Author: admin

​ २३ भदौ, काठमाडौं । प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् । तीन दलले स्थानीय तह पुनर्संरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समितिमार्फ प्रतिवेदन पठाउन आ–आफ्ना जिल्ला कमिटीलाई निर्देशन दिने सहमतिसमेत गरेका छन् । ‘तीन दिनभित्र सहमति खोजेर प्रतिवेदन पठाउन सहयोग गर्न सबैले जिल्ला कमिटीलाई निर्देशन दिइनेछ,’ एमाले स्थायी समिति सदस्य तथा स्थानीय निकाय विभागका प्रमुख किरण गुरुङले भने, ‘फागुन–चैतभित्र निर्वाचन गर्ने प्रतिबद्धतासहित अघि बढ्ने सहमति भएको छ ।’ एमालेले स्थानीय तहको चुनाव गर्ने सर्तमा सरकारको तयारीलाई…

Read More

फाेटाे पत्रकार बुद्ध तामाङले  सिङ्गापुर बसाईँका बेला अाफ्नाे क्यामेरामा कैद गरेका ५५ तले मेरिना बे र त्यसका अास पासका केहि सुन्दर तस्वीरहरू ।

Read More

भद्रपुर, भदाै २२ । जन-अान्दाेलन २०६२-६३ पछि भद्रपुरकाे गहना रहेकाे महेन्द्र पार्क उचित सृङ्गार र संरक्षणकाे अभावमा कुरुप बन्दै गएकाे थियाे । भद्रपुर नगरपालिकाकाे सक्रियतामा बुधवार नगरपालिकाका कार्यकारी अधिकृत संताेष घिमिरे, राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीय नगरवासीकाे सहयाेगमा उक्त पार्कलाई रंगाउने काम सम्पन्न भएकाे छ। हेर्दै नराम्राे देखिन थालेकाे महेन्द्र पार्क अब भने जाे काेहि लाई छिर्न बाध्य बनाउने भएकाे छ । नगरपालिकाकाे अग्रसरतामा भएकाे याे कामकाे सबै नगरबासीले प्रशंसा समेत गरेका छन् ।

Read More

झापा । बिगत केही समय देखि झापामा मोटरसाइकल चोरी गर्ने गिरोहमा स‌ंलग्न दुई भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलीले पक्राउ गरि चोरीका मोटरसाइकल सहित उक्त गिरोहलाई  सार्वजनिक गरेको छ । चोरीका मोटरसाइलक सहित पक्राउ परेको गिरोहलाई इलाका प्रहरी कार्यालय  बिर्तामोडले  बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हाे । पछिल्लो समय झापामा मोटरसाईकल चोरी बढेको भन्दै सवारीधनीले प्रहरीमा उजुरी दिन थालेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय  बिर्तामोडको  विशेष टोलीले  विशेष सुकारीको आधारमा उक्त गिराेहलाई झापाका विभिन्न स्थानबाट पक्राउ गरेकोे हो । पक्राउ पर्नेमा झापा चन्द्रगढी–८ हाल भद्रपुर १५ का अशोक राजवंशी, बिर्तामोड–२ का सइदुल…

Read More

विर्तामोड । झापाको धुलाबारीमा गाडी पत्तीले हिर्काएर एकजना व्यक्तिको हत्या गरिएको छ । गएराति ११.३० बजेतिर साविक चन्द्रगढी १ का नेत्र गिरीले नाम थर नखुलेका अन्दाजी ५० बर्षका एक पुरुषको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । मारिने व्यक्तिले रक्सी पिएको अनुसन्धानबाट खुलेको डिएसपी शर्माले बताए । राति धुलाबारीको निन्दा पुल नजिक पूर्व पश्चिम राजमार्ग उत्तरपट्टिको एउटा निर्माणाधीन घरको दोस्रो तलामा लगेर गिरीले ति व्यक्तिको हत्या गरेको उनले जानकारी दिए । हत्या गरेका भनिएका व्यक्तिले रक्सी पिएका हत्या गरिएका व्यक्तिलाई लगेर सुताएको तर गिरीलाई ति व्यक्तिले गाली गरेका कारण आवेशमा आएर उनको हत्या गरेको…

Read More

​ २२ भदौ, काठमाडौं । एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गरेका थिए । आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्विट डिलिट त गरे, तर माफी मागेका छैनन् । उनले माफी माग्नुपर्छ भन्दै उनकै फेसबुक र ट्विटर एकाउन्टमा धेरैले माग गरेका छन् । आफूले गरेको ट्विटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले दोस्रो ट्विट गरेका अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । तर, मधेसीलाई कालो भनेर अपहेलना गरेकोमा धेरैले उनलाई सामाजिक सञ्जालमा सोधेका छन्, ‘नेताज्यू, अझै पनि गल्ती स्वीकार्नुहुन्न ?’ पहिलो ट्विट डिलिट गरेर…

Read More

​ २२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनका लागि उदार तानाशाह बन्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना निर्देशक समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा दाहालले १९ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण संघीयता कार्यान्वयनमा कठोर बन्न निर्देशन दिएका आजकोअन्नपूर्णमा समाचार छ । संविधान कार्यान्वयन नभए मुलुक राजनीतिक र संवैधानिक संकटमा पुग्ने खतरा रहेको औंल्याउँदै प्रधानमन्त्री दाहालले मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर यस्तो निर्देशन दिएका हुन् । मधेस केन्द्रीत दलका नेताहरुले प्रदेश सीमाकंनमा असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सात प्रदेशलाई नेपाली विशेषताको संघीय…

Read More

​२२ भदौ, काठमडौं । उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ । मूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुन मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो । उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले काफ्लेलाइृ हटाउन प्रस्ताव उठाएको आजको अन्नपूर्णमा समाचार छ । काफ्ले उर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्यांकन समितिलेे काफ्लेलाई अनुतिर्ण गरेको थियो । त्यसपछि उनले स्वतन्त्र मूल्यांकनको लागि भन्ज्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।

Read More

​ २२ भदौ, काठमाडौं । अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च अनेतृत्वलाइए अवगत गराएको स्रोतले उल्लेख गरेको छ । चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तथयारी नगरिएको र चीनसँग नजिकिदैँ गरेको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिवद्धता नदेखिएको उसले बुझाइसमेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ भित्र नेपाल आउने सम्भावना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारीइ आएको छ’ एक उच्च सरकारी अधिकारीले भनेको आजको अन्नपूर्णले उल्लेख गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी…

Read More

​२२ भदौ, काठमाडों । सुर्खेतको भेरीगंगा नगरपालिकाअन्तर्गत मैनतडाका अधिकांश बासिन्दा नागरिकताविहीन छन् । नागरिकताको प्रमाणपत्र नहुँदा उनीहरु सरकारी तथा गैरसरकारी निकायले दिने सेवाबाट समेत वञ्चित हुनु परेको छ । नगरपालिकाका बारेमा जानकारी नहुनु र सदरमुकामसम्म पुग्ने गाडीभाडा नहुँदा आफूहरुले नागरिकता बनाउन नसकेको स्थानीयको भनाइ रहेको अाजको अन्नपूर्णमा समाचार छ । सरदमुका वीरेन्द्रनगरबाट पूर्वमा रहेको मैनतडा भेरीगँगा नगरपालिकाको वडा नम्बर ३ मा पर्छ । गाउँमा उत्पादन नहुँदा यहाँका अधिकांश परिवार मजदूरीका लागि घरमा ताला लगाएर मात्र भारत जाने गर्छन । दसैको बेलामा मात्र गाउँलेहरु भारतबाट घर र्फकने र त्यतिबेला प्रशासन बन्द हुने भएकाले उनीहरुले नागरिकता बनाउन नपाएका हुन् । यस्तै प्रायः पुरुषहरु…

Read More