Author: admin
काठमाण्डाैं । गत आर्थिक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा गिरावट आएपनि चीनबाट भने झन्डै २५ प्रतिशतले आयात बढेको छ। अन्य मुलुकसँगको व्यायार परिमाण बवृद्धि नभए पनि चीनसँग भने वृद्धि भएको तथ्यांकले देखाएको छ। कारोबार दैनिकमा समाचार छ। आयात बढेपनि नेपालबाट चीनमा निर्यात भने ३.४ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा चीनसँग व्यापारमा निर्यातभन्दा आयातको परिमाण करिब ५५ गुणाले बढी छ। यसअवधिमा आयात १ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँको भएको छ भने चीनतर्फको निर्यात २ अर्ब २७ करोड रुपैयाँ मात्रै छ। चीनसँगको यो निर्यात परिमाण गत ३ वर्षयताकै कम हो। तर, आयात भने ५ वर्षमा दोब्बरभन्दा…
काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा ९ वटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ। अन्नपूर्ण पोष्टमा समाचार छ। पशुपन्धी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो। मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको थियो। अनुगमन टोलीले उपत्यकाका अधिकांश मासुपसलबाट बेचिने मासु खान लायक नभएको भन्दै मंगलबार पशुपन्छी राज्यमन्त्री नरदेवी पुनमगर र सचिव कृष्णचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन अनुसार एक सय…
काठमाडौं–संसदको दोस्रो ठूलो दल एमाले अब प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस र माओवादी केन्द्रले दुई ठूलामध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने अडान लिएका कारण एमालेले फेरि सरकारमा सामेल हुने सम्भावना नरहेको बताएको छ । प्रमुख दलहरुको दूरी बढेको अवस्थामा राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको सात दिनको समयमा त्यस्तो सरकार बन्ने कुनै सम्भावना छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सोमबार प्रमुख तीन दलका नेताहरुबीच राष्ट्रपति कार्यालयमा भेटघाट भएको थियो । त्यसपछि एमालेसँग दुई दलले सरकार निर्माण सम्बन्धमा कुनै छलफल गर्न चाहेका छैनन् । एमालेले पनि त्यसमा चासो दिएको छैन । ‘एमाले अब जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्छ,’ एमाले उपमहासचिव विष्णु…
काठमाडौं -चिनियाँ कुटनीतिक मामिलाका एक विज्ञले नेपालमा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन् । इन्स्टिच्युट फर साङ्घाई म्युनिसिपल सेन्टर फर इन्टरनेशनल स्टडिजका निर्देशक वाङ् देहुवाले भनेका ओलीको राजीनामा आउनुमा भारतको भूमिका रहेको उल्लेख गरे । ‘प्रधानमन्त्री ओलीको राजीनामा आउनुका पछाडी भारतको हात देखिन्छ किनकी ओलीले मार्चमा सम्पन्न चीन भ्रमणमा चीनसँग महत्वपूर्ण सम्झौता गरेका थिए । यसैका कारण भारत ओलीसँग असन्तुष्ठ बनेको हुनुपर्छ’ चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित आफ्नो लेखमा देहुवा भन्छन् । चीनको स्वशाषित क्षेत्र तिब्बतबाट नेपालतर्फ हुंदै आएको गैह्रकानुनी तिब्बतीहरुको प्रवेश तर्फ लक्ष्यि गर्दै उनले नेपाल स्थिर भएमात्र चीनको सीमा सुरक्षा चिन्ता हट्न सक्ने…
काठमाडौं– माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेसमा दौडधुप सुरु भएको छ । गृह र उपप्रधानमन्त्रीससहित कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा तीव्र दौडधुप सुरु भएको छ । उपप्रधानमन्त्रीका लागि वरिष्ठ नेता गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले आकांक्षा देखाएका छन् । स्रोतका अनुसार देउवाले भने लामो समय पदमा नबसेका र तत्कालीकन कांग्रेस प्रजातान्त्रिकमा कार्यवाहक सभापतिका रुपमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई नेतृत्वमा पठाउन चाहेका छन् । श्रेष्ठ तत्कालीन सात दल र माओवादीबीच भएका १२ बुँदे समझदारीका हस्ताक्षरकर्ता हुन् । निधिलाई भने देउवाले उपसभापति बनाउने मनस्थिति बनाएकाले पनि दुवै पद…
राजघाट । केहिदिन यता देखि लगातार परेको बर्षापछि मावाखोलामा आएको बाढीबाट मोरङको राजघाट—६ मिलटेरी चोकका ७ परिवार उच्च जोखिम परेका छ भने खोला पस्ने भयले गाउँले त्रसित भएका छन् । खोलामा पानीको बहाव बढेसँगै राजघाट—६ देखी महाराजस्थानसम्म पुग्नेबाटो जलमग्न भएको छ । स्थानीय सञ्चारकर्मी तेजन खड्का अनुसार मावा खोलाले धार परिवर्तन गरि गाउँतिरपस्दा चक्रबहादुर राईको डेढ बिगाहा जग्गामा लगाएको धानबाली नष्ट भएको छ । यस्तै,हस्तबहादुर छाराहाङ,चन्द्रबहादुर राई,मानबहादुर राईको ७ कठ्ठा बगरमा परिणत भएको छ । सोही ठाउँका भीम राईको १५ कठ्ठा जग्गा लगाइएको धानबाली कटान भएको छ भने राजेन्द्र प्रसाई र अमिरबहादुर बिकको धानबाली पनि बाढीले पुरेको छ । कुनै…
झापा । विर्तामोड देखि खुदुनावारी सडक खण्ड अन्तर्गत टाङटिङ खोलामा बाँसको पुल भत्किएपछि खुदुनावारीबासीको जनजीवन झन कष्टकर बन्दै गएको छ । अविरल वर्षाले टाङटिङ खोलामा जोडिएको बाँसको पुल भत्केपछि जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको हो । एक मात्र विकल्पको रुपमा सो बाँसको पुल स्थानीयबासीले प्रयोग गदै आएका थिए । पुल नहुदा आवतजावतमा त समस्या छदै छ भने दैनिक उपभोग्य साम्रागीको आपूर्तिबाट समेत स्थानीयबासीे बञ्चित रहदै आएका छन् । करिब दस बर्षसम्म पनि पक्की पुल निर्माण कार्य सम्पन्न नभएपछि खुदुनावारी गाविसले एक महिना अगाडि बाँसको पुल निर्माण गरेको थियो । पुल भत्किएपछि खुदुनावारी,इलामको दानावारी,लक्ष्मीपुर क्षेत्रका बासिन्दाले अत्यन्तै समस्या झेल्नु परेको छ…
भद्रपुर । शनिवारदेखि लगातार परेको बर्षाका कारण मंगलबारसम्ममा झापामा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय झापाले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा धुलावारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप –८ निवासी कालीवहादुर लिम्बू र गौरादह –५ का टेकेन्द्र खड्का रहेका छन् । खोलाले बगाएर बेपत्ता हुनेहरुमा खजुरगाछी ३ का रेकुकुमार गनगाई र कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ । गौरीगञ्ज ५ का ११ वर्षीय दीपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी…
काठमाडौं । भक्तपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । भक्तपुरबाट चाँगुनारायणका लागि छुटेको बा २ ख ६८१७ नम्बरको बस बुढाथोकी गाउँमा सडकबाट खसेको हो । दुर्घटनाका घाइतेलाई भक्तपुर अस्पताल ल्याउने क्रम जारी रहेको तथा ११ जनाको मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
झापा। इस्लामिक अतिवादी संगठन (आईएस)ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुस्लिम अतिवादी संगठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड वैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन माग गरेका छन् । नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेका बेला भारतीय पक्षबाट अतिसंवेदनशील क्षेत्रसँग सम्बन्धित विषयमा आकस्मिक चासो देखाउनुलाई जानकारहरूले ‘सन्देहास्पद’ गतिविधि भनेका छन । भारतीय पक्षको आग्रहपछि ३ वटै जिल्ला प्रशासन कार्यालयले सीमा तथा ब्यारेज आसपासको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ…