Author: admin

इथियोपियामा सरकारविरोधी प्रदर्शनका क्रममा दर्जनौँ मानिस मारिएका छन्। इथियोपियाको ओरोमिया र अमारा क्षेत्रमा ती प्रदर्शनहरु भएका हुन्। सप्ताहन्तमा प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजी गर्दै जेलमा रहेका केही विपक्षी नेताहरुको रिहाइको माग गरेका थिए। इथियोपियामा कार्यरत मानवअधिकारवादी सँस्थाहरु र विपक्षी समूहहरुले ती प्रदर्शनमा पचासभन्दा बढी मानिसको मृत्यु भएको दावी गरेका छन् भने सरकारी सञ्चारमाध्यमले शान्तिविरोधी शक्तिहरुले अवैधानिक रुपमा प्रदर्शन गरेको जनाएको छ। एमनेस्टी इन्टरनेसनेलले भने सरकारी सुरक्षा फौजले शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुमाथि गोली चलाएको र ९० भन्दा बढीको मृत्यु भएको जनाएको छ। करिब दुई दशकदेखि ओल्काएत जिल्लाको जमीन गैह्रकानुनी रुपमा अर्कै जिल्लालाई दिइएको विषयमा सो क्षेत्रमा तनाव जारी रहेको छ। विरोधीहरुले सरकार मानवअधिकारको उल्लंघन…

Read More

लहान । इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निसासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा काकाभतिजोको मृत्यु भएको छ। आफ्नै खेतमा रहेको इनारबाट पानी झिक्ने क्रममा इनारभित्र झरेको बाल्टिन निकाल्न इनार गएका स्थानीय जागेश्वर मण्डल र उनका काका रामविलास मण्डलको निसासिएर मृत्यु भएको हो। इनार तल गएका जागेश्वर बाहिर नआएपछि उनलाई हेर्न भनि गएका काका रामविलाशको समेत निस्सासिएर इनारभित्रै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

Read More

काठमाण्डौ । लागू औषध नियन्त्रण ब्युरोले ४ किलोभन्दा भन्दा बढी कोकिनसहित २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। बोलिभियन र थाइ नागिरकलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । विदेश तस्कर गर्न लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । यस विषयमा थप जानकारी दिन ब्युरोले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । यस अघि गत चैत २५ गते ब्युरोले स्याम्पुको बोतलमा राखिएको अवस्थामा २ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो । दक्षिण अफ्रिकाकी एम पाथुनी र भारतकी मिर्सी २ किलो ७ सय ग्राम कोकिसहित पक्राउ परेका थिए।

Read More

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारलाई लिखित रुपमै म्यादी भएको भन्दै कटाक्ष गरेका छन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले कागजमा दुवैतिर हस्ताक्षर गरेर म्यादी बनाइएको बताए। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले ओली नेतृत्वको सरकारमाथि अविश्वास प्रस्ताव दर्ता गरी नयाँ सरकार गठन गर्ने सहमति गरेको थियो। कांग्रेस र माओवादी केन्द्रबीच नौ–नौ महिना सरकारको नेतृत्व गर्ने भित्री सहमति भएको बताइएको थियो। नेता ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूल्ठूला सपनाका लागि आर्थिक स्रोत कहाँ छ भन्दै संसदमा सोधेको प्रश्नको जवाफ दिँदै भने– ‘लिखित रुपमा मसँग सोध्नुस्, म तपाईंलाई…

Read More

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान व्युरोको टोलीले संरक्षित बन्यजन्तुको छाला सहित २ जनालाई पक्राउ गरेको छ । भीमेश्वर नगरपालिका ६ स्थित तामाकोसी बजारबाट चरीबाघको २ थान छाला, ध्वाँसे चितुवाको एक थान छाला र सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा जिल्ला शैलुङ्गेश्वर गाविस १ बस्ने वर्ष ४१ को लालबहादुर विश्वकर्मा र घ्याङसुकाठोकर गाविस ४ बस्ने ४६ वर्षका रामबहादुर तामाङ रहेका छन् । प्रहरीले पक्राउ गरेका व्यक्ति तथा सामाग्रीहरुलाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय दोलखामा बुझाएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे छ । सरकारले चरीबाघ, ध्वाँसे चितुवा र सालक लगायतका जीवजन्तुलाई संरक्षित…

Read More

काठमाडौं । सरकारले अब पाँच पूर्वविशिष्ट पदाधिकारीलाई मात्रै आवास, सचिवालय र गाडी सुविधान दिने कानुन ल्याउने तयारी गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश मात्र पदबाट बाहिरिएपछि सुविधा दिन विधेयक ल्याउन लागेको हो । पूर्वविशिष्ट पदाधिकारीका नाममा राज्य कोषबाट बिनामापदण्ड जथाभावी सविधा बाँड्ने प्रवृत्तिलाई अंकुश लगाउन सरकारले यस्तो विधेयकको तयारी गरेको हो । गृह मन्त्रालयले तयार पारी अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी विधेयकमा बिग फाइजलाई मात्रै सुविधा तथा सुरक्षा दिने प्रस्ताव गरिएको छ । संसदको सुशासन तथा अनुगमन समितिद्वारा सांसद जनकराज जोशीको नेतृत्वमा गठित उपसमितिले समेत कानुन बनाएर पाँच पूर्वविशिष्ट पदाधिकारीलाई मात्र सुविधा दिन सरकारलाई…

Read More

ईटहरी । ‘बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ। मेरो पढाइका कारण हमी घरबारबिहीन भएका छौं। पैसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी,’ नुवाकोटमा सोमबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी निशा तामाङकी ८० वर्षीया हजुरआमा सानुमाया शाक्य भावविह्वल भएर नातिनीको योजना सुनाउँदै थिइन्। उनी निष्ठुरी देवसँग बिलौना गर्दै थिइन्,‘मेरो नातिनी हामी सबैलाई छाडेर बिदा भई। कलिलैमा किन चुँडिदियौ मेरो नातिनीलाई?’ अन्नपूर्ण पोस्टमा समाचार छ। हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सानुमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन्। ‘जागरिबाट बिदामा घर आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी…

Read More

साउदी । बढी समय बाँच्ने चाहना कसलाई हुँदैन? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन्। नागरिक दैनिकमा समाचार छ। सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन्। मृत्यु भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे। जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन। बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा। नेपाली साझा मञ्चका अनुसार दुर्घटनाका कारण मारिएका मृतकका परिवारमध्ये केहीले ब्ल्डमनी माफी दिँदा समेत पहल गरिदिने निकाय नहुँदा जेलमुक्त हुन पाएका छैनन्। कतिपयले आफन्तमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा हारगुहार…

Read More

गाेर्खा । बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास २ का पाँचसहित सातजनाको मृत्यु भयो। बिरामीले उपचार पाउन त पर, सातजनाले व्यर्थै जीवन गुमाउनु पर्यो। अन्नपूर्ण पोस्टमा समाचार छ। तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्याइयो। १५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन्। त्यसभन्दा केही दिनअघि…

Read More

काठमाण्डौ । चीनको सरकारी थिंक ट्यांक टोली प्रमुख जी झेईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी असोजमा हुने नेपाल भ्रमणको तयारीकै लागि आफूहरू यहाँ आएको बताएका छन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ । बंगलादेश र भारत भ्रमणपछि नेपाल आएको चिनियाँ टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई छुट्टाछुट्टै भेटेर आगामी असोजमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने जानकारी गराएको हो । चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेई नेतृत्वको टोलीले अरू दलका नेतालाई समेत भेट्ने कार्यक्रम छ । सीआईसीआईआर अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक विषयमा अध्ययन…

Read More