Author: admin
काठमाडौं । जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको खबर आजको अन्नपूर्णमा दीपेन्द्र गुरूङले लेखेका छन्। यस विषयमा युवा तथा खेलकुद मन्त्रीले समेत विशेष चासो देखाउँलै छानबिन प्रक्रिया अघि बढाएका छन्। गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित सदस्यीय टोली जापान लिएर गएको थियो। जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए। उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य…
काठमाडौं । नारायणहिटी दरबारलाई बृहत् सङ्ग्रहालय बनाउन तीन वर्षअघि तयार गरिएको गुरुयोजनाको अत्तोपत्तो छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव नारायण रेग्मीको संयोजकत्वमा गठित कार्यदलले गुरुयोजना तयार गरी सोही मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई बुझाएको थियो । प्रतिवेदन २०७० सालमा बुझाइएको थियो। आजको गोरखापत्रमा खबर छापिएको छ। त्यस बेला बुझाइएको झन्डै तीन सय पृष्ठको प्रतिवेदन कहाँ छ भन्नेबारे सम्बन्धित निकायका कोही पदाधिकारीहरू पनि जानकार छैनन्। संस्कृति मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रतिवेदनबारे आफूलाई थाहा नभएको बताए। प्रतिवेदन मन्त्रालयको कुनै दराजमा थन्किएको हुनसक्ने दरबार सङ्ग्रहालयका कर्मचारीहरू बताउँछन्। प्रतिवेदनले दरबार सङ्ग्रहालय परिसरमा रहेका सम्पूर्ण भौतिक सम्पत्तिलाई बृहत् दरबार सङ्ग्रहालयका रूपमा परिणत…
काठमाडौं । साउन १९ गते प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे । सोही दिन उनले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराए । दाहालको दुई दिन बधाइ लिने तथा भेटघाट र छलफलमा बित्यो । त्यसपछि भने प्रधानमन्त्री प्रचणडले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राखेको खबर आजको राजधानी दैनिकमा छापिएको छ। उनले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् । प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई…
काठमाडौं । सरकारले तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनेबारे मधेसी मोर्चासँग सहमति गरे पनि अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने गृह मन्त्रालयले जनाएको छ। अदालतको नजिर तथा मुद्दा फिर्तासम्बन्धी कार्यविधिअनुसार मधेस आन्दोलनमा चलाइएका अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने प्रकृतिको भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयले मुद्दा फिर्ताको प्रक्रिया सुरु गरेको छ। सम्बन्धित निकायहरूसँग छलफल गरी मन्त्रालयले मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा रायका लागि पठाउने तयारी गरेको छ । मुद्दा फिर्ताबारे मन्त्रालयमा छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव यादव कोइरालाले बताए। तराइ–मधेस आन्दोलनका क्रममा तीन सय ६५ जनाविरुद्ध विभिन्न किसिमका मुद्दा चलेका…
काठमाडौं । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ। नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको खबर आजको कान्तिपुरमा छापिएको छ। सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ। त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ। न्योल (कुती) बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ। तर त्यसमा नेपाल सरकारले तदारूकता नअपनाएको उसको गुनासो छ।
चितवन । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा १९ यात्रुको मृत्यु भएको छ ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा १९ यात्रुको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ । बस विहान ५ बजेतिर दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेर नदीमा डुबेको छ । बसको अधिकांश भाग नदीमा डुबेको र विस्तृत विवरण प्राप्त नभएको मुग्लीन प्रहरीले जनाएको छ । दुर्घटना भएको क्षेत्रमा नेपाली सेना,…
काठमाडौं: कांग्रेसले सरकारमा सहभागि हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसबाट शुक्रबार सहभागि हुने मन्त्रीहरुमा देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्रीको सपथ खुवाउने छ । कांग्रेसमा मन्त्रालयको भागवण्डामा विवाद आएपनि प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर कांग्रेसले १५ मन्त्रालय पाउने सहमति भएको छ । मधेसी मोर्चा तत्काल सरकारमा नआउने भएकाले कांग्रेसलाई १५ मन्त्रालय दिन माओवादी तयार भएको हो । कुन मन्त्रीलाई कुन मन्त्रालय अर्जुननरसिंह केसी- सहरी विकास प्रकाशशरण महत-परराष्ट्र बालकृष्ण खाँड- रक्षा सूर्यमान गुरूङ-श्रम तथा रोजगार केशवकुमार बुढाथोकी- सामान्य प्रशासन रोमि चौचन थकाली- बाणिज्य सीतादेवि यादव- शान्ति तथा पुनर्थापना जीवनबहादुर…
काठमाडौँ, भदाै ९ । चर्चित गीत ‘वारी जमुना पारी जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए । गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए । गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए ।
काठमाडौं । पूर्व जनमुक्ति सेनाका घाइते तथा अपाङ्ग योद्धाहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपाङ्ग योद्धाका प्रतिनिधिहरुले आफ्ना समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । टोलीले युद्धका घाइतेहरुको अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचानसहितको परिचय पत्रको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । भेटमा प्रधानमन्त्रीले ‘घाइते योद्धाहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्ने’ आश्वासन दिए ।
काठमाडौं । सत्तासाझेदार कांग्रेस भित्रको विवादका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ । बुधबार गर्ने भनिएको मन्त्रिपरिषद् बिस्तार शुक्रबार गर्ने तयारी छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मन्त्रीको नाम दिने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारी बिदा परेकाले आज मन्त्रिपरिषद विस्तार नभई शुक्रबार मात्रै हुने प्रधानमन्त्रीको तयारी रहेको उनको सचिवालयको तयारी छ । कांग्रेसका सभापति देउवा उपचारका लागि शुक्रबार नै सिंगापुर जाँदैछन् । कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा आफ्नो पक्षलाई ५ मन्त्रीसहित सम्मानजनक सहभागिता दिनुपर्ने अडान राखेका छन् । मन्त्रिपरिषदमा कांग्रेसले १२ पाए चार भएपनि पुग्ने तर १३ मन्त्रालय पाउने अवस्थामा पाँच हुनुपर्ने पौडेलको अडान छ । सभापति देउवाले भने पौडेल समूहलाई…