Author: admin
फिदिम । रेड पाण्डाका गतिविधिबारे जानकारी लिनका लागि पाँचथर जिल्लाका विभिन्न गाविसमा रहेको वन अभिभावकहरुलाई मोवाईल प्रदान गरिएको छ । मोवार्इल एपबाट गतिविधि अध्ययनका लागि जिल्लाका ६ गाविसमा एनड्रोइड मोवाईल प्रदान गरिएको हो । १२ जना अभिभावकलाई तालिम पश्चात ६ वटा मोवाइल दिइएको हो । पाइलोटिङको क्रममा मोवाईल लिइएको बताइएको छ । रेडपाण्डाको गतिविधि मोवाइलमा रेकर्ड गरी इन्टनेट कनेक्सन गरिने छ । रेडपाण्डा नेटवर्क र दीप ज्योती युवा क्लवले मोवाइल प्रदान गरेका हुन् । जिल्लाका ६ गाविसमा सामुदायिक रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भएको दीप ज्योती युवका क्लवका निर्देशक सुनिल वान्तवाले जानकारी दिए । अभिभावकहरुलाई तालिम सहजिकरण रेडपाण्डा नेर्टवकका पेमा…
शनिअर्जुन । शनिअर्जुन ९ सालबारीमा प्रथम जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । नयाँ बिहानी युथ क्लव शनिअर्जुन ९ सालबारीको आयोजनामा सुरु प्रतियोगितको उद्घाटन खेलमा आयोजक नयाँ बिहानी युथ क्लव बीलाई ३–२ ले पराजित गर्दै फ्रेन्डसिप यूथ क्लव गोदक इलामले विजयी सुरुवात गरेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धर्म शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा साँस्कृतकि कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । क्लवका अध्यक्ष अर्जुन लम्जेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सुसिल कोइरालाले गरेका थिए । महारानीगञ्ज माविको खेल मैदानमा सञ्चालित प्रतियोगिता अन्तर्गत आज आयोजक टिम ए र मनास्लु युथ क्लव कालिस्थान बीच खेल हुने छ…
दूधे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. दूधे शाखाले स्थानीय जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सहकारीमा सदस्य भएर दुई वर्ष पुरा भएका ७० वर्षभन्दा माथिका १३ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आफ्ना बृद्ध सदस्यहरुको मनोबल उच्च राख्न र सम्मान स्वरुप सम्मान गरिएको नेपाल बहुद्देश्यी सहकारी संस्था दूधे शाखाका संयोजक दुर्गाप्रसाद भट्टराईले बताए । उनीहरुलाई खादा तथा अविर लगाएर सम्मान गरिएको थियो भने उनीहरुलाई खानाको राम्रो व्यवस्था मिलाइएको थियो । सम्मान कार्यक्रम सञ्चालक समिति सदस्य भगवती घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला समिति झापाका उपाध्यक्ष तारासम यङ्या ज्येष्ठ नागरिक दिवाकर लामिछानेलगायतले बोलेका थिए…
काठमाण्डाैं । एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा चिनियाँ जहाज बल्ल नियमित उडानमा फर्कने भएको छ। निगमसँग रहेको १७ सिट क्षमतायुक्त ‘वाइ १२ ई’ सिरिजको एक मात्र जहाजका लागि चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनी लिमिटेडबाट प्रशिक्षक पाइलट पेनिटा आएपछि बुधबारबाट नियमित उडान भर्न लागेको हो। ‘लामो प्रयासपछि वाइ १२-ई जहाजले बुधबारबाट नियमित उडान गर्नेछ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार भने,‘चीनबाट एक जना प्रशिक्षक पाइलट आएपछि जहाज उड्न तयार भएको हो। हामीसँग वाई १२ ईका १० जनाको पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन्, त्यही भएर जहाज…
काठमाण्डाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको खबर आजको नागरिकमा छापिएको छ। सर्वोच्च अदालतको आदेश अनुसार सामान्य प्रशासन मन्त्रालयले सोमबार दोस्रो पटक जवाफ दिँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नरहेको र राय माग्न लोकसेवा आयोगमा पठाएकोले आयोगमै रहेको जनाएको थियो। सामान्यले २०६५ असार २७ गते राय माग्दै पठाएको पत्रमा तत्कालिन कामु प्रमुख कयोदेवि यमी नेतृत्वको लोकसेवा आयोग बैठकले २०६६ जेठ १० गते नै निर्णय गरी सामान्यलाई रायससहित फाइल फर्काइदिएको रहस्य खुलेको हो। आयोग स्रोतका अनुसार विभागीय कारबाहीका लागि राय दिनुअघिनै २०६५ भदौमा मुख्य अधिकृत…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट फर्केपछि संसद्लाई जानकारी नदिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले आलोचना गरेका छन् । संसद्मा मंगलबार विशेष समय लिएर बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे धेरै प्रश्न उठाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । १. संसद्लाई जानकारी गराउनुपर्दैन ? प्रधानमन्त्रीले आफू भारत भ्रमणबाट फर्केपछि संसद्लाई जानकारी दिनु नपर्ने होर ? बाहिर–बाहिर त सम्बन्ध सुध्रिएको भन्दै हिँड्नुभएको छ, के सप्रिएको हो ? संसद्लाई जानकारी दिनुपर्दैन ?’ २. सम्बन्धमा सप्रिएको के हो ? नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको थियो ? अहिले के सप्रियो ? प्रधानमन्त्री हट्नु वा नयाँ प्रधानमन्त्री बन्नु सप्रनु…
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीको सिन्धुविकास बैंकबाट पहिलो किस्ताको ५० हजार रुपैयाँ निकालेपछि ज्यामिरेका दुई लाभग्राही घर निर्माणका लागि पाएको अनुदान जुवाको खालमा स्वाहा पारेर फर्किए । कृषि विकास बेंक चौताराबाट पहिलो किस्तावापत ५० हजार हात पारेपछि बतासेबाट अाएका दुई वृद्धा भन्दै थिए, ‘रक्सी पनि खाइयो यहाँ बस्दा र आउँदा ८ हजार खर्च भइसकेको छ , अब दसैं पनि मनाउनुपर्छ बाँकी बसेको पैसाले घर निर्माण सुरु गर्नुपर्ला । खाडीचौरमा रहेको सिन्धुविकास बैंकमा लाभग्राहीको सूचीमा श्रीमतीको नाम थियो । पैसा निकाल्न श्रीमान् श्रीमती दुवै बैंक आएका थिए । जब श्रीमतीले बैंकबाट पैसा निकालिन् तव उनीहरुबीच विवाद सुरु भयो । श्रीमान् भन्दै…
काठमाण्डाैं । वैशाखमा बा १ ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए। त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस पठाए। एउटै ट्याक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्यो । बा २ ज १८२६ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो ट्याक्सीका चालकलाई पनि तीनपटक कारवाही गर्यो । वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने ट्याक्सी चालकमाथि प्रहरीले कारवाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ ट्याक्सी चालक कारवाहीमा…
काठमाडौं । शिक्षा क्षेत्रका लागि सरकारले लिँदै आएको वैदेशिक सहयोग पछिल्लो वर्षहरुमा घट्दै गएको छ । भौतिक निर्माणबाहेक शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि सरकारले लिँदै आएको वैदेशिक अनुदान र ऋण सहयोग बढ्दै गइरेहेको तथ्यांकले देखाएको हो । सरकारले शिक्षासँग सम्बन्धित सीप, तालिम र प्राविधिक क्षेत्रका अधिकांश कार्यक्रमका लागि उल्लेख्य मात्रामा वैदेशिक सहायता लिने गरेको आजको कारोबार दैनिकमा समाचार छ । सरकारले दाताबाट लिँदै आएको अधिकांश सहयोग अनुदानको रुपमा लिने गरेको छ भने केही मात्रै न्यून व्याजदरमा ऋण लिँदै आएको छ । सरकारले दातृ निकायको सहयोगमा सञ्चालन गरिने शैक्षिक कार्यक्रम थप गरे पनि वैदेशिक सहयोग भने बढाउन सकेको छैन ।
काठमाडौं । नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् । उनीहरूले फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन् । नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो आवमा सेवा बिक्रीबापत एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । सेवाप्रदायकको सेवा बिक्रीबापतको आम्दानी नै उपभोक्ताको खर्च हो । सेवाप्रदायकको आम्दानीका आधारमा नेपालीले फोन तथा इन्टरनेट सेवा उपभोगमा करिब एक खर्ब रुपैयाँ खर्चिने देखिएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए । प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७१-७२ मा सेवा सञ्चालनरत ४१ कम्पनीले कुल ९९ अर्ब दुई करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।…