काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दिएकाे राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएपनि अर्को सरकार नबन्दासम्म यही मन्त्रिपरिषद्ले काम गर्नेछ ।
राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएको र अर्को सरकार गठन नहुँदासम्म यही सरकारले काम गर्ने जनाइएको छ ।
अविश्वासको प्रस्तावमाथि भएको छलफको आइतबार तेस्रो दिन संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको दिएको घोषणा गरेका थिए ।
Facebook Comments Box