूल्य ७९ हजार ९ सय २० डलर भनिएको छ । एक डलरको सटही दर १ सय २८ रूपैयाँले हिसाब गर्दा एउटै सर्भरको मूल्य १ करोड २ लाख २९ हजार ७…