झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट दसैंको टीका तथा जमरा ग्रहण गरेका छन् ।

झापाको दमकमा रहेको ओली निवासमा बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले एमाले अध्यक्ष ओलीलाई दसैंको टीका लगाइदिएका हुन् ।
ओलीलाई टीका लगाइदिन अघि बढीआमा सुरूंगा निवासी हरिमाया ओलीले बुवा मोहनप्रसादलाई टीका लगाइदिएकी थिइन् ।
ओलीकी बढीआमा हरिमाया र बुवा मोहनप्रसादले एमाले अध्यक्ष ओली र उनकी श्रीमती राधिका शाक्यलाई टीका लगाइदिएका थिए ।
ओली निवासमै एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका थिए । दमकका सर्वसाधारण, नातागोता तथा सुरक्षाकर्मीलाई एमाले अध्यक्ष ओलीले टीका लगाइदिएका थिए ।


Facebook Comments Box