काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको टुंगो लगाउन नसकेपछि सभापतिलाई अधिकार दिएको प्रवक्ता प्रकाशशरण महतले बताए।
उनले भने, ‘सभापतिले अब सबैको सुझावलाई लिएर निर्णय गर्नुहुन्छ। सुझावको आधारमा टुंगो लगाएर आजै जान्छ।’
संघ र प्रदेशको गरेर केही मात्रै सीट टुंगाउन बाँकी रहेको बताए। उनले सांसदको टुंगो लगाउने अधिकार देउवालाई दिएको बताए।
कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।
Facebook Comments Box