काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको सीमांकनमा देखिएको समस्या समाधान गर्न दलहरु गम्भीर नभएको आरोप लगाएका छन् ।
शनिबार राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले स्थानीय तहको पुनरसर्ंंरचना, सीमांकन लगायतका विषयमा दलहरु गम्भीर नभएका बताए ।
तीन वटा निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक ऐनकानुन निर्माण गर्नुपर्ने बताए । नेता सिंहले पछिल्ला दिनमा दलहरुबीचको तिक्ता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले दलहरुबीचको बिमेलले जनतामा नैरास्यता आउँने भन्दै नेताहरुलाई गम्भिर बन्न आग्रह गरे ।
Facebook Comments Box