काठमाण्डौँ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विक्रमसिंगेले आज बिहान टेलिफोन गरी उनको कार्यकालमा नेपालको संविधान कार्यान्वयन र राष्ट्रिय समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले अगामी दिनमा नेपाल र श्रीलङ्काबीचको आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै बधाईका लागि धन्यवाद दिए ।
Facebook Comments Box