Author: admin
भद्रपुर । देशकै प्रमुख मोवाईल सेवा प्रदायक कम्पनी एनसेलका ग्राहकलाई स्थानीय स्तरमा कम्पनीका विभिन्न सेवाहरु सहजरुपमा उपलब्ध गराउने उद्धेश्य अनुरुप झापाको भद्रपुरमा एनसेल शपको उद्घाटन भएको छ । बिहिबार उद्घाटन भएको शपले कम्पनीको आधिकारिक सेवा प्रदायकको रुपमा कार्य गर्नेछ । यस शपबाट ग्राहकले एनसेलका विविध सेवाहरु सुलभरुपमा प्राप्त गर्न सक्नेछन् । उक्त एनसेल शपबाट ग्राहकले एनसेलका प्रिपेड सिमकार्ड, पोस्टपेड सिम तथा सियुजी सिम, सिमको स्वामित्व परिवर्तन, सिमको प्रकारमा परिवर्तन, ब्यालेन्स ट्रान्सफर लगायतका एनसेलका विविध सेवाहरु प्राप्त गर्न सक्ने उक्त शपका संचालक दिपक न्यैपानेले बताए । यसबाहेक उक्त एनसेल शपबाट ग्राहकले कम्पनीका विविध योजना, सेवा तथा सुविधाका बारेमा जानकारी पनि लिन…
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमा साँचो बोल्ने नैतिक बल गुमिसकेको भन्दै प्रचण्डका कुराप्रति आफूले कुनै प्रतिक्रिया दिन नचाहने बताएका छन् । सत्य बोल्दा आफ्नै बदनाम हुने भएपछि प्रचण्डले भ्रम फैलाउन थालेको ओलीको आरोप छ । उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि विहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘साँचो बोल्ने हिम्मत नभएका मान्छेका बारेमा कुनै प्रतिक्रिया दिनु छैन ।’ ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनले त्यहाँस्थित बुमरङगार्ड अस्पतालमा उपचार गराउनेछन् । त्यसपछि उनी चेङमईका नेपालीहरुको कार्यक्रममा सहभागी हुनेछन् । उनले यसबीचमा इण्डोनेशियामा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् । अध्यक्ष ओलीलाई…
भक्तपुर । भक्तपुरको नगरकोट–५, चरेलीबाट जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन्। जन्ती लिएर कोटश्वर जाँदै गरेको बा ४ ख १९०५ नम्बरको बस नगरकोट–५, सुडालको राय टोलमा दुर्घटना हुँदा ४९ जना घाइते भएको डिएसपी शेखर खनालले जानकारी दिए। घाइते सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको मध्यपुर अस्पताल थिमि र भक्तपुर अस्पताल र अर्थोपेडिक अस्पताल भक्तपुरमा उपचार भइरहेको छ।
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ गस्तीमा हिँडेका सुरक्षाकर्मी र शिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको भास तालदेखि पूर्वमा पर्ने घट्टेकुला नजिक सुरक्षाकर्मी र शिकारीबीच बुधबार साँझ गोली हानाहान भएको हो । निकुञ्ज सुरक्षार्थ सेनाको टोली खटिदै आएको छ । बाँसगढी नगरपालिकादेखि उत्तरमा पर्ने चुरे पहाड हुँदै बबई उपत्यकातर्फ गस्तीमा हिँडेका सुरक्षाकर्मीको टोलीमाथी शिकारीले ३ राउण्ड गोली चलाएपछि जवाफमा सुरक्षाकर्मीको टोलीले गोली चलाएको हो । दोहोरो गोली हानाहान भएलगत्तै शिकारी भागेको सुरक्षाकर्मीले जनाएका छन् । घटनास्थलबाट ५० किलो चित्तलको सुकुटी, १ थान भरुवा बन्दुक, शिकारमा प्रयोग गरिने बन्दोवस्तीका सामाग्री बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी…
विर्तामोड । झापाको शनिअर्जुन ४ का ६२ बर्षिय श्यामकुमार प्रधानको दैनिकी बिशालु सर्प समाउँदैमा बित्ने गरेको छ । यिनी व्यवसायिक सपेरा होइनन् तर सजिलैसंग सर्प समाउँछन् । यिनै प्रधानको १७ बर्ष यताको दिनचर्या सर्प समाएर सुरक्षित स्थानमा छोड्दैमा बित्ने गरेको छ । प्रधानले झापामा पाईने गोमन, करेत, राजासाप लगायत बिशालु सर्प समाएर नजिकैको दहिझोडा सामुदायिक बनमा छोड्न थालेको १५ बर्ष बितेछ । यसबीचमा उनले लगभग एकसय भन्दा धेरै बिशालु सर्प जंगलमा छोडेको सुनाए । अहिले पनि तीनवटा गोमन र दुइवटा राजासाप घरमै राखेका छन् । ति मध्ये एउटा त भर्खरै अर्जुनधारा नजिकैको एउटा घरबाट ल्याएको उनले बताए । कतै सर्प…
काठमाडौं । मंगलबार दिउँसो बानेश्वरको थापागाउँ सडकमा आवतजावत गर्ने सवारी पास हुनै नसक्ने गरी दुवैतिर लस्करै सरकारी गाडी थिए । व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी किनाराका गाडी हटाउनभन्दा सडकमा ओहोरदोहोर गरेका सवारी मिलाउनमै व्यस्त । नेपाली सेनाका भए भूतपूर्व अधिकृतको स्मृतिसभामा भाग लिन पुगेका सेनाका उच्च अधिकृतहरुले प्रयोग गरेको गाडी सडकको दायाँबायाँ पार्किङ गरिदिँदा त्यहाँको ट्राफिक व्यवस्थापन निकै असहज बनेको हो । ‘यस्तो त दिनदिनै हुनेगर्छ, दायाँबायाँ पार्किङ नगर्नुस् भन्यो कसैले टेर्ने होइन,’ कार्यक्षेत्रमा खटिएका ट्राफिकले भने । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्रहरी थप्न निर्देशन दिएका छन् । प्रचण्डले बुधबार आइजिपी उपेन्द्रकान्त अर्याललाई यससम्बन्धी निर्देशन दिएका हुन् । ट्राफिक व्यवस्थापनमा जनशक्तिको अभाव भएकाले तत्काल जनशक्ति थपेर ट्राफिक प्रहरी बढाउन निर्देशन दिएका छन् । प्रहरीले भने जनशक्तिका साथै प्रविधिको पनि माग गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार उपत्यकामा मात्र ६ सय ट्राफिक प्रहरी अपुग छ । ‘सवारीको चापअनुसार उपत्यकामा एक हजार आठ सय ट्राफिक प्रहरी आवश्यक छ,’ उनले भने, ‘तर हामीसँग एक हजार २ सय मात्र कार्यरत छन् ।’ उपत्यका मात्र होइन देशभरि नै ट्राफिक…
काठमाडौं । भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद्ध ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो । आफ्नो भूमि मिचिएर अफ्ठेरोमा परेका सुस्ताबासी नेपाली मुद्दा चलाइएको थाहा पाएपछि त्रसित भएका छन् । हडपिएको नेपाली भूमिमा कब्जा जमाइराख्नका लागि भारतीय पक्षाले नेपालीहरूलाई डर त्रास देखाउन मुद्दा चलाएको आरोप सुस्तावासीले लगाएका छन् । सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको शव एक महिनाअघि भारतस्थित बगाहाको नौरगिया कटाहा खेतामा…
काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् । अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दै बुधबार उनका स्वकीय सहायक किरण पन्थीले मुख्य सचिव सोमलाल सुवेदीलाई भेटेर पत्रसमेत बुझाएका छन् । यादव प्रोस्टेट ट्युमर (पिसाबसम्बन्धी समस्या) का कारण बिरामी भएर साउन तेस्रो साता चण्डिगढ गएका थिए । पुष्पकमल दाहाल नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकले भारतमा भएको उनको स्वास्थ्योपचारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त रकम यादवले बुझिसकेका छैनन् । चण्डिगढमा चिकित्सकले उच्च चिकित्सा…
काठमाण्डौ । सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर मंगलबार बिर्तामोडबाट काठमाडौं आएका सुजन काफ्लेले प्रतिव्यक्ति १ हजार ४ सयका दरले तीनजनाको भाडा ४ हजार २ सय रुपैयाँ तिरे। आजको नागरिक दैनिकमा खबर छापिएको छ। साकिरा यातायात प्रालिद्वारा सञ्चालित ‘हायस’ मा बिहान साढे ६ बजे बिर्तामोडबाट हिँडेका काफ्लेले यातायात व्यवस्था विभागले निर्धारण गरेको दरभन्दा ४ सय ६२ रुपैयाँ बढी भाडा बुझाउनु पर्यो । बनेपा–सिन्धुली–बर्दिबास हुँदै काठमाडौंबाट पूर्व जाने सबै बस व्यवसायी संघ अन्तर्गत संचालित बसले यात्रुसँग सरकारी भडादरभन्दा दुई गुणा सम्म बढी भाडा असुल्दै आएका छन् । पूर्व क्षेत्र चल्ने यातायात संघहरुले…