Author: admin

भदाै १५ । महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मी फाइल पल्टाउन व्यस्त थिए। एक युवती नमस्कार गर्दै कोठामा छिरिन्। उनले इसारामा सोफामा बस्न भने र आफ्नै काममा व्यस्त हुन थाले। बस्न असहज मानेको युवतीको भावभंगीमा देखेपछि रेग्मीले फाइल थन्क्याए र सोधे- भन्नुहोस् के काम थियो? ‘५ वर्षअघि दिल्लीमा बेचिएकी थिएँ, मलाई बेच्नेविरूद्ध उजुरी दिन आएकी।’ रेग्मीले विवरण टिप्न सहयोगीलाई बोलाए। युवतीले सुनाउन थालिन्, ‘५ वर्षअघि राजकुमार भुजू भन्ने व्यक्तिले मलाई सुनौलीमा कपडा किन्न जाऊँ भनेपछि उनीसँगै हिडेँ। दिउसो ३ बजे कलंकीमा गएर भैरहवा जाने बस चढ्यौ। भैरहवा हुँदै सुनौली पुगेर होटलमा बस्यौ। उनले चिसो खाउँ भने। चिसो पिएको…

Read More

​एजेन्सी – अमेरिकी हास्य अभिनेता जिनी वाइल्डर को ८३ बर्षको उमेरमा मृत्यु भएको छ । उनको भतिजका अनुसार अल्जाईमारको बिरामीको कारण उनको मृत्यु भएको हो । वाइल्डरलाई मानिसहरु उनको ” विलि ओंन्का एंड द चकलेट फ्याक्ट्री” मा गरेको अभिनयको कारण याद गर्छन् । उनले फिल्म ‘द प्रोड्यूसर्स’, ‘ब्लेजिंग सैडल’ र “‘योंग फ्रैंकिस्टीन’ मा पनि काम गरेका थिए । उनि दुई पटक ओस्कारको नोमिनेसनमा परेका थिए । वाइल्डरको मृत्युपछि अमेरिकाका मानिसहरु दुखि भएका छन् । उनलाई श्रदान्जली दिदै सामाजिक संजालमा लेखेका छन् कि वाइल्डर हाम्रो समयका धेरै राम्रा अभिनेता हुनुका साथै उनले हरेक फिल्ममा चमत्कार देखाएका थिए ।

Read More

विर्तामाेड, भदाै १४ । अन्तर्राष्ट्रिय बेपत्ता दिवसकाे अवसरमा मंगलबार विर्तामाेडमा रक्तदान तथा मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल रेडक्रस साेसाइटी झापा शाखा र रेडक्रस साेसाइटी विर्तामाेड उपशाखाकाे संयुक्त अायाेजनामा भएकाे रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । त्यस्तै रक्तदान पश्चात जिल्लाका विभिन्न संघ संस्था र झापाबासीकाे उपस्थितीमा विर्तामाेडकाे मुक्तिचाैकमा मैनबत्ती प्रज्वलन कार्यक्रम गरिएकाे थियाे । प्रमुख जिल्ला अधिकारी मदन भूजेलले दिप प्रज्वलन कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

Read More

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् । मंगलबार स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम कारबाहीबारे ‘ब्रिफिङ’ सुरु गुरेका थापाले सोमबार अनुगमन, चिकित्सक र योजना महाशाखाका प्रमुखसँगको ब्रिफिङ सुनेपछि सोही निर्देशन दिएका थिए ।

Read More

काठमाडौँ । पुनःनिर्माणमा ढिलाइ भइरहेको जनगुनासो आइरहेकाबेला सरकारले अनुदान सम्झौता प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण निर्णय गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा करारमा खटाएका इन्जिनियरलाई नै अनुदान सम्झौता र गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन गर्न पुनःनिर्माण प्राधिकरणलाई सहमति दिने निर्णय भएको सहरी विकास मन्त्रालयले जनाएको छ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको मन्त्रिस्तरीय निर्णयपछि भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ताबापतको रकम उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । यसअघि पुनःनिर्माण प्राधिकरणले अधिकांश ठाउँमा गाविस सचिव नभएका कारण सम्झौता हुन नसकेकाले करारमा खटाएका इन्जिनियरलाई नै सम्झौताको अधिकार प्रत्यायोजन गर्न सहमति माग गरेको थियो । सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित…

Read More

चितवन । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले वन क्षेत्रको उपयोगबिहिन जग्गालाई राष्ट्रिय स्वार्थमा प्रयोग गर्न सकिने बताएका छन् । होटल व्यवसायी महासङ्घ नेपालको दोस्रो महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले वन मन्त्रालय अन्तर्गत रहेका जग्गा राष्ट्रिय गौरवका योजना र व्यावसायिक प्रतिष्ठानलाई प्रयोग गर्न दिन सकिने बताएक हुन् । मन्त्री भण्डारीले यसका लागि आफूले मन्त्रालयमा छलफल गरी मन्त्री परिषद्को बैठकबाट पहल गर्ने बताउँदै कानुनी प्रावधानअनुसार ७ प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि होटल सञ्चालन गर्न कहाँँ कति जग्गा उपलब्ध गराउन सकिन्छ सोअनुसार मन्त्रालयले काम अघि बढाउने बताए ।

Read More

काठमाडौँ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ । उक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको र भदौ १६ देखि तीन महिनासम्म यो योजना लागू हुनेछ । उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिन SPECIAL225MB लेखेर…

Read More

काठमाण्डौँ ।  प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ । वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो । सम्बन्धित क्षेत्रका विज्ञ र सङ्घसंस्थाको सुझावका आधारमा मस्यौदालाई पूर्णता दिइ कार्यान्वयनमा ल्याइने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए । काउन्सिलले छापा माध्यमसँगै रेडियो, टेलिभिजन र अनलाइनसहितका विद्युतीय सञ्चारमाध्यमलाई समेत वर्गीकरण गर्न छलफल अघि बढाएको छ । पत्रपत्रिकाको वर्गीकरण काउन्सिलले गरिरहेको हुँदा अर्को निकाय खडा गर्नेभन्दा पनि अनुभवको आधारमा विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण गर्ने अधिकार पनि काउन्सिललाई नै दिनुपर्ने अध्यक्ष कार्कीको भनाइ छ ।

Read More

झापा । चन्द्रगढीको विरेन्द्र उच्च माविमा नेपाल तामाङ विद्यार्थी घेदुङको संगठन विस्तार गरिएको छ । अञ्जली स्याङ्बोको अध्यक्षतामा १३ सदस्यीय इकाई समिति विस्तार गरिएको हो । समितिको उपाध्यक्षमा आरती मोक्तान, सचिवमा दानियल तामाङ, सह–सचिवमा रुपा स्याङबो, कोषाध्यक्षमा अनिता पाख्रिन रहेका छन् । सदस्यहरुमा निशा तामाङ, आकृति तामाङ, संजीव मोक्तान, अविषेक मोक्तान, अन्जु तामाङ, मिना तामाङ, सकुन तामाङ र बन्दना तामाङ रहेका छन् । कार्यक्रममा नेपाल तामाङ विद्यार्थी घेदुङ झापाका सचिव रोशन मोक्तान, सह सचिव चन्दा मोक्तानको आतिथ्यता रहेको थियो भने जिल्ला सचिवालय सदस्यद्वय विशाल थिङ र मनिष पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

Read More

काठमाण्डौ । स्थानीय निकायको पुर्नसंरचनाका विषयमा प्रमुख तीन दलबीच विवाद देखिएको छ । स्थानीय निकायको पुर्नसंरचनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा बोलाएको छलफलमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद देखिएको हो । बैठकमा सहभागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकाय पुर्नसंरचना आयोगले बुझाएको प्रस्ताव अव्यवहारिक भएको भन्दै व्यवहारिकताका आधारमा स्थानीय निकायको पुर्नसंरचना हुुुनुपर्ने प्रतिक्रिया दिए । बैठकमा सहभागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भिम रावलले स्थानीय निकाय पुर्नसंरचना आयोगले अघिल्लो सरकारले दिएको मापदण्ड अनुसार काम गरिरहेकाले आयोगलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने तर्क गरे । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जनताले…

Read More