Author: admin

झापा । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै  फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।  कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो ।  खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका…

Read More

झापा । पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् । त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपाले जनाएको छ ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ। सूची आदिवासी महिला दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ खस आर्य हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी नारायणी शर्मा रुपासोसी चौधरी (थारु) दलित रणेन्द्र बराली सुशीला श्रीपाली ठकुरी मधेशी मिना यादव उमरावती देवी यादव पिछडिएको क्षेत्र कल्पना मियाँ

Read More

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। आदिवासी जनजाति देवीप्रसाद भट्टचन हेमराज राई कालुराम राई महिलातर्फ: नैनकला थापा मगर सूर्यकुमारी श्रेष्ठ उर्मिला थेवे इश्वरी घर्ती रणकुमारी बलम्पाकीमगर शान्ति श्रेष्ठ सरस्वती सुब्बा खस-आर्य पुरुष रघुजी पन्त एकनाथ ढकाल दयालबहादुर शाही खसआर्य महिला मेनुकाकुमारी पोखरेल सरिता भुसाल सोभा ज्ञवाली विजुला रायमाझी निर्मला कोइराला सम्झना थपलिया दिपा शर्मा सुनिता बराल थारु महिला आश्मा कुमारी चैधरी शान्ति चौधरी दलित पुरुष इश्वरबहादुर रिजाल प्रभु हजारा पाश्वान चन्द्रबहादुर विश्वकर्मा दलित महिला रुकमणी…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको १३ सांसदको टुंगो लगाएको हो। रवि लामिछाने नेतृत्वको रास्वपाले प्रत्यक्षमा ७ सीट जितेको थियो। सांसदको टुंगो लगाएसँगै निर्वाचन आयोगमा लगेर बुझाउने तयारी गरेको छ। दलित१. सन्तोष परियार २. शिव नेपाली आदिवासी/जनजाति १. डा. ढाकाकुमार श्रेष्ठ २. इन्दिरा रानामगर ३. सुमना श्रेष्ठ खस आर्य १. डा. चन्दा कार्की २. डोलप्रसाद अर्याल ३. निशा डाँगी मधेसी १. लक्ष्मण तिवारी २. मनिष झा थारु १. अशोककुमार चौधरी

Read More

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सांसद बन्ने ३२ जनाको नाम टुंगो लगाएको छ। शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकसँगै समानुपातिकतर्फको ३२ जनाको नाम टुंगिएको एक नेताले जानकारी दिए। यद्यपि, कांग्रेसले आधिकारिक रूपमा नाम सार्वजनिक गरेको छैन। प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ। आदिवासी जनजातितर्फ१. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सिता कुमारी राना ४. सुशीला थिङ ५. सपना राजभण्डारी ६. माया राई ७. कुसुम थापामगर ८. मनोरमा सेरचन खस आर्यतर्फ९. अम्बिका बस्नेत १०. सरिता प्रसाईं ११. आरजु राणा देउवा…

Read More

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको टुंगो लगाउन नसकेपछि सभापतिलाई अधिकार दिएको प्रवक्ता प्रकाशशरण महतले बताए। उनले भने, ‘सभापतिले अब सबैको सुझावलाई लिएर निर्णय गर्नुहुन्छ। सुझावको आधारमा टुंगो लगाएर आजै जान्छ।’ संघ र प्रदेशको गरेर केही मात्रै सीट टुंगाउन बाँकी रहेको बताए। उनले सांसदको टुंगो लगाउने अधिकार देउवालाई दिएको बताए। कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।

Read More

काठमाडौँ। समानुपातिक सांसद छान्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको छ। प्रतिनधिसभामा प्रत्यक्ष ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट पाएको छ। उता प्रदेशमा पनि समानुपातिकतर्फ राप्रपाले १७ सिट पाएको छ। प्रदेश र संघका २४ सांसद टुंगो लगाउन बैठक बसिरहेको हो।

Read More

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो। एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

Read More