Author: admin

काठमाडौं – माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मधेसी, थारूलगायतले उठाउँदै आएका सीमांकनलगायतका मुद्दामा लचिलो बनेर संविधान संशोधनको सहमति जुटाउने पक्षमा छन् । कतिसम्म लचिलो बन्न सकिन्छ भन्नेबारे उनले पार्टी नेताहरूसँग छलफल गरिरहेका छन् । मंगलबार बिहान बस्ने केन्द्रीय कार्यालय बैठकमा यसबारे थप छलफल हुँदै छ । सीमांकनबारे दलहरूबीच विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला कता रहने भन्ने विषयमा ‘संघीय आयोग’ बनाएर आयोगले दिएको प्रतिवेदनका आधारमा टुंग्याउनेबारे माओवादीमा छलफल चलेको छ । ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा समेट्ने गरी संशोधन गर्न सकिने धारणा पनि माओवादीको रहेको स्रोतको भनाइ रहेको छ । संविधानअनुसार ६५ सदस्यीय राष्ट्रिय सभा…

Read More

काठमाडौं –सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिएको पत्र हो यो । नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का लागि अहिलेसम्म मेडिकल कलेजहरूको सिट निर्धारण गर्न सकेको छैन । काठमाडौं विश्वविद्यालयले पनि नेपाली विद्यार्थीसँग भर्ना आवेदन लिने र प्रवेश परीक्षाको मिति तोक्ने काम सुरु गरेको छैन । मेडिकल कलेजले भने विदेशी विद्यार्थीलाई धमाधम खातामा रकम बुझाउन ताकेता गर्दै पत्र काटिरहेका छन् । काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल चन्दा कार्कीले भने प्रवेश परीक्षाअघि विद्यार्थीलाई डिपोजिट गर्न पत्र नकाटिएको दाबी गरिन् । ‘भर्ना हुन चाहेका विदेशी विद्यार्थीहरूलाई हामीले फर्म…

Read More

काठमाडौं – नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवसीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पिआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पिआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिले प्रक्रिया अगाडि बढाइएको जनाइएको स्रोतले उल्लख गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं –पाँच वटा जलविद्युत कम्पनी र एउटा लघुवित्त संस्थाले प्रारम्भिक सेयर निष्कासन गर्दै छन् । आईपीओ निष्कासन अनुमतिका लागि ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउँछ । ती कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ६० करोड ३० लाख रुपैयाँ बराबरको ६० लाख ३० हजार कित्ता सेयर निष्कासन गर्न लागेका हुन् । सामान्यतया अनुमति पाएको मितिले २ महनिाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, आँखुखोला जलविद्युत कम्पनी, अरुण काबेली पावर र छ्याङदी हाइड्रो पावर कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजि गरिएका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भेटेका छन् । गतवर्ष टीकापुरमा दुई वर्षे बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तब्य ज्यान’ मुद्दाका मुख्यष अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज होटलमा भेटेका हुन् । भारत र नेपालका लब्ध प्रतिष्ठित व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रममा दाहालले मञ्चमै भेटेका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौं –संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा एउटा टोली सोमबार राती त्यसतर्फ प्रस्थान गरको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमण रद्द गरेपनि मुख्यसचिवको नेतृत्वमा टोली जानुलाई कुटनीतिक सुत्रहरुले आश्चर्यजनक रुपमा लिएका पाइएको छ । नेपाली टोलीको नेतृत्वका गर्नका लागि यसअघि नै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत न्यूयोर्क पुगिसकेका छन् । महासंघमा भाग लिन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा एउटा जम्बो टोली जाने तयारी भए पनि उनले अन्तिम समयमा आएर भ्रमण रद्द गरेपछि अमेरिका जाने टोलीको कटौती भएपनि केही भने प्रस्थान गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

काठमाडौं – अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीचालकले पर्यटकलाई ठग्ने गुनासो बढेपछि आइतबार राति पर्यटनमन्त्री जीवनबहादुर शाहीले छड्के गरेका छन् । पर्यटकको भेषमा विमानस्थलदेखि ठमेलसम्म ट्याक्सी चढेका उनलाई पनि चालकले  ठग्न खोज्यो ।  दौरा सुरुवाल लगाएर झन्डावाल गाडीमा राति विमानस्थल पुगेका मन्त्री शाही सीधै भिआइपी कक्षको भित्री कोठमा पसे । र, कालो पाइन्ट, सेतो टिसर्ट, ह्याट र कालो चस्मामा सजिएर  पर्यटकको भेषमा बाहिर निस्किए । मन्त्री शाही इत्तेहाद एयर ल्यान्ड गरेको समयमा एयरपोर्ट पुगेका थिए । इमिग्रेसनमा पासपोर्ट माग्दा गोजीमा हात हालेजस्तो गरेर फुत्किएको उनले बताए । ‘एयरपोर्टमा ट्याक्सीले पर्यटकलाई दुःख दिने, तान्ने, भनेको होटलमा नपु-याउने भएपछि वास्तविकता थाहा पाउँन आफैँ पर्यटक बनेर…

Read More

काठमाडौं – नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको छ । तस्करीकै कारण नेपाली बजारमा डलरको अभाव चर्किएको व्यवसायीहरू बताउँछन् । चिनियाँ पर्यटक र नेपाली व्यवसायीहरूले नेपाली बजारबाट नगद डलर संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेको स्रोतले बतायो । ‘चिनियाँ पर्यटकहरू कार्ड बोकेर आउँछन्,’ ठमेलमा मनी चेन्जर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले भने, ‘यहाँबाट महँगो दरमा नगद डलर किनेर लैजान्छन् ।’ नेपाली व्यवसायीले पनि चीनबाट हुने अनौपचारिक आयात तथा सुन तस्करीको रकम भुक्तानीका लागि डलर तस्करी गरिरहेको उनीहरू बताउँछन् । चीनमा त्यहाँको केन्द्रीय बैंकले नगद डलरको प्रवाहमा कडाइ गरिरहेकाले त्यहाँको अनौपचारिक बजारमा डलर निकै महँगो पर्ने गरेको व्यवसायीहरूको दाबी छ…

Read More

काठमाडौं – एक जना विद्यार्थीका लागि वार्षीक सरदर १८ हजार रुपैयाँ खर्च हुने गरेको छ । सरकार, गैरसरकारी संस्था, दातृ निकाय र अभिभावकले पूर्वप्राथमिकदेखि विश्वविद्यालय शिक्षासम्म गर्दै आएको लगानीका आधारमा १८ हजार रुपैयाँ खर्च लाग्ने गरेको तथ्य सार्वजनिक भएको छ । शिक्षा मन्त्रालय र राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (युनेस्को)ले शिक्षाको लगानी बारेमा संयुक्त रूपमा गरेको अध्ययनले प्राविधिक तथा उच्च शिक्षा निकै खर्चिलो भएको देखाएको छ । सन् २००९ देखि २०१४ सम्मको शैक्षिक लगानीका आधारमा अध्ययन गरिएको छ र समग्र शैक्षिक लगानीका बारेमा पहिलोपटक अध्ययन गरिएको दाबी मन्त्रालयले गरेको छ । मन्त्रालयका उपसचिव “युवराज रेग्मीले विगतमा राज्यको लगानीका आधारमा शैक्षिक…

Read More

काठमाडौं – राजधानी काठमाडौंसहित सहर बजारमा दसैँको चटारोले छुँदै छ । दसैँलाई लक्षित गर्दै लत्ताकपडादेखि सवारीसाधनसम्म किन्नेको घुइँचो बढ्दो छ । तर, यही देशमा यस्तो पनि ठाउँ छ, जहाँ दसैँमा समेत चामलको भात खान नपाइने भयो भन्ने चिन्ता बढ्दो छ ।  दसैँ नजिक आइसक्दा पनि ढुवानीमा देखिएको असामञ्जस्यका कारण कर्णालीको हुम्लामा चामल पुग्न सकेको छ । हुम्लाको सम्भावित भोकमरीलाई लक्षित गरी सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने निर्णय गरेको थियो । गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले गरेको १० हजार क्विन्टल चामल वितरण गर्ने निर्णय अझै कार्यान्वयन भएको छैन । सरकारको निर्णयपछि अहिलेसम्म १ सय १७ क्विन्टल चामल मात्र हुम्ला…

Read More