काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविदहरुसँग परामर्श गर्दै छन् । संसदमा कांग्रेस र माओवादीका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो भावी कदमबारे उहाँले संविधानविदहरुसँग परामर्श गर्न लागेका हुन् ।
संविधानको संक्रमणकालिन व्यवस्थामा अर्को सरकार गठनबारे स्पष्ट व्यवस्था नभएकाले अविश्वास प्रस्ताव पारित भएपछि के गर्ने भन्नेबारे उहाँले परामर्श गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कांग्रेस र माओवादीले शनिबार गरेको यस्तै छलफलमा कानुनविदहरुले संविधानमा नलेखिएपनि अर्को सरकार गठनमा संवैधानिक अड्चन नभएको बताएका थिए ।
Facebook Comments Box