Author: admin
बुटवल । नेपाल संस्कृत विश्वविद्यालयमा अंग्रेजी बिषयका उपप्राध्यापक बिष्णुप्रसाद पाखरेललाइ बिद्याबारिधि उपाधि प्राप्त भएकाे छ । प्युठान अाेखरकाेट गाबिसमा बुबा भुमिराम उपाध्याय र माता नमादेवी पाेखरेलका सुपुत्र रुपमा २०३५ पुस २२ गते शनिबार जन्मिएका पाेखरेललाई नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान परिषद्ले अंग्रेजी बिषय अन्तर्गत विलियम वटलर एट्सका कवितामा वेदान्तकाे प्रभाब[ Impact of Vedanta in W..B. Yeats’ Poems] बिषयकाे साेधप्रबन्धका लागि बिद्याबारिधि उपाधि प्रदान गरकाे हाे । उपप्राध्यापक पाेखरेलकाे शाेधपत्रमा पूर्वीय दर्शनका पाश्चात्य साहित्यकारमा भएका प्रभाबकाे बिषयमा बिश्लेषण गरिएकाे छ । बेदान्त दर्शनका ३ आधारमध्ये गीता दर्शन र उपनिषदकाे कवि एट्सले कविताकाे सिद्धान्तमा बिकास गरेकाे र साेहि आधारमा कविताकाे लेखन भएकाे आफ्नाे अनुसन्धानमा रहेकाे पाेखरेलले नागरिक आवाजलाई…
रामेछाप । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् । मन्थलीमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण भएको बताए । संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको उनको भनाइ थियो । अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले अन्य जिल्लामा जस्तै रामेछापमा पनि भूकम्पपीडितको नाम छुटेको र छुट भएकालाई पुनः नाम दर्ता गराउनका लागि पहल गर्ने बताए ।
हाम्रो मुभि डटकमले इन्टरनेटमार्फत नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपाली दर्शकलाई मध्यनजर गर्दै हाम्रो मुभि डटकमले फिल्म हलमा चलेकै दिन नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको हो । हाम्रो मुभि डटकमले यो सेवा सुरु गरेसँगै नेपाली फिल्म हेर्न युट्युबमा महिनौँ कुर्नु पर्ने बाध्यता हट्नेछ । सबैभन्दा पहिला चर्चामा रहेकी अर्चना पनेरुको छेस्को र जिस्मको ग्लोबल लन्च गरिने हाम्रो मुभि डटकमका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिएका छन् । चलचित्र छेस्को हाम्रो मुभिमार्फत जेठ २१ गते, विश्वभरबाट हेर्न सकिनेछ । छेस्को हेर्नका लागि मास्टर कार्ड, अमेरिकन एक्सप्रेस, भिजा कार्डलगायतको नेटवर्कमा रहेका कुनै पनि डेविट…
काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियामा क्रिकेट खेल्ने मौका पाएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ । गत वर्ष अष्ट्रेलियालाई एक दिवसिय विश्वकप दिलाएका कप्तान माइलक क्लार्कले १६ वर्षे लेग स्पिनर सन्दीपलाई अष्ट्रेलिया बोलाएका हुन् । सन्दीपले माइकल क्लार्क एकेडेमीबाट खेल्ने तयारी सुरु गरिसकेका छन् । अघिल्लो सातामा हङकङमा सम्पन्न हङकङ ब्लिज २०–२० प्रतियोगितमा सन्दीपले क्लार्कसँवगै खेलेका थिए । त्यहाँ सन्दीपको प्रदर्शनबाट प्रभावित भएका थिए क्लार्क । क्लार्कले आफूलाई उनको एकेडेमीबाट खेल्न प्रस्ताव गरेअनुसार सेप्टेम्बरदेखि खेल्न लागेको सन्दीपले बताए ।
काठमाडौँ । व्यवस्थापिका संसदको अर्थ समितिले मोबाइल कम्पनी एनसेलले कर नतिर्दासम्म नयाँ प्याकेज स्वीकृत नगर्न सरकारलाई निर्देशन दिएको छ । अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले नेपालको ठूलो निजी मोबाइल कम्पनी एनसेलले कर चुक्ता नगरेसम्म नयाँ प्याकेज ल्याउन र पूँजी वृद्धि गर्ने प्रक्रियालाई स्वीकृत नगर्न सरकारलाई निर्देशन दिएको हो । समितिले एनसेललाई छिटोभन्दा छिटो कर तिर्न समेत निर्देशन दिएको छ । यसभन्दा अगाडि कर विवादमा सरोकार नराख्ने विकास समिति र सार्वजनिक लेखा समितिले यस विषयमा छलफल गरेपनि करको विषयमा छलफल गर्नुपर्ने अर्थसमितिको बैठकले अहिलेसम्मकै कडा निर्देशन दिएको हो । बैठकले एनसेलबाट…
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राजधानी फर्कँदै हुनुहुन्छ। यहाँ दुई साताअघिदेखि पूर्वाञ्चलको भ्रमणमा थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । उहाँ बिहान साढे ११ बजे भद्रपुर विमानस्थलबाट बुद्ध एयरको विमान चढेर काठमाडौं फर्कने कार्यक्रम तय भएको छ । दमकस्थित आफ्नो स्वामित्वमा रहेको हिमालयन टि स्टेटमा बसेर उहाँले विभिन्न क्षेत्रका करिब चार दर्जन राजावादीसँग भेटघाट गर्नुभएको थियो ।
विराटनगर । भारतको अररियास्थित फरवेसगन्जमा शुक्रबार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भ (पिलर) का विषयमा केन्द्रित भएको छ , अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त बैठक सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रित रहेको हो । नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भको निरीक्षण अनुगमन, स्तम्भको गणना, पुननिर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी…
कार्यालय प्रमुखले ‘तपाईंको सम्पादक मेरो सहपाठी हो’ भनेर मलाई सुनाउनु भएको थियो । उहाँको आशय के हो मलाई थाहा भएन । तर अनियमितता र कार्यालय भित्रै अराजकताको विषय उठान गर्ने विषय मेरो कलम चलाइको पहिलो प्राथमिक्तामा पर्छ भन्ने कुरा उहाँले राम्ररी बुझे हुन्छ ।
बेलायतको हेल्प नेपाल फाउण्डेशनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि २० लाख रुपैँया सहयोग गर्ने घोषणा गरेको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रुपैँया धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको हो । भूकम्प पिडितलाई राहात र पुनर्निर्माणमा सघाउ पुर्याउने उद्देश्यले संकलन गरिएको रकम धुर्मुस सुन्तलीमार्फत पिडित सम्म पुर्याउन चाहेको हेल्प नेपाल फाउण्डेशनले जनाएको छ । प्रधानमन्त्री विपद् उद्धार कोषमा जम्मा भएको पैसा पिडित समक्ष कहिले पुग्ने हो पत्तो नभएका कारण पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा उक्त रकमको आवश्यकता…
फिल्म ‘गाजलु’को होली ‘रङरङ’ बोलको गीत रिलिज भएको छ। रिलिज मिति नजिकिँदै जाँदा गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो। फिल्म आउँदो शुक्रबार रिलिज हुनेछ। जैन जेको शब्द तथा संगीतको गीतमा शिवानी मोक्तानको स्वर सुन्न सकिन्छ। केशव थापाको कोरियोग्राफीमा तयार भिडियोमा अनमोल केसी सृष्टि श्रेष्ठ, मेनुका प्रधान, गौरव पहारी, सलोन बस्नेतलगायतको अभिनय रहेको छ। हेमराज बिसी निर्देशित फिल्ममा यी कलाकारका अलावा गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाहीलगायतले भूमिका निभाएका छन्। भिडियाे :-