Author: admin
काठमाण्डौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्न नेकपा माओवादी केन्द्रलाई करिब तीन महिना लागेको छ । गत असोजमा नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न समर्थन गरेको माओवादीले ६ महिनासम्म आफैँले समर्थन गरेको सरकारलाई सौहार्दपूर्ण तरिकाले सहयोग गरे पनि त्यसयता कहिले सरकारमा रहेर पनि अपहेलित भएको त कहिले प्रधानमन्त्रीले सहयात्रीलाई ध्वस्त पार्न खोजेको भन्दै विरोध गर्न थालेको थियो । ओली नेतृत्वको सरकारलाई गिराउनुपर्छ भनेर वैशाख दोस्रो साता कांगे्रस सभापति शेरबहादुर देउवा र माओवादी नेता कृष्णबहादुर महराबीच भारतको राजधानी दिल्लीमा ‘भद्र सहमति’ भएपछि सरकार फेरबदलको चर्चा सुरु भएको थियो । देउवा र महरा दिल्लीबाट फर्केलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालको…
काठमाण्डाैं । आगामी सरकारले स्थायित्व प्राप्त गरोस् भन्ने मनसायसहित जारी संविधानमै त्यससम्बन्धी व्यवस्था गरिए पनि नयाँ संविधानपछिको पहिलो सरकार नै छोटो अवधिमै ढल्ने अवस्था आयो। सुधारिएको संसदीय व्यवस्था भनिने अहिलेका शासन प्रणालीमा सरकारले स्थायित्व प्राप्त गरोस् भनेरै प्रधानमन्त्रीविरुद्ध ६ महिनासम्म अविश्वास प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ। सहकार्य र गठबन्धनको संस्कारै कमजोर रहेको देशमा नयाँ सुंविधानपछि पनि किन अस्थिरताले निरन्तरता पायो त? ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रले,’ राजनीतिक विशेषक भन्छन्,‘गठबन्धनका प्रमुख दुई नेताकै चरित्र टकराबले दुई दलबीच सत्ता सहकार्यनिम्ति भएको गठबन्धन ९ महिनामै टुटेको हो।’ सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेले…
काठमाण्डौं । श्री स्वास्थानी कथाकी एक पात्र चन्द्रावतीलाई ठीक गाँस हाल्ने बेलामा आँधीबेहरी आएझैं भएन भने आगामी केही दिनभित्रै माओवादी अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्ने भएका छन् । करिब तीनसाता अघिदेखि कांग्रेस नेतृत्व र विभिन्न शक्तिकेन्द्रका प्रतिनिधिसँग प्रचण्डले गरेको अनौपचारिक संवादले परिणाम हासिल गर्ने सम्भावना बढाएको छ । यद्यपी प्रधानमन्त्री केपी ओली सजिलै सत्ताको साँचो प्रचण्डलाई सुम्पिएर हिँड्ने मानसिकतामा भने देखिएका छैनन् । गत वैशाखमा कांग्रेससँग बनिसकेको समझदारी तोडेर प्रचण्ड प्रधानमन्त्री केपी ओलीलाई काँध थाप्न पुगेपछि क्रुद्व भएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई स्वीकार नगर्ने निष्कर्शमा पुगेका थिए । बजेट अघि नै एमाले नेतृत्वको सरकारलाई बिदा गरेर कांग्रेस बजेटमार्फत एमालेबाट…
काठमाण्डौं । ४३ रुपैयाँ राजस्व नतिर्दा दुई व्यापारी १० दिनदेखि प्रहरी हिरासतमा छन् । छुटपुर्जी नबनाएर बोधिचित्तका दाना लान खोज्दा हिरासतमा पुगेका हुन् । जिल्ला वनले महांकालचौर-६ का चक्रबहादुर तामाङ र सिपाली चिलाउन-९ कि टिना तामाङलाई ४० किलो ६० ग्राम बोधिचित्तका दानासहित असार १८ मा काभ्रेभञ्ज्याङबाट पक्राउ गरेको थियो । बोधिचित्तको प्रतिकिलो १ रुपैयाँ ४ पैसा राजस्व बापतको ४२ रुपैयाँ २२ पैसा नतिरी उनीहरु बिक्री गर्न लाँदै थिए । चापाखोरीमा एक किसानबाट २ लाख ६० हजारमा खरिद गरेका थिए । ‘प्रक्रिया पूरा नगरेको र राजस्वसमेत नतिरेका कारण पक्राउ गरेका हौं’ सहायक वन अधिकृत उदिम राईले भने, ‘थोरै परिणाम भएपनि…
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारको टुंगो लाग्न झन्डै दुई साता लाग्नेछ । संवैधानिक प्रक्रियाअनुसार ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरे वा संसदको सामना गरे सरकार गठनको प्रक्रियाका लागि कम्तीमा १० दिन लाग्नेछ । प्रधानमन्त्रीबाट ओलीको राजीनामा आए राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्न सक्छन् भने सहमति नजुटे मात्र संसदले बहुमतीय प्रक्रिया थाल्नेछ । विगतको परम्परा हेर्ने हो भने राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि कम्तीमा साता दिनको समय दिने र नभए मात्र बहुमतीय प्रक्रिया थाल्न संसदलाई आग्रह गर्ने छन् । दुवै प्रक्रिया पूरा गर्न कम्तीमा १० दिन सयम लाग्नेछ…
काठमाण्डौं । एक साताअघि कोटेश्वरका राम आचार्य माइक्रो बसले बढी भाडा लिएको उजुरी गर्न मीनभवनस्थित यातायाता व्यवस्था विभागको कार्यालय पुगे । तर, उनको उजुरी कुनै सुनुवाइ भएन । उल्टै त्यहाँका कर्मचारीले ट्राफिकको १०३ नम्बरमा खबर गर्न सुझाए । मनपरी ढंगले भाडा असुलेको उजुरी सुन्ने काम यातायात व्यवस्था विभागको हो । ‘तर यहाँ उजुरी गर्दा पनि कसैले वास्ता गर्दैन,’ आचार्यले भने । सवारी तथा यातायात व्यवस्था विभाग ऐनले यातायाता विभागलाई ट्राफिकसम्बन्धी धेरै अधिकार दिएपनि काम भने ट्राफिक प्रहरीले गर्दै आएको ट्राफिक महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्याल बताउँछन् । सडकको भौतिक संरचना तथा पार्किङ व्यवस्थापनको जिम्मेवारी सडक विभाग र स्थानीय निकायले लिनुपर्ने हुन्छ…
काठमाण्डौं । संसदको तेस्रो पार्टी नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको गठबन्धन सरकारमा ९ महिना बिताएर मंगलबार बाहिरिएको छ । सम्भावित सत्ता समिकरणमा कुनै ठूलो चलखेल नभए केही दिनभित्रै हालको प्रमुख सत्तारुढ घटक नेकपा एमाले प्रतिपक्षमा पुग्नेछ । माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको समीकरणले नयाँ सरकारको नेतृत्व गर्ने भएसँगै यसको असर राजनीतिक वृतमा मात्र नभई आर्थिक वृतमा समेत पर्ने देखिएको छ । र्वशाखको तेस्रो हप्तादेखि सत्ता परिवर्तनको खेल जति चहकिलो बनेको छ, आर्थिक विकासका मुद्दा सोही अनुपातमा ओझेल पर्दैछन् । संविधान जारी भएपछि व्यवस्थित भएको भनिएको राजनीतिक संक्रमण पुनः फैलिएको छ । यही संक्रमणले मुलुकको अथएतन्त्र धरासायी बनाइसक्दा पनि दलहरु…
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वर्तमान केपी ओली नेतृत्वको सरकारलाई बहुमत पुर्याउन ४५ सिटको आवश्यकता परेको छ । ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफ भए उनी प्रधानमन्त्री कायम रहने छन् । संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओलीले ३ सय ३८ मतले विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो । यसअघि तीन सिट भएको नेमकिपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ । जसबाट यो सरकारलाई २ सय ५३ जनाको मात्र समर्थन रहेको छ । सत्ता गठबन्धभनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५…
काठमाण्डौं । राष्ट्रिय चिकित्सक संघ नेपालले आइओएमका प्राध्यापक डा. गोविन्द केसीको अनशनलाई समर्थन जनाएको छ । संघले आज विज्ञप्ती जारी गरी डा. केसीले आठौं अनशनमा उठाएका मागमा सहमती जनाउदै एक्यवद्धता व्यक्त गरेको जनाएको छ । संघले स्वास्थ्य क्षेत्रको बेथिती अन्त्यका लागि आफ्नो दायित्व पुरा गर्न सरकारसँग माग गरेको छ ।
एजेन्सी । चिकित्सकले वंशाणुगत परीक्षण गरेर स्तन क्यान्सर भएका महिला सुरक्षित छन् वा छैनन् भन्ने थाहा पाउन सकिने एक नयाँ अध्ययनले देखाएको छ । सो परीक्षणबाट महिलाको क्यान्सर शरिरभर फैलिन्छ वा फैलिदैन भन्ने विषयमा वास्तविक ढंगले अनुमान गर्न सकिने बताइएको छ । खोजकर्ताले यसलाई ‘ब्रेष्ट क्यान्सरमा ब्रेकथ्रु’ भनेका छन् । विद्यमान परीक्षण (अनकोटाइप डीएक्स ) दुई साता लाग्नेमा नयाँ परीक्षण भने केही दिनमै सम्पन्न हुने विश्वास गरिएको छ । एक दशकमा कसरी क्यान्सर विकसित हुन सक्छ भन्ने भविष्यवाणीका लागि ट्युमरको वंशाणुगत बनोटको परीक्षणले जानाकारी प्रदान गर्छन् । कुन बिरामी शल्यक्रियापछि केमोथेरापी उपचारबाट लाभन्नित हुन सक्छन् र कसलाई केमोथेरापीको आवश्यक पर्दैन भन्ने विषयमा…