जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न भन्दै सरकारले आइतबारको मन्त्रीपरिषद्बाट अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोही अध्यादेश सोमवार राष्ट्रपति कार्यालय पुगेको हो ।
सरकारले पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा आइपुगेको र राष्ट्रपति विद्यादेवी भण्डारी अध्ययनमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Facebook Comments Box