Author: admin
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७३/०७४ को बजेटमा आगामी तीन वर्ष भित्र सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्य सहित राष्ट्रिय स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याउने घोषणा गरेको छ । केही वर्षअघिदेखि स्वास्थ्य बीमा सम्वन्धि योजनामा बजेटमा परे र तर कार्यान्वयन भने अझै प्रभावकारी भएका छैनन् । सरकारले स्वास्थ्य बीमाको अवधारणा अघि सारेपछि बीमा कम्पनीहरुले समेत स्वास्थ्य बीमा योजनालार्इ सरल बनाउन थालेका छन् । सरकारले स्वास्थ्य बीमा २५ जिल्लामा लागु गरेको छ । कैलाली, बाग्लुङ, इलाम, सोलुखुम्बु, सुनसरी, महोत्तरी, पर्सा, मकवानपुर, सिन्धुली, गोरखा, तनहुँ, बर्दिया, रोल्पा, सुर्खेत, अछाम, झापा, रौतहट, चितवन, भक्तपुर, कास्की, म्याग्दी, पाल्पा, जाजरकोट र जुम्लामा स्वास्थ्य बीमा…
स्विजरल्याण्ड । युरोपमा नै चर्चित रहेका गायककार तुलसी सिवाकोटीको ‘ पिपल पाते ओठैले ‘ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा प्रवेश ढुंगाना ,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। दिलिप समनले निर्देशन गरेको भिडियो नेपालमा नै छायांकन गरिएको हो । श्रीराम अधिकारीकोको शब्द संकलन रहेको उक्त गितमा संगीत भने रियाज सिवाकोटीको रहेको छ । मुहार एल्बममा रहेको यो गीत धेरै स्रोताहरु , संगीत प्रेमीहरुको मन जित्न सक्ने गायककार तुलसी सिवाकोटीले बताउनु भयो । स्मरण रहोस केहि दिन अगाडी साबजनिक गरिएको ‘ गर्नु गर्यो इन्टरनेट ले ‘ बोलको गित छोटो समय मा नै लाखौ नेपालीहरुले मन पराएका थिए । गायक…
नेपाली सेनाको २१ नम्बर बाहिनीमा सिपाही तालिम सकेका सैनिक जवान । फाेटाे : खबरमञ्च
पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ । आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको सयौं पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको थियो । त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको अध्यक्ष तिम्सिनाले…
मोरङ । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्किएका छन् । विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उनी घर फर्किएका हुन् । गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखको पात काट्ने क्रममा लडेका राई गम्भीर घाइते भएका थिए । रुखबाट लडेका राईको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जारी गरेको थियो । प्रहरीको सूचनालाई आधार मानेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार आएकै दिनदेखि राई परिवारले आपत्ति जनाउँदै आएका थिए ।
ब्राजिलको रियो दि जेनेरियो शहरस्थित माराकाना रंगशालमा ओलम्पिक खेलको उद्घाटन समारोह भब्य भएको छ। समारोहमा विभिन्न देशका खेलाडीले राष्ट्रिय झण्डासहित परेड गरेका थिए। दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी फुपूल्हामु खत्रीले नेपाली टोलीको नेतृत्व गर्दै ओलम्पिकमा नेपालको झण्डा उचालेकी छन्। विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उद्घाटन समारोहमा दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। ओलम्पिक सुरु दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन् । डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालमा ओलम्पिकका खेल हुनेछन्। भन्नलाई यो ३१ औं ओलम्पियाड भनिए पनि २८ औं…
कपिलबस्तु । कपिलवस्तुमा घरको छत भत्केर एकै घरका तीन जनाको मृत्यु भएको छ। जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द भर, २४ वर्षीय छोरी सत्यावती भर र १४ वर्षीया छोरी चन्द्रावती भरको मृत्यु भएको प्रहरीले जनाएको छ। सो घटनामा परी ६ वर्षीय अरविन्दको घटनास्थलमै मृत्यु भएको र घाइते दुई जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विष्णु केसीले बताए। राति करिब ९.३० बजे घरको बरण्डामा बसेर खाना खाइरहेको बेला पक्की घरको छतको झाप खसेर उनीहरु थिचिएका थिए। घटनामा परी घाइते भएकी अर्की…
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकीकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई नेपाली सेनाले श्रमदान गरेर सघाउने भएको छ । बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनले अपिल गरेपछि सैनिक हेडक्वाटरको निर्देशन अनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरान्चौर पुगेको हो । उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकीकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्नेछ । नेपाली सेनाले सिन्धुपाल्चोकको भोटेनाम्लाङ, भोटेचौर, तौथली र भिमटारमा भूकम्प पीडितका लागि घर बनाएर हस्तान्तरण गरिसकेको छ । गिरान्चौर एकीकृत बस्ती निर्माण कार्य उदाहरणीय भएको भन्दै सैनिक श्रीमती सङ्घले आर्थिक सहयोग गरेका कारण पनि श्रमदान गर्न सैनिकको टोली पठाइएको सत्रुभञ्जन…
काठमाण्डौँ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई विक्रमसिंगेले आज बिहान टेलिफोन गरी उनको कार्यकालमा नेपालको संविधान कार्यान्वयन र राष्ट्रिय समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले अगामी दिनमा नेपाल र श्रीलङ्काबीचको आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै बधाईका लागि धन्यवाद दिए ।
पाल्पा । विवाहित जोडीबीच आपसी सम्बन्ध राम्रो हुन नसक्दा पाल्पा जिल्लामा सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । पारिवारिक बेमेलका कारण बर्सेनि श्रीमान् श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढेका हुन् । वैदेशिक रोजगार, सामाजिक सञ्जाल, विद्युतीय सञ्चारमाध्यम र विदेशी संस्कृतिको प्रभाव, महिला अधिकार, सम्पत्ति, घरेलु हिंसालगायतले नेपाली समाजमा सम्बन्धबिच्छेदका प्रमुख कारण बन्दै आएको छ । जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा बर्सेनि सम्बन्धबिच्छेदका घटना समेत बढेका हुन् । अशिक्षित परिवारभन्दा पनि शिक्षित परिवारका विवाहित युगल जोडी छिटो सम्बन्धबिच्छेद गरी स्वतन्त्र रहने निहँु बनाउँदै अदालतसम्म आएका हुन् । जिल्ला अदालत पाल्पाका अनुसार अघिल्लो वर्ष २०७२÷०७३ मा १०२ जोडीले सम्बन्धबिच्छेदका उजुरी दर्ता भएका थिए । अदालतले…