Author: admin
काठमाडौं, भदौ १९ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी वि. सं. २०७२ को पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिए । प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कारबाट सम्मान गर्दै आएको छ । पुरस्कार र सम्मानवापत दुवैलाई अभिनन्दनसहित सम्मानपत्र र जनही दुई–दुई लाख रुपैयाँ प्रदान गरिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा…
भद्रपुर, भदाै १९ । तीजकाे लहर चलिरहेकाे बेला, दर खाने लहर पनि उतिकै छ । तर युवा सशक्तिकरण समाज झापाले नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीज विशेष कार्यक्रम भिन्न तरीकाले मनाएकाे छ । उक्त संस्थाले भद्रपुर वडा नं.८ सगरमाथा चौक स्थित आफ्नो सेवा कार्यालयमा एक कार्यक्रम काे अायाेजना गरि तीज विशेष कार्यक्रममा खाइने मिष्ठान्न पकवान दर खुवाउँदा लाग्ने खर्च सो संस्थाबाटै निशूल्क शिक्षा सहायता कक्षा (फ्रि टियूशन)मा अध्ययनरत पृथ्वी निमावि भद्रपुरका कक्षा ८ मा पढ्ने १८ जना गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई कापी, कलम जस्ता अध्ययन सामाग्रीहरु वितरण गरी मनाएकाे छ । उक्त अध्ययन सामाग्रीहरु विद्यार्थीहरुलाई समाजका नि.अध्यक्ष विकास तामाङ्ग, सचिव साजन सुब्बा, सह–सचिव प्रकाश…
काठमाडौँ, भदौ १९ । पुनरावेदन अदालतबाट अवकाशप्राप्त तत्कालीन अतिरिक्त न्यायाधीशहरू उच्च अदालतको न्यायाधीश नियुक्तिका सम्भावित उम्मेदवार बन्न पाउने भएका छन् । संसद्को विधायन समितिमा विचाराधीन न्याय परिषद् काम, कर्तव्य र अधिकार विधेयक पारित गर्दै समितिले तत्कालीन अतिरिक्त न्यायाधीशलाई उच्च अदालतको नियुक्तिको रोस्टरमा सामेल गर्नुपर्ने व्यवस्था गरेको हो । समितिले पारित गरेको विधेयक सोमबारको व्यवस्थापिका संसद्मा पेस हुनेछ । संविधानले बचाउ नगरेपछि पुनरावेदन तहमा कार्यरत २६ अतिरिक्त न्यायाधीशले गत मङ्सिर २६ गते अनिवार्य अवकाश पाएका थिए । विधायन समिति सदस्य रेवतीरमण भण्डारीले अवकाशप्राप्त अतिरिक्त न्यायाधीशलाई रोस्टरमा सामेल गर्नुपर्ने गरी विधेयक पारित भएको जानकारी दिनुभयो । “अवकाशप्राप्त अतिरिक्त न्यायाधीशलाई पनि उच्च…
काठमाडौँ, भदौ १९ । सांसदहरूले यातना तथा निर्मम अमानवीय व्यवहारविरुद्ध व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकले प्रस्ताव गरेको सजाय बढाउन माग गर्दै संशोधन दर्ता गर्नुभएको छ । विधेयकले प्रस्ताव गरेको अधिकतम पाँच वर्षको सजायलाई सात वर्ष बढाउन माग गरिएको छ । विचाराधीन विधेयकको संशोधनका लागि तोकिएको शुक्रबारसम्मको समयसीमामा जम्मा १० संशोधन दर्ता भएका छन् । संशोधनमा सांसदहरूले सजाय र जरिवाना वृद्धिसँगै सुपुर्दगी हुने मुलुकका नागरिकले समेत कसुर गरी नेपालमा पक्राउ गरेर प्रस्तावित ऐन अनुसार नै कारबाही चलाउन माग गर्दै संशोधन परेको छ । प्रस्तावित विधेयकको दफा २० मा कसुरअनुसार अधिकतम पाँच वर्ष कैद र ५० हजार रुपियाँ प्रस्ताव गरिएको छ । सांसदहरूले…
काठमाडौं, भदौ १९ । सरकारी संरचनामा बनेका चारवटा स्वास्थ्य संस्था गैरसरकारी संस्थालाई ठेक्कामा सञ्चालन गर्न दिइएको छ । सरकारले दुईवटा स्वास्थ्य संस्था राष्ट्रिय तथा दुईवटा स्वास्थ्य संस्था अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई ठेक्कामा दिएको हो । ती स्वास्थ्य संस्था प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्ने सर्तमा ठेक्कामा दिएका छन् । सरकारले गैससलाई दिएका स्वास्थ्य संस्थामा बयलपाटा सामुदायिक अस्पताल, लमजुङ सामुदायिक अस्पताल, चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र र चौरजहारी अस्पताल रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र ९पिएचसी०को रूपमा स्थापना भएको अछामको बयलपाटालाई अमेरिकी संस्था न्याय हेल्थलाई १० वर्षअघि ठेक्कामा दिएको छ । ठेक्का दिँदाको वेला केन्द्र रहेको सो संस्स्थालाई अस्पतालमा स्तरउन्नति गरी…
काठमाडौं,भदाै १९ – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पारेका छन् । अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता नजनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएको छ । असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गर्ने भन्दै गोप्य भेला गरिरहेको छ । त्यसपछि गच्छदार आफू सरकारमा नगए पनि अरूलाई पठाउन लचिलो देखिएको उक्त पार्टीका एक नेताले बताए । भदौ ५ गदेदेखि एक साता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उनले सरकारमा नजाने निर्णय गराएका थिए । असन्तुष्ट पक्षले गच्छदारले उपप्रधानमन्त्रीसहित मन्त्रालयमा माग गरेको र अरूलाई सरकारमा जान…
विर्तामोड । नेपालमा उत्पादित अदुवा भारत निकासी बन्द भएपछि अदुवा किसान तथा व्यवसायी मारमा परेका छन् । गत भदौ १४ गते यता मेची भन्सार कार्यालय काँकरभिट्टा लगायत अन्य नाका हुँदै भारत निर्यात हुने अदुवाको निकासी ठप्प भएको हो । नेपाल हुँदै भारत निकासी हुने अदुवामा नेपाली उत्पादन लगायत चिनीयाँ अदुवा समेत हुने गरेको व्यवसायीहरु बताउँछन् । अदुवा व्यवसायी महासंघका महासचिव इन्द्र बुढाथोकीका अनुसार भारतमा ल्याब परीक्षणमा चिनियाँ अदुवामा अखाद्य बस्तु फेला परेको भन्दै भारतले नेपालबाट निकासी हुने अदुवा आयात बन्द गरेको हो । नेपालमा उत्पादन हुने काँचो अदुवाको मुख्य बजार पनि भारत नै भएको व्यवसायीहरु बताउँछन् । यो बेला पहाडको…
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको सीमांकनमा देखिएको समस्या समाधान गर्न दलहरु गम्भीर नभएको आरोप लगाएका छन् । शनिबार राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले स्थानीय तहको पुनरसर्ंंरचना, सीमांकन लगायतका विषयमा दलहरु गम्भीर नभएका बताए । तीन वटा निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक ऐनकानुन निर्माण गर्नुपर्ने बताए । नेता सिंहले पछिल्ला दिनमा दलहरुबीचको तिक्ता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले दलहरुबीचको बिमेलले जनतामा नैरास्यता आउँने भन्दै नेताहरुलाई गम्भिर बन्न आग्रह गरे ।
एजेन्सी । चीनले जलबायु परिर्वतन सम्बन्धी विश्वब्यापी सम्झौता अनुमोदन गरेको छ । विश्वभरमा सबैभन्दा बढी कार्बनडाइ अक्साई उत्सर्जन गर्ने मुलुक चीनले सन् २०१५ को डिसेम्बरमा फ्रान्सको पेरिसमा भएको सम्झौतालाई औपचारिक रुपमा बैधता दिएको हो । चीनको होङ्झाउमा भोलीदेखि सुरु हुने जी २० सम्मेलन अघि चीन र अमेरिकाले संयुक्त रुपमा सो सम्झौतामा आफुहरु सहमत भएको घोषणा गर्ने बताईएको छ । विश्वभर हुने हानिकारक कार्बन ग्याँस उत्सर्जन मध्ये चीनमा २४ र अमेरिकामा १२ प्रतिशत हुने गरेको छ । पेरिस सम्झौतामा कार्बन उत्सर्जन कम गरी तिब्ररुपमा बढेको ग्लोबल वार्मिङलाई सबै राष्ट्रले औषत २ डिग्री सेल्सियस भन्दा माथि जान नदिन अनिबार्य पहल गर्नुपर्ने उल्लेख…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको पर्व हरितालिका तीजले सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, हर्षोल्लास, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेकी छन् । “बहुजाति, बहुभाषा, बहुसांस्कृतिक आदिले विविधतायुक्त हाम्रो मुलुकमा यी र यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका तथा एकापसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर समेत प्रदान गरेका छन्”– सन्देशमा भनिएको छ, “विविध चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, वेशभूषा र गीतसङ्गीतलाई समृद्ध तुल्याएका छन् । यस्ता चाडपर्व मनाइरहँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ ।”