Author: admin

 काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गराँै, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा माओवादीका सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवाद विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता भएको बताए । क्रान्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले तिलाठीका जनताले भारतीय हस्तक्षेप विरुद्ध गरेको प्रदर्शनले अब मधेसी जनता पनि भारतीय विरुद्ध उभिएको बताए…

Read More

झापा । विगत केही वर्ष यता स्पेनको बार्सिलोनालाई आफ्नो कर्मथलो बनाउँदै आएका नेपाली युवा गायक तुलसी शिवाकोटी यतिवेला नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन कम्मर कसेर लागिपरेका छन् । झापाको सुरुङ्गामा बुवा रघुनाथ शिवाकोटी र आमा अम्बिकादेवी शिवाकोटीको कोखबाट जन्मिएका उनको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ बोलको गीतले राम्रै चर्चा बटुल्न सफल भयो । प्रवासबाटै संगीत संघर्ष गरिरहेका थोरै व्यक्तिहरु मध्येका तुलसी पनि एक हुन्, जो पछिल्लो समय नेपाल गीतसंगीतको क्षेत्रमा निक्कै सक्रिय भएर लागि परेका छन् । शिवाकोटी सानैदेखि गीत संगीतको क्षेत्रमा चासो राख्थे । विद्यालयमा पढ्दा पनि उनी विभिन्न नाटकहरुमा अभिनय गर्नेदेखि लिएर कार्यक्रमहरुको सञ्चालन गर्ने गर्थे । कलेजका…

Read More

31. Find missing term : 11, 35, 57, 79, 991,___? A) 1110 B) 1112 C) 1113 D) 1315 32. Choose the correct alternatives: ab_ _ baa _ _ ab _ A) aaaaa B) aabaa C) aabab D) baabb 33. Doctor : Patient : : Politician : ? A) Masses B) Voter C) Power D) Chair  38. The letters whose water image are identical to the letter itself: A) D,E,H,I,O,X    B) C,E,G,I,O,X    C) A,,E,I,Q,X    D) D,E,H,N,O,X 39. What is the value of “x” if mean is 17 : Marks                …

Read More

काठमाण्डौं । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमको कार्यालय धनकुटा परिपाल्लेमा कार्यरत कृषि वैज्ञानिक र प्राविधिक कर्मचारी काज सरुवा गरी अन्यत्र गएपछि अध्ययन अनुसन्धानको काम प्रभावित भएको छ । अमिलो जात फफूलको अध्ययन अनुसन्धान गर्ने नेपालको एक मात्र उक्त कार्यालयका कृषि वैज्ञानिक र प्राविधिक धमाधम काजमा अन्यत्र सरुवा हुन थालेपछिअधिकांश अनुसन्धान कार्य ठप्प भएका आजको अन्नपूर्णले जनाएको छ । जनशक्ति नहुँदा कार्यालयका प्रयोगशाला पनि बन्द अवस्थामा रहेको कार्यक्रमका संयोजक डा. तुलबहादुर पुनले बताए । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमको कार्यालय हाल दुईजना कृषि बैज्ञानिकको भरमा सञ्चालित छ । कार्यालयमा कृषि बैज्ञानिकसहित नौजनाको दरबन्दी छ । वैज्ञानिकका चारवटा दरबन्दी रिक्त छन् भने…

Read More

काठमाण्डौं । उपत्यकाबासीले बढी रकम अखर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ । त्यसैले उपभोक्तले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको आजको अन्नपूर्णले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेटि्रक टन मरेको कुखुरा नियन्त्रणमा लिएको छ । क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा नलिएको भए मरेका ती कुखुराको मासु पनि उपभोक्ताको भान्सामा पुग्ने थियो । व्यवसायीले मरेका कुखुरा अवैध रुपमा राजधानीको सामाखुसी पठाउन लाग्दा क्वारेन्टाइन कार्यालयले शुक्रबार बिहान नागढुंगा नाकाबाट नियन्त्रणमा लिएर नष्ट गरेको…

Read More

 काठमाडौं । एउटा सडक निर्माण सुरु भएको कति वर्षमा सम्पन्न होला ? तीन, पाँच वा १० वर्षमा ? अथवा, २० वर्षमा ? होइन, चार सय २० किलोमिटर लम्बाइको महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक आयोजना निर्माण सुरु भएको ३१ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । दुई दशकअघि निर्माण थालिएका, तर सम्पन्न नभएका सडक त नेपालमा प्रशस्तै छन् । ती आयोजनका लागि बजेट भने वर्षेनी छुट्याउने गरिएको छ । सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुरानो, तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक हो । कुल चार सय २० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१/४२ मा सुरु गरिएको हो…

Read More

काठमाण्डौं । प्रहरीको तथ्यांकअनुसार औसतमा दैनिक १२ नेपालीले आत्महत्या गर्ने गरेका छन् । आव ०७२/७३ मा चार हजार ६ सय ६७ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा मात्र दैनिक दुईजनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । आत्महत्याका घटना बढेका छन् । अघिल्लो आवमा चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेको थिए । धेरैले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ । तीन हजार तीन सय ६६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक हजार एक सय ८३ ले विष सेवन, ३० ले शरीरमा आगो लगाएर, ६५ ले हाम फालेर, चारजनाले करेन्ट लगाएर, १३ जनाले हातहतियार प्रयोग गरेर तथा…

Read More

काठमाडौं–अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ । ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको हो । प्रचण्डले बिहीबारको छलफलमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । कांग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउनै नहुने अडान राखेको छ । प्रचण्ड जसरी पनि सहभागी गराउने र कांग्रेस ल्याउनै…

Read More

काठमाडौं–भारतको उत्तर प्रदेशमा १५ रुपैयाँको विवादलाई लिएर दलित समुदायका दम्पतीको हत्या भएको छ । उधारोमा किनेर ल्याएको बिस्कुटको पैसासम्बन्धी विवादलाई लिएर कथित उपल्लो जातका किराना व्यापारीले बिहीबार उनीहरुको हत्या गरेका हुन् । व्यपारीले बारम्बार बिस्कुटको पैसा माग्दा ती दम्पतीले केही दिनको समय मागेका थिए । उत्तर प्रदेशको मेनपुरी जिल्लामा बिहीबार बिहान सो वीभत्स हत्या भएको भारतको प्रेस–ट्रस्ट फ इन्डियाले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम भित्रै तरकारी बोक्ने जिप दुर्घटना हुँदा सो जिपका चालक घाईते भएका छन् । सदरमुकाममा लाग्ने शनिबारे हाटका लागि तरकारी लिएर तोक्मेडाँडा स्थित हाट लाग्ने स्थान तर्फ जाँदै गरेको मे १ ज २१९४ नंबरको जिप बढि सामानका कारण उकालो चड्न नसक्दा सडकमानै पल्टिएको थियो । जिप पल्टदा जिपका चालक २७ वर्षीय प्रदिप जोगि घाईते भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताएका छन् । घाईते जोगिको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

Read More