Author: admin
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको मुलुकभरका ९६ वितरण केन्द्रले महसुल नतिर्ने ४ सय ४६ ग्राहकको बिजुली काटेका छन् । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि सोमबारसम्ममा प्राधिकरणले ठूलो रकम बक्यौता भएका देशभरका ग्राहकको लाइन काटेको हो । उनीहरूको कुल बक्यौता ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ छ । प्राधिकरणले करिब ९ अर्ब रुपैयाँ महसुल ग्राहकसँग उठाउन सकेको छैन । त्यसमध्ये नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको बक्यौता दुई अर्ब रुपैयाँ छ । सरकारी कार्यालयको बक्यौता १९ करोड रुपैयाँभन्दा बढी छ । सरकारी कार्यालयलाई एक साता समय दिएर बक्यौता तिर्न ताकेता गर्ने तयारी प्राधिकरणले गरेको छ । ग्राहकले लामो समयसम्म बक्यौता नतिरेका कारण प्राधिकरणको सञ्चित नोक्सान…
काठमाडौं–करिब २ हजार वर्ष पुरानो नेपाली सेनाको इतिहासमा नयाँ अध्याय थपिएको छ । नेपाली सनामा पहिलोपटक गैरप्राविधिक सेवामा महिलाहरु मेजर पदसम्म पुगेका छन् । इन्फ्रिन्ट्री (सामान्य सेवा) तर्फ पलिोपटक महिलाहरु दुई साताअघि मेजरमा बढुवा भएका छन् । सेनाले २०६१ सालदेखि मात्र महिलालाई अधिकृत तहमा भर्ना लिन थालेको हो । ४६ को बेसिकमा पहिलोपटक भर्ना भएका महिला ११ वर्षमा मेजर पदमा पुगेका हुन् । उनीहरु नै सामान्य सेवातर्फ मेजर बन्ने पहिलो महिला सेीनक अधिकृतहरु भएको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए । प्राविधिक पदहरुमा भने महिलाहरु उच्च पदमा पुगिसकेका छन् । नर्सिङ सेवामा अहिले पनि बिग्रेडियर जनरल पदमा महिला कार्यरत…
काठमाडौं । नेपालको राष्ट्रिय महत्वको योजनामा हुने लाभांशमा भारतले जहिले पनि आँखा गाडेको छ ।नेपालका नदीनाला र प्राकृतिक स्रोतमा आँखा गाडेको भारतले काठमाडौं–निजगढ फास्ट ट्रयाक आफ्नो हातमा पार्न एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारसमेत गिराउने खेलमा सफलता पायो । सुशील कोइराला नेतृत्वको सरकारमा आएको यो परियोजनालाई एमाले र कांग्रेस तथा माओवादीले नै स्वीकारेको थिएन । तर, एमाले नेतृत्वको सरकार ढल्नासाथ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतलाई खुसी बनाउन यही प्रस्तावलाई अघि सारे । उनले भारतीय अधिकारीलाई फास्ट ट्रयाकको जिम्मा भारतकै हुने वचनसमेत दिएको स्रोतले जनाएको छ । होटल ताजमा भारतीय व्यापारी र अधिकारीलाई भेटेर निधिले यस्तो आश्वासन सहितको प्रतिबद्धता गरेका…
काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ । बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना…
काठमाडौ – उर्जामन्त्री जनार्दनको शर्माको निर्देशनपछि पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकोे महेन्द्र मञ्जिलमा काटिएको बिजुलीको लाइन जोडिएको छ । महेन्द्र मञ्जिलबाट तिर्न बाँकी रहेको ३७ लाख ६४ हजार रुपैयाँ सरकारले भुक्तानी दिने खबर आएपछि आइतबार काटिएको विजुलीको लाइन जोडिदिएको नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक गोपालबाबु भट्टराईले जानकारी दिनुभयो । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महसुल भुक्तानी दिइने भन्ने खबर पाएपछि लाइन जडान गरेका हौं, पत्र कार्यकारी निर्देशकसँग होला ? महसुल भुक्तानी गर्ने प्रतिवद्धता आएपछि जोडिदियौं’ ग्राहक तथा निर्देशनालयका प्रमुख समेत रहेका उप कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो । लाइन जोडिएको प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले बतानुभयो…
सिङ्गापुर । सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङ आइतबार एक सार्वजनिक समारोहमा भाषण गर्दागर्दै बिरामी भई लडेका छन् । उनले राष्ट्रिय दिवसका अवसरमा आइतबार सम्बोधन गर्दै थिए । सो क्रममा उनी अकस्मात ढलेका थिए । उनका सहयोगीहरूले उनलाई कार्यक्रमस्थलबाटै तत्कालै अस्पताल पुर्याएका थिए । तर उनको अवस्था भने गम्भीर नरहेको जानकारी चिकित्सकहरूले दिएका छन् । राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सो सम्बोधन टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको थियो । ली सन् २००४ देखि सत्तामा छन् । उनी सिङ्गापुरका संस्थापक नेता ली क्वान यीका छोरा हुन् । एएफपी
काठमाडौँ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ । मेरो लुक्स प्रालिको आयोजनामा मङ्गलबार होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो । संस्थाले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१५’ का विजेता क्यायर एलिजावेथ पार्करले नेपालमा पहिलोपटक हुन लागेको यस प्रतियोगितामा आफू निर्णायकका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । संस्थाका निर्देशक अनिल बस्नेतले पहिलोपटक आयोजना गर्न लागेकाले प्रतियोगिताको सम्पूर्ण खर्च आयोजक आफैँले बेहोर्न लागेको जानकारी दिए । उक्त प्रतियोगितामा उपाधि जित्ने विजेताले यही अक्टोबरमा अमेरिकाको लस भेगासमा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१६’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन्…
झापा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले आज पूर्व प्रधानमन्त्री सिंहसँग उनकै निवासमा भेटवार्ता गरेका हुन् । भेटमा उनिहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ । आजै उपप्रधानमन्त्री निधिले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गरेका थिए । त्यस्तै भारतीय विपक्षी दल कँग्रेस (आई)का…
ब्रजिलको रियो द जेनिरोमा १७ दिनयता जारी ओलिम्पिक्स खेलकुद एउटा भव्य समापन समारोह गर्दै सोमबार बिहान (नेपाली समयअनुसार) सकिएको छ। आगामी ओलिम्पिक्स आयोजक शहर जापानको टोकियोलाई औपचारिक रुपमा ओलिम्पिकको झण्डा हस्तारन्तरण गर्दै र ओलिम्पिकको ज्योति निभाएर समापन समारोह सकिएको थियो। ४६ स्वर्णसहित १२१ वटा पदक हासिल गर्दै अमेरिका पदकतालिकाको शीर्षस्थानमा रह्यो। पदक तालिकामा दोस्रो स्थानमा ब्रिटेन रहन सफल भयो। विवाद रियो ओलिम्पिक्स सफल भएजस्तो त देखिन्छ तर विभिन्न विवादस्पद प्रकरणका कारण यसलाई सम्झिइरहनेछ। इथियोपियाका रजतपदक विजेता म्याराथन धावकले आफ्नो सरकारविरोधी गतिविधि देखाएको घटना होस् वा कतिपय रुसी खेलाडीमाथि प्रतिबन्धित औषधी प्रकरणमा खेल्न प्रतिवन्ध लगाएको विषय, रियो ओलिम्पिक्स विवादको घेरामा रह्यो।…
दार्जीलिङ । गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए छाडेर पुनः गोर्खाल्याण्ड आन्दोलनमा जाने गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बताएपछि भारतको दार्जीलिङमा पुनः आन्दोलनको संभावना बढेर गएको छ । चारबर्ष अघि पश्चिम बंगाल राज्य सरकार, केन्द्र सरकार र गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाविच दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए गठन गर्ने सम्झौता भएको थियो । तर सो स्थानीय प्रशासनिक निकाय जिटिएलाई पश्चिम बंगाल सरकारले असहयोग गरेको भन्दै मोर्चाका अध्यक्ष गुरुङले पुनः आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । गुरुङले ‘ब्याक टु एजिटेसन’ भन्दै दार्जीलिङका नेपाली भाषी गोर्खालीहरुलाई आन्दोलनमा उत्रनका लागि तयार रहन भनेपछि त्यहाँ पुनः आन्दोलनको संभावना बढेर गएको हो ।…