काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा बाहिरिएको हो।
सत्ता गठबन्धनबाट बाहिरिएको जसपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार बेलुका एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी चुनावी तालमेलको निर्णय गरेका हुन्।
गठबन्धनको बैठक छोडेर यादव ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।
एमालेसंग भएको सहमतिअनुसार आज दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षरको तयारी भएको छ।
धनुषा २, बारा २ र ३ बाँके २ र रुपन्देही ४ लगायत केही क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरि सहमतिको मस्यौदा तयार भएको बताइएको छ ।
Facebook Comments Box