Author: admin
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा गएराति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेका छन् ।
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा बाहिरिएको हो। सत्ता गठबन्धनबाट बाहिरिएको जसपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार बेलुका एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी चुनावी तालमेलको निर्णय गरेका हुन्। गठबन्धनको बैठक छोडेर यादव ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । एमालेसंग भएको सहमतिअनुसार आज दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षरको तयारी भएको छ। धनुषा २, बारा २ र ३ बाँके २ र रुपन्देही ४ लगायत केही क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरि सहमतिको मस्यौदा तयार भएको…
काठमाडौं । बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल र चुरेहिल अस्पताल पुयाइएका १६ जनालाई मृत घोषणा गरिएको हाे । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दशैंकाे दोस्रो दिन (बिहिबार) भएको दुर्घटनामा अधिकांश टीक ग्रहण गर्न हिंडेका यात्रु रहेका छन् । हेटौंडामा उपचार हुन नसकेपछि गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ५१ जना यात्रु बोकेर चितवनको नारायणगढबाट बाराको पथलैयातर्फ गइरहेको ०६–००१ ख ०११० नम्बरको बस ओरालो सडकमा दुर्घटनामा परेको हो । तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले पूर्वानुमान गरेकाे छ ।
काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ। अनुकूल मौसम नभएपछि काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो। बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो। त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ। झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले बताए।
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीसमक्ष आत्मसमर्पण गरेलगत्तै उनलाई प्रहरीले अनुसन्धानका लागि हत्कडी लगाएर लगेको छ ।उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । लामिछाने बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
काठमाडौं । दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ । हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो । टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । तर, अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ । दसैँ हिन्दू धर्मावलम्बीका…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने भएका छन् । कतार एयरवेजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ । उनले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । नेपालको न्यायालयले आफूलाई न्याय दिनेसमेत उनले बताउँदै आएका छन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख…
काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँट बारे अझै निष्कर्ष निकाल्न सकेको छैन । हिजोको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । गठबन्धन नेताहरु दशैँ मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो । कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रुपमा ढोका खुला गरेको छ । सत्ता गठबन्धनको बैठक आज…
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट दसैंको टीका तथा जमरा ग्रहण गरेका छन् । झापाको दमकमा रहेको ओली निवासमा बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले एमाले अध्यक्ष ओलीलाई दसैंको टीका लगाइदिएका हुन् । ओलीलाई टीका लगाइदिन अघि बढीआमा सुरूंगा निवासी हरिमाया ओलीले बुवा मोहनप्रसादलाई टीका लगाइदिएकी थिइन् । ओलीकी बढीआमा हरिमाया र बुवा मोहनप्रसादले एमाले अध्यक्ष ओली र उनकी श्रीमती राधिका शाक्यलाई टीका लगाइदिएका थिए । ओली निवासमै एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका थिए । दमकका सर्वसाधारण, नातागोता तथा सुरक्षाकर्मीलाई एमाले अध्यक्ष ओलीले टीका लगाइदिएका थिए ।
काठमाडौं ।आज बडादशैं अर्थात् विजयादशमीको मुख्य दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका दिन आज बिहान १० बजेर ३४ बजे देवी विसर्जनको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि शुभ समयको साइत ११ बजेर ५१मिनेट रहेको उनले बताए। समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ। नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन। विजयादशमीका दिन चन्द्रमा…