Author: admin

भियतनाम । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपमा परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० हुनुका साथै अन्य २२३ व्यक्ति घाइते भएका देशको कृषि र ग्रामिण विकाश विभागले बिहीबार जानकारी दिएको छ । जारी यस प्रकोपबाट १६ सय घर ध्वस्त भएको छ । त्यसगरी ८१ हजार ८०० घरहरु क्षतिग्रस्त भएका छन् । दुई लाख ३०० हेक्टर जमिनको धान वाली नष्ट भएको बताइएको छ भने, ४९ हजार ७०० हेक्टर जमिनको अन्य वालीनाली नष्ट भएको छ ।

Read More

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । फाइल तस्वीर

Read More

विराटनगर ।  सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा  विहीबार  आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरे । प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग नजाेड्न समेत उनले  अाग्रह गरे । उनले भने – “संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।” उनले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसदमा प्रवेश नभएकाले आशङ्का हुनु स्वाभाविक  रहेकाे बताए । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक…

Read More

काठमाडौं ।  “पहिला दिन कर्मचारीहरुबाट ब्रिफिङ सुन्दा निकै डर लाग्यो, ५ दिन काम गरेपछि भने निकै उत्साहित भएको छु” स्वास्थ्यमन्त्री गगन थापाले भने । सुरुमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबाट मन्त्रालयसँग सम्बन्धित कामबारे जानकारी लिँदा यस्तो जटिल विषय भएको मन्त्रालय सम्हाल्न पुगेछु जस्तो लागेको थापाले बताए । “अरु छनौट हुँदा पनि मैले केही काम गर्न नै स्वास्थ्य रोजेको थिएँ, शुरुमा डर लागेपनि अहिले भने केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ।” उनले भने । अनियमितता गर्नेलाई नछाडिने स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा सुशासनको प्रत्याभूति गराउन कुनै कसर नराखिने बताए । आफूले अनियमितता नगर्ने र कसैले गरेको भेटेमा त्यसलाई…

Read More

दमक । उमेरको हद नाघेको एक महिनापछि बिधान बिपरित बढुवा गरिएको भन्दै झापाको दमक बहुमुखी क्याम्पसका प्राध्यापकहरुले बिहीबारदेखि रिले अनसन शुरु गरेका छन् । बढुवाका लागि क्याम्पसका नौजना प्राध्यापक मध्ये मोहन भण्डारीलाई उमेर हद नाघिसकेपछि मात्र बढुवा गरेको र अन्य आठ जनाको रिजल्ट समेत नआएका भन्दै उनीहरुले रिले अनसन शुरु गरेका हुन् । अनसन बस्ने प्राध्यापकहरु एमाले, माओवादी र कांग्रेस निकट रहेका छन् । क्याम्पस सञ्चालक समितिको मनपरीका कारण प्राध्यापकहरुले अनसन बस्न बाध्य भएको बताएका छन् । बढुवा भएका भण्डारीको उमेर हद नाघेको भन्दै क्याम्पसले अवकासपछि बिधाई गरेको छ । त्रिभुवन बिश्व बिद्यालयको बिधान बिपरित सञ्चालक समितिले काम गर्ने गरेको…

Read More

नेपालगन्ज । नेपालगन्जको धम्बोजी चोकमा पूर्व स्वर्गीय राजा बीरेन्द्रको शालिक राख्न खोजेपछि झडप भएको छ । हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ । बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । लाठीचार्जपछि तनावपूर्ण बनेको नेपालगञ्जको अवस्था अहिले भने सामान्य भएको छ । २०६२÷ ०६३ को जन आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको शालिक राष्ट्रवादी युवाहरूको समूहले बिहीबार पुनः नेपालगन्जको धम्बोझी चोकमा राखेपछि तनाब भएको हो । नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार अहिले प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा राखेको छ।

Read More

काठमाडौं । गैरसरकारी संस्थाको आवरणमा अपारदर्शी आर्थिक कारोबार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानकै क्रममा व्युरोले ३ करोड १७ लाख ४६ हजार रुपैयाँ अपचलन गर्ने बुद्धिष्ट जनअधिकार मञ्च नेपालका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको हो । ०७० सालमा दर्ता भएको उक्त संस्थाले भूकम्प प्रभावितका नाममा संकलित रकम राहतथ वितरणको किर्ते भर्पाइ बनाएर हिनामिना गरेको पनि खेलेको छ । राहत विरतरणको किर्ते कागजात बनाउन कतिपय जिल्ला प्रशासन र गाविसका कर्मचारीमाथि पनि व्युरोले अनुसन्धान थालेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं – बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर भएपछि अवकाश लिएका शोभनदेव पन्त अहिले अधिकांश समय अध्ययन मेडिटेसन र टेनिस कोर्टमा बिताउँछन् । बैंकिंङ क्षेत्रमा लामो समय काम गरेर अनुभव बटुलेका उनलाई समस्याग्रस्त लुम्बिनी बैंकको बित्तिय स्वास्थ्य सुदुढ बनाउने श्रेय जान्छ । ‘अवकासपछिको जीवन रमाइलो गरी विताइरहेको छु,’ उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकको नियमलाई सघाउन र मर्जर प्रक्रिया सफल पार्न मर्जरपछि मैले राजीनामा दिएँ । कुनै पनि बैंकमा दुईवटा सीईओ हुँदैन, मैले खुसीले बैंक छोडेँ ।’ पूर्वबैंकर अनलराज भट्टराईले व्यवसायिक तथा सार्वजनिक हितका लागि बैंक मर्जरपछि जागिर छाडिदिए । कमर्स एण्ड ट्रस्ट ग्लोबल आईएमीसँग मर्जपछि सीईओ पद छाडेकोमा उनलाई…

Read More

काठमाडौं – सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा योभन्दा बढी रकम पेन्सन आइरहेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदेशमा सरकारी सेवा गरेर निवृत्त भएका नेपालीले ४६ अर्ब ५१ करोड रुपैयाँ रकम पेन्सनवापत नेपाल भित्र्याएको छ । यो रकम भारतीय र बेलायती सेवामा काम गरेर अवकाश पाएका…

Read More

​ पुरातत्व विभाग भन्छ ‘सकेसम्म नभत्काऔं’ भदाै १६ । भूकम्पले क्षतिग्रस्त राणाकालीन दर्जनौं दरबार पुरानै अवस्थामा टिकाइराख्न मुस्किल पर्ने भएको छ। पुरातत्व विभागले ती दरबारहरू सकेसम्म जोगाउन वा पुरानै मौलिक स्वरूपमा पुनर्निर्माण गर्न भनेको छ। तर क्षतिग्रस्त सबै दरबार त्यसरी बनाउन सम्भव नभएको सहरी विकास मन्त्रालयका प्राविधकहरू बताउँछन्। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित दर्जनौं प्रमुख सरकारी कार्यालय अहिलेसम्म पनि तिनै राणाकालीन भवनमा छन्। यो खबर आजको कान्तिपुरमा राजेश मिश्रले लेखेका छन्। सहरी विकास मन्त्रालय र सिंहदरबार पुनर्निर्माण सचिवालयले भत्काएर पुनर्निर्माण गर्नुपर्ने भनिरहेका भवनलाई पुरातत्व विभागले हदैसम्मको विकल्प प्रयोग गरेर अहिलेकैलाई जोगाउन अर्थात् पुरानै मौलिक स्वरूपमा पुनर्निर्माण गर्न दवाब दिइरहेको…

Read More