काठमाडौं । सत्तासाझेदार कांग्रेस भित्रको विवादका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ । बुधबार गर्ने भनिएको मन्त्रिपरिषद् बिस्तार शुक्रबार गर्ने तयारी छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मन्त्रीको नाम दिने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारी बिदा परेकाले आज मन्त्रिपरिषद विस्तार नभई शुक्रबार मात्रै हुने प्रधानमन्त्रीको तयारी रहेको उनको सचिवालयको तयारी छ ।
कांग्रेसका सभापति देउवा उपचारका लागि शुक्रबार नै सिंगापुर जाँदैछन् । कांग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा आफ्नो पक्षलाई ५ मन्त्रीसहित सम्मानजनक सहभागिता दिनुपर्ने अडान राखेका छन् ।
मन्त्रिपरिषदमा कांग्रेसले १२ पाए चार भएपनि पुग्ने तर १३ मन्त्रालय पाउने अवस्थामा पाँच हुनुपर्ने पौडेलको अडान छ । सभापति देउवाले भने पौडेल समूहलाई ४ मन्त्रालयमात्रै दिन सकिने बताएका छन् । कांग्रेसले मन्त्रिपरिषदमा पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत, केशवकुमार बुढाथोकी, गगन थापालगायत छन् ।