Author: admin

काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेको खबर आजको कान्तिपुरमा छापिएको छ। यो अमेरिकी दूतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि नि:शुल्क उपहारमा दिएको गाडी हो। त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए। प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन्। महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिलो प्रधानमन्त्री भने होइनन् । उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरि चढेका थिए। ओलीले आफू प्रधानमन्त्री हुनासाथ…

Read More

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाको सोमबार बसेको बैडकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको आजको  अन्नपूर्णमा समाचार छ । बैठकमा तमलोपाका अधयष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरेप लगएका थिए । बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए ।

Read More

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ दिएको छ । अदालतको आदेश अनुसार मन्त्रालयले सोमबार दोस्रोपटक जवाफ पठाउँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नहरेको र राय माग्न लोकसेवा आयोगमा पठाएको जानकारी गराएको हो । यसअघि तथ्यांक विवरण राख्ने कार्य व्यवस्थित नभएकाले फेला पार्न नसकेको र फेला पर्नासाथ बुझाउने जवाफ दिएको थियो । सामान्यको जवाफ आएको र केही फाइल लोकसेवासँग रहेको पत्रमा उल्लेख भएको सर्वोच्चका प्रवक्ता नकुल सुवेदीले बताए । भूकम्पमा हराएको भनिएको विवादस्पद फाइल दोस्रो आदेशपछि प्रधानमन्त्री कार्यालयले शिलवन्दी रुपमा अदालतमा पेश गरेको दुईदिन पछि सामान्यको दोस्रो जवाफ…

Read More

काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.४ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका २ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५.३  प्रतिशत रकम ऋण तिन लागि प्रयोग हुने गरेको देखिएको आजको कारोबार दैनिकमा समाचार छ । राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक राजगारीमा जने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नका लागि हुने गरेको देखिएको बताउँछन् । राष्ट्र बैंकले पहाड र तराइका ७/७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको…

Read More

काठमाडौं । गत वर्ष भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानबिन प्रतिवेदनमा किटानी छ- ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने वचन, निर्देशन दिने प्रतिवादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानबिन समितिको ठहरका साथ यो प्रतिवेदन पेश गरेका छौ ।’ उपप्रधानमन्त्री विमलेन्द्र निधि भने यसरी दोषी किटान गरेका अभियुक्तहरूको मुद्दा फिर्ता लिने भन्दै हिँडिरहेका छन् । प्रतिवेदनमा रेशम चौधरीलगायतले साम्प्रदायिक दंगा भड्काउने खालको अभिव्यक्ति दिइ सर्वसाधारणलाई उक्साइ हिंसात्मक उत्तेजना फैलाउने काम गरेका कारण कैलालीको जनजीवन नाजुक बन्दै गइ थरूहट कार्यकर्ता हिंसात्मक बनेको निष्कर्ष निकालेको छ ।…

Read More

 काठमाडौं । ५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । चार वर्षअघि निर्माण सुरू भएको माथिल्लो मस्र्याङ्दी ए आयोजना निर्माण सम्पन्न भई सोमबारदेख उत्पादन सुरु गरेको हो । नेपालमा विद्युत प्राधिकरणले २०६५ सालमा निर्माण सम्पन्न गरेको ७० मेगावाटको मध्यमस्र्याङदीपछि सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना रहेको आजको कारोबार दैनिकमा समाचार छ । उर्जामन्त्री जनार्दन शर्माले काठमाडौंस्थित हायात रिजेन्सीमा आयोजित विशेष कार्यक्रममा जलजुङमा विद्युत उत्पादनको लागि अनुरोध गरेर उत्पादन शुभारम्भ भएको घोषणा गरेका थिए । उर्जा सचिव अनुप उपाध्याय, नेपालका लागि जनवादी गणतन्त्र चिनियाँ राजदुतावासका प्रतिनिधि चेङ जीलगायतको उपस्थितीमा आयोजना शुभारम्भ भएको घोषणा गरिएको थियो ।…

Read More

 काठमाडौं ।  दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो । परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो । थप आश्चर्य ! सोमबार बिहान साढे ९ बजे घिमिरेकै नम्बरबाट चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरको मोबाइलमा फोन आयो । फोन आएपछि पूर्वगृहमन्त्रीलाई जीवितै उद्धार गर्न सकिने आशा बढ्यो । तर, उठाउन खोज्दा फोन काटियो । घिमिरेले नै फोन गरेको हुनसक्ने आशा प्रहरीको थियो । लगत्तै प्रहरी टोली खोला क्षेत्रमा गएर सर्च सुरु गरेको समाचार अाजको नयाँ पत्रिकादैनिकमा छ । दुर्घटना भएको स्थानमा सर्च गर्दा मोबाइल दुर्घटना भएको घोप्टेभीरको नदीनजिकै च्यापिएको अवस्थामा भेटियो । थिचिएर…

Read More

 काठमाडौं । ‘आज बोहनी नै भएन’, सोह्र श्राद्धमा पितृलाई पिण्डसहित तार्न पशुपति आउने यजमान आफूकहाँ नआएपछि आसन कसेर बसेका ब्राहृमणबीच प्रचलित संवादको यस वाक्यले ब्राहृमणहरू पितृको उद्धार गर्न आसन जमाएका हुन् वा कमाउन बसेका हुन् ? भन्ने संशय यजमानलाई भएको छ । कसैको बोहनी राम्रै हुन्छ, कसैको हुँदैन, पशुपति भुवनेश्वरी डबलीमा रहने कर्मकाण्डी ब्राहृमण अच्युतप्रसाद पौडेलले भने । यसो त बोहनी भए पनि नभए पनि आसनमा बसेका यजमानलाई सुरुमा पाँच रुपियाँदेखि दुनामा दश बीस पचास हुँदै एकसय र पाँच सय हजारसम्मको द्रव्य पटक पटक राख्न लगाएर हैरान गर्ने ब्राहृमणको लर्को पशुपति क्षेत्रमा रहेको समाचार आजकोगोरखापत्र दैनिकमा समाचार छ । मावलीपट्टकिा…

Read More

एजेन्सी ।  अमेरिकी गल्फ खेलाडी आर्नोल्ड पाल्मरको निधन भएको छ । विश्व खेलकुदको इतिहासमा महान खेलाडीका रुपमा लिइने पाल्मरको ८७ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाको पेन्लिसभेनियामा रहेको एक अस्पतालमा उपचारको क्रममा निधन भएको अमेरिकी गल्फ एसोसिएसनले निधनको पुष्टि गरेको छ । आफ्नो लामो खेल जीवनको क्रममा पाल्मरले विश्वव्यापी रुपमा ९० भन्दा धेरै प्रतियोगिता जितेका छन् । पाल्मरले आफ्नो खेल कौशलबाट गल्फलाई नयाँ उचाइमा र्पुयाएका थिए । विश्वभर उनका लागि मरिहत्ते गर्ने उनका फ्यान छन् । पाल्मरको जन्म सन् १९२९ मा पेन्सिलभेनियामा भएको थियो । पाल्मर सन् १९५० को दशक र १९६० को दशकको सुरुमा विश्वमा आफ्नो राज गर्न…

Read More

जाजरकोट । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा संबोधन गर्दै उनले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने बताए । सञ्चारमन्त्री कार्कीले संविधान संशोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता औँल्याए । उनले एउटा पार्टीले गरेका क्रियाकलापको अर्को पार्टीले आलोचना र खण्डन गरेर उपलब्धि नहुने भन्दै संविधान संशोधनका लागि प्रतिपक्षसँग सरकारलाई सघाउन आग्रह गरे । उनले पत्रकारले आफ्नो पार्टी निकट रहेर नभई सत्यतथ्य कुरालाई लेख्नुपर्ने भन्दै कुनै पनि सङ्गठनमा गैरपत्रकारलाई सदस्यता दिनु नहुने धारणा राखे । उनले श्रमजीवि ऐन सरकारी मिडियामा…

Read More