Author: admin
काठमाण्डौ । ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो , नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला गरेर समान क्षतिपूर्तिको व्यवस्था लागू गर्ने निर्णय गरेका थिए । जुनसुकै कम्पनीको सिलिन्डर विस्फोट भएमा पनि पीडितले समान क्षतिपूर्ति पाउनेछन् । संघमा आबद्ध सबै उद्योगीलाई निर्णय कार्यान्वयन गर्न आइतबार पत्राचार गरिने…
काठमाडौं । ओली नेतृत्वको अघिल्लो सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा घाइते भएका १९ जनाको ३१ लाख उपचार खर्च व्यहोरिसकेको थियो । मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च व्यहोर्नुपर्ने विषयलाई मोर्चाले वार्ताको प्रमुख सर्त बनाइरहेका वेला सरकारले रकम उपलब्ध गराएको थियो । अस्पतालको बिल ७३ हजार, भुक्तानी २४ लाख गृह मन्त्रालयले १९ घाइतेमध्ये १३ लाई २४ लाख ४८ हजार ३५४ रुपैयाँ भुक्तानी दिइसकेको छ । गत ३० फागुनमा गृह मन्त्रालयले उपचार खर्च दिने सहमति गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । रकम निकासाका लागि ८ चैतमा अर्थ मन्त्रालयमा फाइल पुग्यो । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । त्यसअनुसार…
काठमाडौं । मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन् । त्यो पनि संसदीय समितिको बैठकमा । बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु बुढाथोकीले विकास र निर्माणसम्बन्धी मन्त्रालयका मन्त्री र सचिवले आयोजना सुरु हुनुअघि नै पैसा माग्ने गरेको दाबी गरे । विकास समितिमा बोलाइएका निर्माण व्यवसायीहरुलाई सांसदहरुले विभिन्न प्रश्न गरेपछि व्यवसायीले मन्त्री र सचिवलाई आरोप लगाए । ठेक्कामा गरेका काम समयमा नसकिने, लामो समय नटिक्ने र गुणस्तरीय नहुने भन्दै सांसदहरुले प्रश्न गरेका थि । प्रश्नको जवाफमा बुढाथोकीले मन्त्री र सचिवहरु विकासे मन्त्रालयमा पैसा हुन्छ भन्दै…
काठमाण्डौ । विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो। कान्तिपुर दैनिकमा समाचार छ। केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। छोरा (छात्र) का तुलनामा छोरी (छात्रा) को औसत सिकाइ उपलब्धि राम्रो पाइएको केन्द्रका उपसचिव गोपालप्रसाद भट्टराईले बताए। कक्षा ३ को नेपालीमा छात्रको औसत उपलब्धि अंक ५१ छ भने छात्राको ५४ छ। गणितमा छात्र र छात्राको सिकाइ समान ४५ छ। कक्षा ५ मा नेपालीमा छात्राको…
काठमाडौं– कुटनीतिक मामिलाका चिनियाँ विज्ञहरुले छिङ् हाई तिब्बत रेलवेलाई नेपाल हुँदै भारतसम्म जोड्न आर्थिक तथा प्राविधिक रुपले सम्भव रहेको बताएका छन् । चाइना टिबेटोलोजी रिसर्च सेन्टरले बेइजिङमा आयोजना गरेको कार्यक्रममा चिनियाँ विज्ञले त्यस्तो बताएका हुन् । सन् २०२० सम्म नेपाल चीन सीमा बिन्दु केरुङसम्म विस्तार हुने चिनियाँ रेललाई स्वशासित क्षेत्र तिव्वत हुँदै दक्षिण एसिया जोड्न प्रविधि र अनुभव चीनसँग रहेको उनीहरुले बताए । यो कुनै सपनामात्र होइन, व्यवहारमै लागू गर्न सकिन्छ, विज्ञहरुलाई उदृत गर्दै चिनियाँ कम्युनिष्ट पार्तीको मुखपत्र पिपुल्स डेलीमा लेखिएको छ । तिब्बती सिगात्से आइपुगेकोरेललाई सन् २०२० सम्म केरुङ हुँदै नेपालसम्म विस्तार गर्ने लक्ष्य चीनको छ । यद्यपि नेपाल…
काठमाण्डौ । नियमित गर्भ जाँच नगर्ने र अन्तिम अवस्थामा स्वास्थ्य संस्था बनाउँदा बाँकेमा मृत शिशु जन्मिने क्रम बढेको छ। कान्तिपुर दैनिकमा समाचार छ। सुविधासम्पन्न ठूला अस्पतालमा सुत्केरी हुनेहरुमा न्त्यो समस्या बढी देखिएको हो। गर्भमै मरेको र जन्मेको केही बेरमा मृत्यु हुने घटना बढ्नुको कारण पत्ता लगाउन चिकित्सकलाई मुस्किल परेको छ। तर धेरैले गर्भपती अवस्थामा हुने हेलचेक्र्याई र नियमित गर्भ जाँच नहुनुलाई मूख्य कारण बताएका छन्। नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा मृत शिशु जन्माउनेको संख्या मासिक १२ देखि २६ सम्म छ। बितेको वर्ष २ सय ४ वटा त्यस्ता घटना भएको अस्पतालले जनाएको छ। तीमध्ये अधिकांशले मृत शिशु जन्माएका थिए। घरमै सुत्केरी गराउने, पूर्ण…
काठमाडौं– इटहरी रामगनर भुटाह गाविस ५ का खलखल मस्किले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन् । सनसरीका दक्षिणी क्षेत्रमा रहेको अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आपू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताएका छन् । उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाई प्रभु मरिकले पाँच हजार दिन राजी भएपछि छोरीको विवाह गरिदिएको सुनाए । १२ वर्षमा विवाह गरेको खलखल मरिकको छोरी प्रमिला अहिले १७ वर्ष पुगेकी छिन् । १२ वर्षमा बालविवाहको सिकार बनेकी प्रमिला दुई सन्तानकी आमा भइसकेककी छन् ।…
काठमाडौं– बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा संचालित न्यु होराइजन उच्च माविमा अध्ययनरत ६ जना आवासीय विद्यार्थी छात्रावासबाटै भागेका छन् । बिहिबार राति छात्रावासबाट हिँडेका उनीहरु शुक्रबार अबेरसम्म कसैको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । कक्षा ९ मा पढ्ने बुटवल गोलपार्कका सोहन कार्की, देवीनगरका साजन पुन, कपिलवस्तु चन्द्रौटाका सुमीत सारु, गुम्मी रिडी प्रिन्स शाही, त्यस्तै कक्षा १० मा पढ्ने बुटवल कालिकानगरका ध्रुव कँडेल र देवीनगरका सिजन थापा विद्यालयको छात्रावासबाट भागेका हुन् । राति ११ बजेसम्म छात्रावासमै रहेकका विद्यार्थी शुक्रबार बिहान उठ्दा नदेखेको विद्यालयका होस्टल वार्डेन जीवलाल ज्ञावालीले बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
बिर्तामोड । नेपाल तामाङ विद्यार्थी घेदुङ दमक बहुमुखी क्याम्पस इकाई समिति गठन भएको छ । सुजन मोक्तानको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरिएको हो । उपाध्यक्षमा नविना पाख्रिन, सचिवमा सन्तबहादुर बमजन, सह–सचिवमा कविता बल, कोषाध्यक्षमा सञ्चिता तोइसाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा रश्मि बमजन, अशेष योञ्जन, पेमा घिसिङ, सोनाम घिसिङ, साहिल योञ्जन, रिधन ग्लान रहेका छन् । कार्यक्रममा नेपाल तामाङ विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङ, उपाध्यक्ष निमा गोले, जिल्ला सदस्य प्रकृति घिसिङलगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन रोशन मोक्तानले गरेका थिए । विद्यार्थी घेदुङ झापाको संगठन विस्तारकै क्रममा धुलाबारी बहुमुखी क्याम्पसमा पनि निरु योञ्जनको अध्यक्षतामा १३ सदस्यीय इकाई…
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाद्वारा स्थापित स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष प्रतिदिन दैनिकका कार्यकारी सम्पादक एवम् नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राई पुरस्कृत हुने भएका छन् । महासंघ झापा शाखाका अध्यक्ष गणेशमान मुखियाको अध्यक्षतामा शुक्रबार बिर्तामोडमा सम्पन्न बैठकले महासंघको आगामी साउन २७ गते बिहीबार आयोजना हुने १७औँ स्थापना दिवसको अवसरमा उनलाई नगद पुरस्कार १३ हजार १७ रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिने भएको हो । सोही दिन यस वर्षको उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा सुब्बा र सनराइज एफएमकी शारदा खवासलाई जनही १५ सय १७ रुपैयाँसहित प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने…