Author: admin
काठमाण्डौ । संघीय गठबन्धनमा आबद्ध दलहरुले कांग्रेस–माओवादीको नयाँ गठबन्धनलाई सरकार बनाउन सहयोग गर्न सहमत भएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। प्रधानमन्त्री केपी ओलीको सरकार ढाल्न आन्दोलन सफल भएको भन्दै गठबन्धनका नेताहरुले ससर्त समर्थन गर्ने जनाएका हुन्। आइतबारबाट सुरु भएको गठबन्धनको बैठकमा छलफलका लागि तीनवटा एजेन्डा छन्। पहिले रिले अनसनको समीक्षा, समसामयिक राजनीतिक आगामी आन्दोलन गरी तीनवटा एजेन्डा थिए। सर्तसहित सरकारलाई समर्थन गर्नु पर्ने, तर सरकारमा सहभागी हुने नहुने प्रस्ताव सद्भावनका महासचिव मनीष सुमनले गरेका थिए। उनको प्रस्तावमा आइतबार बोल्ने नेताहरुले समर्थन गरेका थिए। सो प्रस्तावमा संघीय गठबन्धनका संयोजक यादवले भने प्रतिक्रिया दिइसकेका छैनन्। उनले सोमबार बोल्ने पालो छ। यादवले…
काठमाण्डौ । नेपालका दुई ठूला पदमा रहेका राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई विभिन्न राजनीतिक दलहरुले आआफ्नो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन्। नेपाल समाचार पत्रमा समाचार छ। १० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम कार्य गर्न हौस्याउनु पर्नेमा केही राजनीतिक दलहरुले राष्ट्रपति र सभामुखलाई आफ्नो स्वार्थमा कार्य गर्न उक्साउन थालेको पाइएको हो। नेकपा एमालेले अप्रत्यक्षरुपमा राष्ट्रपति आफ्नो मान्छे भएको भन्दै संविधानमा नयाँ सरकार बन्ने कुनै पनि व्यवस्था छैन भनिरहेको छ भने नेकपा माओवादी केन्द्रले सभामुखले आफ्नो कुरालाई स्वीकार गर्ने आंकलन गरी अविश्वासको प्रस्ताव बाहेक अन्य विषयमा व्यवस्थापिका संसद चल्न नदिने रणनीतिमा लागेको पाइन्छ। एमाले समर्थितहरुले संविधानको धारा टेकर राष्ट्रपतिले नयाँ सरकार…
काठमाण्डौ । हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो। बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन। कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए। ‘डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्,’ भट्टराईले भने,‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई…
काठमाण्डौ । नयाँ सरकार गठनका लागि संवैधानिक अडचन रहेको भन्दै वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीहरूले तीनवटा विकल्प प्रयोग गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन्। कान्तिपुर दैनिकमा समाचार छ। संविधान संशोधन गर्ने, धारा ३०५ अनुसार राष्ट्रपतिबाट बाधा अडकाउ फुकाउ आदेश जारी वा राजनीतिक सहमतिमध्ये कुनै विकल्प प्रयोग गर्न सकिने उनीहरूको सुझाव छ। संविधानको धारा २९८ अनुसार नयाँ सरकार बनाउन सकिने/नसकिनेबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा केही वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीलाई बोलाएका थिए। चार उपप्रधानमन्त्री र केही एमाले नेताहरूसमेत राखेर ओलीले गरेको छलफलमा सहभागी अधिकांश कानुनविद्ले संविधानको धारा २९८ अनुसार नयाँ सरकार बनाउनका लागि बाधा रहेको व्याख्या गरेका थिए। ‘धारा…
काठमाण्डौ । ‘वैशाख १२’ महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन्। अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’। सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा भत्किएका घरहरूका तस्बिर पोस्ट गरियो। तामाङको त्यो सुरुवाती अभियानले धेरैको सहानुभूति पायो। तामाङले सात महिनाकै अवधिमा १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम एक्लैले संकलन गरिन् र लक्ष्य पूरा भएको घोषणासहित अर्थ संकलन बन्द गरिन्। कान्तिपुर दैनिकमा समाचार छ। तर, के गरिन् त उनले त्यो रकम ? कहाँ गयो सहयोग ? सोही पेजमा उनले लेखेकी छन्, ‘मेरो अभिभावकबाट रसुवाको भूकम्पपीडित क्षेत्रमा राहत बाँडिएको छ।’ चन्दा…
काठमाण्डौ । नेकपा माअोवादी केन्द्रभित्र कांग्रेससँग गठबन्धन बनाउने विषयलार्इ लिएर असन्तुष्टि देखिएको छ। कान्तिपुर दैनिकमा समाचार छ। आइतबार लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले सरकार फेरबदलसम्बन्धी निर्णयमा पारदर्शिता नभएको भन्दै असन्तुष्टि राखेका हुन्। श्रेष्ठ पक्षले वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारलार्इ दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय राजनीतिक दृष्टिकोणले सही भएपनि पद्धतिमा त्रुटि भएको भन्दै आत्मालोचना गरेको दाबी गरेको छ। तर, प्रचण्ड पक्षले बैठकमा आत्मालोचनाको कसनै प्रसंग नआएको भन्दै प्रतिवाद गरेको छ। ‘सरकारबाट फिर्ता हुने निण्र्मायमा जुन शैली अपनाइयो त्यसले पार्टीको प्रतिष्ठामा क्षति पुग्न गएको छ,’श्रेष्ठलाई उद्धृत गर्दै बैठक…
काठमाण्डौ । सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो। सरकार आफैले बनाइ कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनः रकम बाँडेको हो। यसअघि मन्त्रिपरिषदले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो। कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको विलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भएपनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने…
काठमाडौँ । विसं २०७२ को भूकम्पबाट प्रभावित अत्याधिक जोखिममा परेका बालबालिकाले प्राथमिकताका आधारमा पुनः सहयोग पाउने भएका छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले बालबालिका वा परिवारको स्थिति सुधारका लागि थप सहयोग गर्ने भएका हुन् । समितिले पहिलो चरण अन्तर्गत भूकम्प प्रभावित १४ जिल्लाका अत्याधिक जोखिममा परेका २१ हजार बालबालिकालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले स्वास्थ्य, शिक्षा र पारिवारिक सहयोगका लागि रकम दिइसकेको छ । समितिको हालसम्मको तथ्याङ्कानुसार ४१ हजार ९२६ बालबालिका भूकम्पबाट प्रभावित छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार तीन सय छन् । सो तथ्याङ्कबाट समितिले पुनः प्राथमिकता दिई दोस्रो चरणको सहयोग गर्न लागेको…
काठमाडौँ । चलचित्र विकास बोर्डले अन्ततः पूर्णता पाएको छ । मन्त्री परिषदको शुक्रवार बसेको बैठकले रिक्तदुई सदस्य पदमा नियुक्त गरेपछि बोर्डले पूर्णता प्राप्त गरेको हो । निर्माता एवं वितरक नरेन्द्र महर्जन र पत्रकार अशोककुमार राई दुईवर्षकालागि सदस्यमा नियुक्त भएको प्रवक्ता एवं संचारमन्त्री शेरधन राईले बताए । दुई दशकभन्दालामो समयदेखि फिल्म निर्माण, प्रदर्शन र वितरणमा सक्रिय महर्जनले फिल्मको विकासमा काम गर्ने प्रतिक्रिया दिए । महर्जन र राईले आइतबार ११ बजे मन्त्रालयबाट नियुक्ति प्रमाणपत्र बुझेर कार्यभारका लागि बोर्ड जाँदैछन् । पत्रकार राई अशोक प्यासी राईको नामले चर्चित छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविदहरुसँग परामर्श गर्दै छन् । संसदमा कांग्रेस र माओवादीका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो भावी कदमबारे उहाँले संविधानविदहरुसँग परामर्श गर्न लागेका हुन् । संविधानको संक्रमणकालिन व्यवस्थामा अर्को सरकार गठनबारे स्पष्ट व्यवस्था नभएकाले अविश्वास प्रस्ताव पारित भएपछि के गर्ने भन्नेबारे उहाँले परामर्श गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कांग्रेस र माओवादीले शनिबार गरेको यस्तै छलफलमा कानुनविदहरुले संविधानमा नलेखिएपनि अर्को सरकार गठनमा संवैधानिक अड्चन नभएको बताएका थिए ।