Author: admin

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दिएकाे राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएपनि अर्को सरकार नबन्दासम्म यही मन्त्रिपरिषद्ले काम गर्नेछ । राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएको र अर्को सरकार गठन नहुँदासम्म यही सरकारले काम गर्ने जनाइएको छ । अविश्वासको प्रस्तावमाथि भएको छलफको आइतबार तेस्रो दिन संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको  दिएको घोषणा गरेका थिए ।

Read More

झापा ।   प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएका  छन् । व्यवस्थापिका संसदमा आफूमाथि परेको अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै ओलीले पदबाट राजिनामा गरेको घोषणा गरेका हुन् । आफूमाथि सत्ता लम्ब्याउन खोजेको आरोप लागेको भन्दै ओलीले भने ‘म ती सबै आरोपको खारेज गर्छु ।’ राजिनामा गरेका प्रधानमन्त्री ओलीले अर्को सरकार बनाउनु लोकतान्त्रिक जस्तै देखिएपनि यथार्थमा यसले देशलाई दुरगामी नकारात्मक असर गर्ने दावी गरेका छन् ।

Read More

काठमाण्डौं ।  प्रधानमन्त्री केपी ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्या भण्डारीसमक्ष राजीनामा पेश गरेका ओलीको राजीनामा स्वीकृत भइसकेको शीतलनिवास स्रोतले बतायो । संसदमा जारी सम्बोधनका अन्त्यमा प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीका एकजना सल्लाहकारले ओलीले राजीनामाको घोषणा गर्ने तयारी गरेको बताए ।

Read More

विर्तामोड । झापाको विर्तामोडस्थित शनिश्चरे रोडमा सुविधा सम्पन्न होटल स्थापना भएको छ । तिरुपति होटल नाम दिइएको उक्त होटल आजबाट शुभारम्भ गरिएको होटलका सञ्चालक अग्नि दहालले जानकारी दिए । उनी अखिल क्रान्तिकारी झापाका नेता समेत हुन् । उनका अनुसार उक्त होटल पचास लाख रुपैयाँको लागतमा खोलिएको हो । होटलमा एसी नन्एसी कोठाहरु एसी रेष्टुरेन्ट पार्टी हल तथा पार्किङको राम्रो सुविधा समेत रहेको सञ्चालक दहालले बताए । उक्त होटलमा इन्डियन तथा कन्टिनेन्टल खानाको समेत व्यवस्था रहेको छ ।

Read More

भद्रपुर । झापा गोल्धाप गाविस ९ मा खेतमा जमेको पानीमा डुबेर एकजनाको ज्यान गएको छ । तीनदिनदेखिको अविरल बर्षाका कारण खेतमा जमेर खाडी भएको स्थानमा डुबेर ६४ वर्षे कालीबहादुर लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । प्रहरीका अनुसार लिम्बु खेतमा चिप्लिएर लडेका थिए । त्यस्तै झापाकै गौरादह नगरपालिका ५ का ३६ वर्षे टेकेन्द्रबहादुर खड्का स्थानीय देउरिया खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका छन् । उनको खोजी भइरहको प्रहरी नायब उपरीक्षक शर्माले बताए । विगत केही दिनदेखिको अविरल बर्षाका कारण झापाका  दर्जनाैँ घर डुबानमा परेका छन् । झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग,…

Read More

विर्तामोड । विगत केही दिनदेखिको अविरल बर्षाका कारण झापाका  दर्जनाैँ घर डुबानमा परेका छन् । झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन् । पूर्वको ब्यापारिक केन्द्र मानिएको झापाको विर्तामाेड स्थित अन्दुवा खोलाको भंगालो फुटेर शहर पसेपछि विर्तामोड नगरपालिकाका विभिन्न भाग डुवानमा परेको छ । जसका कारण सयौं घर परिवार विस्थापित भएका छन् । त्यसैगरी मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुर नगरपालिकाका डुबानमा परेका बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको भद्रपुर नगरपालिका कार्यालयले जानकारी दिएको छ । लगातारको बर्षाले मेची, हँडिया, तथा देउनिया नदी तथा झिल्मिलिया पैनीमा…

Read More

विर्तामोड । विगत केही दिनदेखिको अविरल बर्षाका कारण अन्दुवा खोलाको भंगालो फुटेर शहर पसेपछि विर्तामोड नगरपालिकाका विभिन्न भाग डुवानमा परेको छ । जसका कारण सयौं घर परिवार विस्थापित भएका छन् । शनिअर्जुन नगरपालिकामा पर्ने महानन्द पुलबाट उत्तरदेखि अन्दुवा खोला आसपासका बस्ती सबै डुवानमा परेका छन् । विर्तामोडको अतिथि सदन अघिल्तिरको सडकमा अन्दुवा खोलाको भंगालो बगिरहेको छ । अतिथि सदन आसपासका घर सबै डुबेका छन् । अन्दुवा खोलाले पूर्व पश्चिम राजमार्गको अन्दुवा पुल नाघ्ने अवस्थामा पुगेको छ । ट्राफिक प्रहरीले पालैपालो सवारी आवागमन गराइरहेको छ । जग्गा अतिक्रमणले साँघुरिएको अन्दुवा खोलाले खोला आसपासका राजमार्ग दक्षिणका गाउँ सबै डुबानमा परेका छन् ।…

Read More

काठमाण्डौं । शुक्रबारदेखिको अविरल वर्षासँगै जिल्लाका तीनवटा खोलामा आएको बाढीले सप्तरीका विभिन्न १३ वटा गाउँ–टोलका झन्डै दुई हजार घर डुबानमा परेका छन् । सदरमुकाम राजविराजका वडा नम्बर ५ र ८ मा पनि वर्षाको पानी निकास हुन नसकेर ८० वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । खाँडो खोलामा आएको बाढीले तिलाठी र सकरपुराका झन्डै ७ सय घर डुबानमा परेका छन् । सोही खोलाको बाढीले देउरी भरुवाका सय, तोपाका सय, कजौलीका सय, रम्पुरा मल्हनियाँका ८५ र कोइलाडीका ५५ घर डुबानमा परेका छन् । सप्तरीको दिघुवास्थित मुसहर बस्तीमा खाँडो खोलाको बाढी पस्दा सय घर डुबानमा परेको स्थानीयले जानकारी गराएका छन् । त्यसैगरी,…

Read More

काठमाण्डौं । लगानी बोर्डले नेपालमा सेक्युरिटी प्रिन्टिङ प्लान्ट स्थापना अघि बढाउने निर्णय गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले पेस गरेको प्लान्ट स्थापना, सञ्चालनको विधिगत ढाँचा एवं सरकारले यसबारे गर्नुपर्ने निर्णयबारे दिएको सुझावको आधारमा अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले प्रतिवेदनलाई स्वीकार गर्दै सुझावको आधारमा प्लान्ट स्थापनालगायत कार्यान्वयन गर्न सरकारको मन्त्रिपरिषद्मा प्रस्ताव लैजान प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने निर्णय गरेको छ । लगानी बोर्डका सहसचिव एवं प्रवक्ता रविन भट्टराईले नेपालमै नोट, मेसिन रिडेबल पासपोर्ट (एमआरपी), राष्ट्रिय परिचयपत्रलगायत छाप्नका लागि प्लान्ट स्थापना…

Read More