Author: admin

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा आगामी ४ पुसमा जलपान कार्यक्रम आयोजना गर्ने भएको छ। बहादुरभवनस्थित आयोग परिसरमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अति विशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ। यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन्। गत वैशाखमा स्थानीय तह तथा ४ मंसिरमा मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ।

Read More

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् । शीतल निवासमा आयोजित समारोहमा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो ।

Read More

झापा । विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त साविक च्याम्पियन फ्रान्स र दुई पटकको विश्व विजेता अर्जेन्टिनाबिच हुने भएको छ। बुधबार राति कतार स्थित अलबायत स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकन टोली मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फ्रान्स विश्वकपको लगातार दोस्रो संस्करणमा फाइनलमा पुग्ने छैटौं टिम बनेको छ। युरोपियन जायन्ट फ्रान्सले समग्रमा चौंथो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो। यसअघि फ्रान्सले १९९८, २००६ र २०१८ मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो। जसमा फ्रान्स १९९८  र २०१८ मा च्याम्पियन बनेको थियो।

Read More

संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा नहुँदै सचिव घिमिरेले सचिवालयका महासचिव महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाएका हुन् । उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । घिमिरेले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका हुन्।

Read More

आलु भिटामिन सी, आइरन र राइबोफ्लेविनको धनी स्रोत मानिन्छ । आलुको रसले डार्क सर्कल कम गर्न र आँखाको आसपास सुन्निने समस्यालाई कम गर्छ । यो त सबैलाई थाहा भएकै कुरा हो । तर छालामा चमक ल्याउन र दाग धब्बा हटाउन पनि यसको प्रयोग गरिन्छ । काचो आलुको रस एन्टी–एजिङ लाभ प्रदान गर्छ । यसको नियमित प्रयोगले डण्डीफोर कम गर्न पनि सहयोग गर्छ । यसका साथै डण्डीफोरको दाग हटाउन पनि सहयोग गर्छ । यसका अलावा यसको अन्य महत्वपूर्ण सौन्दर्यलाभ पनि हुन्छ । आलुको रस प्राकृतिक ब्लिचिङ एजेन्ट हो, छालाबाट सनबर्न टोन हटार निखार ल्याउँछ । आलुको टिस्यु फेसप्याक आलुको रसले टिस्यु पेपर…

Read More

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। बुधवार बिहान बालुवाटार पुगेर पाैडेलले प्रधानमन्त्री देउवासमक्ष यस्ताे प्रस्ताव राखेका हुन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफूलाइ सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीमा आफूलाई सबैले सहयोग गर्ने भन्दै देउवालाई पनि उनले सहयोग गर्न भनेको पौडेलनिकट एक नेताले बताए।

Read More

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् । त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक…

Read More

काठमाडौं । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ संशोधन गर्न ल्याएको ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर अध्ययन हुँदै छ । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेश’दयगत निणर्य गरी प्रमाणीकरणका लागि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले अध्यादेशका विषयमा राष्ट्रपतिले आवश्यक अध्ययन गरिरहेको बताए । ‘राष्ट्रपतिले अध्ययन गर्दै हुनुहुन्छ, अध्ययनपछि केही निर्णय होला’, राष्ट्रपति कार्यालयका सहसचिवसमेत रहेका प्रवक्ता आचार्यले राजधानीसँग भने । वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी अध्यादेश विषयमा राष्ट्रपतिसँग जोडेर कुनै निर्णयको अपेक्षा गर्नुभन्दा सरकारले नै अध्यादेश फिर्ता गर्दा…

Read More

झापा । विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना छैटौं पटक फाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा लियोनेले मेसीले एक गोल र एक असिस्ट गरेका थिए। जितसँगै अर्जेन्टिनाले यसअघि २०१८ को विश्वकपमा समूहचरणमा क्रोएसियासँग ३-० लेनै हारेको खेलको बदला समेत लिएको छ। यसअघि अर्जेन्टिना पछिल्लो पटक २०१४ को विश्वकपको फाइनलमा प्रवेश गरेको थियो। अर्जेन्टिना उक्त फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै विश्वकप उपाधि जित्नबाट बञ्चित भएको थियो।

Read More

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लगाउदै त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । घण्टाघर अगाडि आयोजित कोणसभामा बोल्नेहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरे ।

Read More