काठमाडौं: कांग्रेसले सरकारमा सहभागि हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ।
कांग्रेसबाट शुक्रबार सहभागि हुने मन्त्रीहरुमा देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्रीको सपथ खुवाउने छ ।
कांग्रेसमा मन्त्रालयको भागवण्डामा विवाद आएपनि प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर कांग्रेसले १५ मन्त्रालय पाउने सहमति भएको छ । मधेसी मोर्चा तत्काल सरकारमा नआउने भएकाले कांग्रेसलाई १५ मन्त्रालय दिन माओवादी तयार भएको हो ।
कुन मन्त्रीलाई कुन मन्त्रालय
- अर्जुननरसिंह केसी- सहरी विकास
- प्रकाशशरण महत-परराष्ट्र
- बालकृष्ण खाँड- रक्षा
- सूर्यमान गुरूङ-श्रम तथा रोजगार
- केशवकुमार बुढाथोकी- सामान्य प्रशासन
- रोमि चौचन थकाली- बाणिज्य
- सीतादेवि यादव- शान्ति तथा पुनर्थापना
- जीवनबहादुर साही- पर्यटन
- दीपक गिरी-सिँचाइँ
- नविन्द्रराज जोशी- उद्योग
- शंकर भण्डारी- बन
- गगन थापा- स्वास्थ्य
- हृदयराम थानी- सहकारी तथा गरिवी निवारण
Facebook Comments Box