Author: admin

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ। प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र छन्। उक्त निर्वाचन आगामी मङ्सिर…

Read More

काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिका–८, पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ । पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको छलफलपछि ८ बुँदे सहमति भएको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले जानकारी दिए। जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुवै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ । घटनामा भएको…

Read More

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन्।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन्। शुक्रबार झापा-३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन्। उनले एमालेको इज्जतका लागि भए पनि झापा-३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए। उनले भने, ‘देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न आवश्यक छ। विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्छ।’  आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे।

Read More

काठमाण्डाै । सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो । सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।

Read More

काठमाडौं । महोत्तरीमा हिंसा भड्किएपछि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएकाे छ । हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हाे । हिंसा नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हाे । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने जानकारी दिए ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् । ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाइदिएका थिए । टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए । उनले हजारौँ वर्ष…

Read More

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।        प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजया दशमीको टीका पनि लगाएका थिएनन् ।

Read More

झापा । आज भाइतिहार मनाउँदै यस बर्षको तिहार समापन हुँदैछ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको समितिको भनाइ छ । दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइतिहार मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कम्तीमा ५ वर्ष मतदातालाई धोका दिन नपाइने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ५ वर्षको अवधिको साझा कार्यक्रम बनाएर गठबन्धनले जनतामाझ भोट मागेपछि कम्तीमा पाँच बर्ष जनतालाई धोका दिन नपाइने र मतको इज्जत राख्नुपर्ने बताएका हुन् । कसैको व्यक्तिगत स्वार्थ र महत्वकांक्षा पुरा भएन भनेर कुनै नेतालाई दायाबाया गर्ने छुट अव नेताहरुलाई नभएको उनको भनाइ छ । थापाले यसअघि पाँच बर्ष देशका लागि खेर भएकाले अव पाँच बर्ष खेर जान दिन नहुने जिकिर गरे । उनले गठबन्धनको संघ र सातै प्रदेशमा जीत…

Read More

काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो । ४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले जनाएको छ । त्यस्तै यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ । आयोगका प्रवक्ता शालिग्राम…

Read More