Author: admin

काठमाडौं । विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खानामा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रुपैयाँ जरिवानको फैसला सुनाएको छ । मुद्दामा अधिकांशलाई अभियोगबाट सफाइ दिँदै बिगोको अनुपातमा ठेकेदारलाई समेत निकै कम जरिवाना भएको भन्दै अख्तियारका अधिकारील गम्भिर असन्तुष्टि जनाएका आजको अन्नपूर्णमा समाचार छ । यस्तै अर्का ठेकेदार मीठाराम दाहाललाई १४ लाख २६ हजार रुपैयँ जरिवाना सजवाय भएको छ ।

Read More

काठमाडौं–नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको निवास महेन्द्र मञ्जिलको विद्युत लाइन बक्र्यौता नतिरेको भन्दै लाइन काटेको छ । रत्नको ८९ औं जन्मदिनको भोलिपल्ट सरकारले लाइन काटेर उनलाई अन्धकार उपहार दिएको छ । शनिबार उनको जन्मदिन थियो । लामो समयदेखि विद्युत महसुस नतिरिएको र ३७ लाख ३१ हजार रुपैयाँ पुगेपछि नियमित प्रक्रियाअन्तर्गत लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशन मुकेशराज काफ्लेले बताउ । बिजुलीको लाइन काटिए पनि महेन्द्र मञ्जिलको स्वामित्व र यसको व्यवस्थापनको दायित्व भने सरकारकै नाममा छ । गणतन्त्र घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनको परिवारले नारायणहिटी दरबार छोडे पनि पूर्वमुमा बडामहारानीलाई भने उनकै इच्छाबमोजिम…

Read More

काठमाडौं–कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ । अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो । राई विदेशमा कार्यरत नेपालीको हितको लागि काम गर्ने एनआरएनको बैदेशिक रोजगार तथा आप्रवासन कल्याण समितिमा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्छन् । लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ । त्यसअघि पनि उनलाई…

Read More

काठमाडौं–निर्वाचित भएको १५ दिन बित्दासमेत प्रधानमन्त्री प्रचण्डले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् । सरकारको काम मुख्य भनेर आगमी ११ भदौमा आयोजित पार्टी महाधिवेशन लआयोजक समिति बैठक र सबै माओवादी घटकको एकतापछि आगमी पुसमा हुन लागेको महाधिवेशनसमेत स्थगित गरेका प्रचण्डले मन्त्रिपरिषद मत्रै नभएर प्रधानमन्त्रीको कामकारबाहीका आवश्यक पर्ने विभिन्न क्षेत्रका सल्लाहकारसमेत चयन गर्न सकेका छैनन् । मुख्य सत्ता सझेदार दल नेपाली कांग्रेसले आफ्नो कोटामा परेका मन्त्रालयमा मन्त्री चयन गरेर पठाउन नसक्दा मन्त्री मण्डलले पूर्णता पाउन सकेको छैन भने कतिपय अवस्थामा सकारको कामसमेत प्रभावित बन्न पुगेको छ । सामन्य प्रशासन मन्त्रालयले साउनभित्र नियमअनुसार कर्मचारीको सरुवा गरिसक्नुपर्ने मा प्रभावित बन्न पुगेको छ ।…

Read More

काठमाडौं । गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् । ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ । पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको ‘सीडीसीनेपाल’ नामक एप्सको प्रयोग गरी शिक्षक तथा विद्यार्थीले आफूलाई चाहेको शैक्षिक सामग्री औँलाले थिचेका भरमा तत्काल प्राप्त गर्न सक्ने आजको गोरखापत्र दैनिकले जनाएको छ । यस्तो सुविधाबाट पाठ्यसामग्री प्राप्त गर्न एनरोइड सुविधा भएको मोबाइल फोन वा ट्याब्लेट आवश्यक छ ।  आईफोन वा आईप्याडमा भने यस्तो…

Read More

काठमाण्डौ । एमालेले तल्ला कमिटीसम्म सुदृढ एकता कायम गर्दै पार्टी हित र प्रतिष्ठामा आँच पुग्ने गरी गुटबन्दी र प्यानल गतिविधि बन्द गर्न पार्टी पंक्तिलाई कडा निर्देशन दिएको छ। स्थायी समितिको आइतबारको बैठकले आगामी चुनावी प्रतिस्पर्धामा आन्तरिक एकता सुदृढ गर्दै पार्टीलाई बहुमत प्राप्त गर्ने उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औाल्याएर पार्टी पंक्तिलाई गुटबन्दी र प्यानल रोक्न कडा निर्देशन जारी गरेको हो। ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित र चाहना तथा आकांक्षालाई आत्मसात् गर्दै स्थायी कमिटीको यो बैठक निम्नानुसार संकल्प गर्दछ र सम्पूर्ण पार्टी पंक्तिलाई यसैअनुरूप अघि बढ्न निर्देशित गर्दछ,’ बैठकपछि सचिव योगेश…

Read More

परराष्ट्र दिए मात्र कोइराला मन्त्रिपरिषदमा जाने काठमाण्डौ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको खुलाए। वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताको भनाई आजको कान्तिपुर दैनिकमा वसन्त बस्नेतले लेखेका छन्। दाहाल मन्त्रिपरिषद्मा कांग्रेसले १२ वा १३ मन्त्रालय पाउने दुई सत्तारुढ दलको समझदारी छ । ‘हाम्रो तर्फबाट केही नाम भोलि (सोमबार) नै प्रधानमन्त्रीकहाँ जाँदैछ, भदौ ८ गते सभापतिज्यू (देउवा) उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि…

Read More

विर्तामोड । झापामा मापदण्ड विपरीत भेटिएका अधिकाशं मेडिकल, ल्याव र क्लिनकहरुले अझै मापदण्डमा रहेर सेवा सञ्चालन नगरेको सरकारी अनुगमनका क्रममा पाइएको छ । सरकारी अधिकारीहरुले झापाका मेडिकल क्षेत्रमा व्यापक अनुगमन गरिएको बताएपनि अधिकाशं स्वास्थ्य संस्थाहरुले यस अघिका अनुगमन टोलीले दिएको निर्देशन अटेर गरेर विरामीको स्वास्थ्यमाथि खेलबाढ गरिरहेको पाइएको हो । झापामा स्वास्थ्य क्षेत्रमा विकृती बढेको कारण पूर्वका सर्वसाधारणले हैरानी बेहोरेको समाचार बाहिरिए लगत्तै स्थानीय प्रशासन, घरेलु, जिल्ला जनस्वास्थ्य कार्यालय र औषधी व्यवस्था विभागले व्यापक अनुगमन गरेको थियो । त्यसबेला बिर्तामोडमा सञ्चालित स्वास्थ्य संस्थामा गरिएको अनुगमनमा कुनैपनि मेडिकल, ल्याव, अस्पताल मापदण्डमा भेटिएको थिएन । बिर्तामोड सञ्चालित कञ्चनजंगा हस्पिटल, बजरंङ मेडिकल…

Read More

पथरी । मोरङको पथरीशनिश्चरेको साहित्यिक गतिविधिलाई पुनर्जागृत गर्ने क्रममा शनिवार पूर्वका ५ जना गजलकारका गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । जनसाहित्यिक मञ्च मोरङको आयोजनामा सम्पन्न कार्यक्रममा विराटनगरका मधु पोखरेल, हरि कट्टेल, पथरीशनिश्चरेका रोहित पराई, सुनसरीकी टीका आत्रेय र झापाकी खगिन्द्रा खुसीले २ चरणमा बहरका आफ्ना ५, ५ वटा रचना वाचन गरे । कार्यक्रममा नेपाली साहित्यमा गजल विधा सवैको प्रिय बनेको कुरा पुष्टि गरेको छ । सो अवसरमा गजलकार लोकेन्द्र बञ्जारा र घनश्याम पथिकले गैर बहरका गजन प्रस्तुत गरेका छन् । कार्यक्रममा जनसाहित्यिक मञ्चका केन्द्रीय उपाध्यक्ष प्राध्यापक डाक्टर भीम खतिवडा, केन्द्रीय सदस्य गण्डकीपुत्र र पथरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख…

Read More

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईवटा ट्विट गरेका छन् । पछिल्लो एक वर्षमा सामाजिक सञ्जालमा नेपालबारे मोदी प्रायः मौन थिए । मोदीले पहिलो ट्विटमा ‘नेपालका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री विमलेन्द निधिसँग अत्यन्तै राम्रो भेटठवार्ता’ भएको उल्लेख गरेका छन् । दोस्रो ट्विटमा मोदीले भनेका छन्, ‘नेपाल–भारत सम्बन्ध जनस्तरका बलियो सम्बनधबाट निर्देशित छ । भारत मित्रता थप मजबुत पार्न चाहन्छ ।’ यी दुई ट्विट गरेका मोदीलाई ट्विटरमाफृत नै उत्साहजनक प्रतिक्रिया आइरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More