झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन्।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन्।
शुक्रबार झापा-३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन्।
उनले एमालेको इज्जतका लागि भए पनि झापा-३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए।
उनले भने, ‘देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न आवश्यक छ। विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्छ।’
आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे।
Facebook Comments Box