Author: admin
दमक । गौरादह नगरपालिका-२ मा १२ विघा १० कठ्ठा क्षेत्रफलमा फैलिएका सानाठूला ६ वटा पोखरी छन् । यी पोखरीको संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्र निर्माण गर्न एक वर्षअघि गुरुयोजना सहित परियोजना निर्माणका लागि ३ करोड रुपैयाँको प्रस्ताव तयार पारिएको छ । उक्त प्रस्ताव राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश गरेको र पच्चीस लाख रुपैयाँ बजेट स्वीकृत भएको पोखरी व्यवस्थापन समितिका अध्यक्ष यादव सेढाईले बताए । परियोजनामा ती पोखरीहरुमा पानीको स्थायी व्यवस्था गर्ने, पार्क निर्माण गर्ने, पोखरी ठूला बनाइने र स्विमिङ पुल बनाउने, इलेक्ट्रोनिक र काठका डुंगा सञ्चालन गरेर पर्यटक आकर्षित गर्ने उल्लेख छ । त्यस्तै जलेश्वर…
चितवन । स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीको सबै माग पूरा गर्ने बताएका छन् । नेपाल प्रेस युनियनले बिहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले तोकिएको समयमा माग पूरा हुन नसकेपनि चरणबद्धरुपमा माग पूरा गर्नका लागि सरकारले प्रक्रिया अगाडि बढाई सकेको जानकारी दिए । चिकित्सा शिक्षा ऐन संशोधनका लागि दर्ता भइसकेको, ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिइने, मनमोहन स्मृति प्रतिष्ठानलाई मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय अगाडि बढेको, सातै प्रदेशमा एक–एकवटा मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन आउने गरी काम भएको जानकारी दिँदै मन्त्री थापाले संसदको प्रक्रियाका कारण काममा ढिलाइ भएपनि डा. केशीका…
गोरखा । गोरखाको मनास्लु ट्रेकिङमा गएका पर्यटकको टोलीलाई पहिरोले पुरेको छ । उइया र केरउँजा गाविसकोबीचमा गएको पहिरोमा उनीहरु पुरिएको बताइएपनि घटनाको पूर्ण विवरण आउन बाँकी छ । खोर्लाबेसीमा बास बसेर गएको १५ जनाको टोली पहिरोमा परेको जानकारी आएपनि घटनाको पूर्ण विवरण आउनबाँकी रहेको नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष टीका गुरुङले जानकारी दिए । पहिरो गएको खबर आए पनि प्रहरीको टोली घटनास्थलमा पुग्न सकेको छैन । केही बेरमा नेपाल प्रहरीको टोली घटनास्थलतर्फ जाने गोरखाका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले बताए ।
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुहरुको शिविर व्यवस्थापन भत्ता भरपोषण खर्चको अनुसन्धान प्रक्रिया नरोकिएको दावी गरेका छन् । आयोगको प्रवक्ता गणेशराज कार्कीले बजारमा चलेको हल्लाले कुनै अर्थ नराख्ने प्रतिक्रिया दिए । वाहिर कसले के वोल्छ के अर्थले वोलिन्छ त्यसप्रति हामीले के प्रतिक्रिया दिनु उचित हुन्छ र ? कार्कीले भने, ‘पत्रकार सम्मेलन नै गरेर आयोगले अनुसनधान अघि वढाएको भनि सकेपछि आयोग त्यतिकै पछि हट्ने कुरा हुदैन् ।’ माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिहं कार्कीसंग कुरा मिलिसकेको बताउँदै यो प्रकरण रोकिने बताएका थिए । अख्तियारले चार वर्ष अघि नै लडाकु भत्ता अनियमितता प्रकरणका विषयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय…
काठमाण्डाैं । मुलुकको उड्डयन क्षेत्रमा सम्भवतः एक मात्र यस्ता व्यक्ति छन् जसले निरन्तर ५२ वर्षदेखि जहाजलाई चुस्त–दुरुस्त राख्दै यात्रुलाई सुरक्षित उडान भर्न सघाइरहेका छन् । उमेरले ७७ वर्षमा कुदाए पनि उनको उमेर ठ्याक्कै त्यति नै हो भन्ने विश्वास कसैले पनि गर्दैन् । यो खरब हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। किनकि उनका जोश र जाँगर लक्का जवानको भन्दा कम छैन् । त्यसैले उमेर उनका लागि संख्या मात्र हो । र, भन्छन्, ‘म अझै युवा नै छु ।’ निजी क्षेत्रको वायुसेवा कम्क्पनी बुद्व एयरका बेस मेन्टिनेन्स म्यानेजर शारदाभक्त राजभण्डारी भन्छन्, ‘मैले लगभग ६ दशक उड्डयन क्षेत्रमा बिताइसकें तर त्यसलाई फर्केर हेर्दा…
काठमाडौं । मुलुकमा राजनीतिक अस्थिरता बढेका बेला मूल्यबृद्धि उच्च दरमा देखिएको छ । दोस्रो संविधानसभा निर्वाचनपछि मूल्य वृद्धिमा उच्च चाप परेको छ । नेपालमा राजनीतिक अस्थिरता अझ बढी देखिएको समयमा त्यसको प्रत्यक्ष असर मूल्य वृद्धिमा परेको छ । सन् २०१३ पछि तीव्र असर देखिन थालेको हो । २०१३ अघिसम्म नेपालमा भन्दा भारतमा उच्च मूल्यवृद्धिदर थियो । आव ०७२/७३मा वार्षिक औसत उपभोक्त मुद्रास्फ्रीति नेपालमा ९.९ प्रतिशत रहेकोमा त्यही अवधिमा भारतमा भने ५.३ प्रतिशत थियो गत वर्ष दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फ्रिति अन्तर ४.६ प्रतिशत रहेको छ । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ। तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको छ । २९ सदस्यीय नेपाली टोली रियो ओलम्पिकमा सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँचै खेलका पाँच प्रशिक्षक, दुई खेलकुद पत्रकार र बाँकी १२ जना एनओसीकै पदाधिकारी थिए । एनओसीको बुधबार बसेको बैठकमा कोषाध्यक्ष रतनकुमार टण्डनले रियो ओलम्पिकको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २९ जनाका लागि ९८ लाख ६४…
काठमाडौं । व्यवस्थापिका संसदले पारित गरेको संकल्प प्रस्ताव र सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको कार्यान्वयन हुँदै नभएको पाइएको छ । सरकारले पछिल्लो समयमा मात्रै संसदबाट पारित भएको एक दर्जन निर्देशन अवज्ञा गरेको हो । दोस्रो संविधानसभाको निर्वाचनपछि व्यवस्थापिका संसदमा दुई संकल्प प्रस्ताव पारित भएका थिए भने करिब एक दर्जन जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । त्यसबारे के प्रगति भएको छ भन्ने विषयमा न त संसदलाई जानकारी छ, न सरकारले नै यसबारे जानकारी दिन सक्छ । संकल्प प्रस्ताव पारित भएपछि सरकारले त्यसलाई सिधै कार्यान्वयनमा लैजानु पर्ने र के कति प्रगति भयो ? त्यसको जानकारी…
काठमाडौं । डेढ वर्ष अघिदेखि सुरु गर्ने सम्झौता भएको शिक्षाको झन्डै साढे ६ अर्बको ‘उच्च शिक्षा सुधार परियोजना’ धरापमा परेको छ । उच्च शिक्षा परियोजना सञ्चालन भएको झन्डै डेढ वर्षसम्म प्रगति नभएपछि बैंकले सम्झौता निलम्बन गरी विकल्प खोज्नेसम्मको चेतावनी दिएको छ । उच्च शिक्षाको सुधारका लागि विश्व बैंकबाट ६० मिलियन अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कमाताले शिक्षा र अर्थ मन्त्रालयलाई पत्र लेखी यस्तो चेतावनी दिएका हुन् । पत्रमा उच्च शिक्षा कार्यक्रम असफलतातर्फ गएको उल्लेख छ । उच्च शिक्षा सुधार परियोजना सञ्चालन गर्ने विश्वविद्यालय अनुदान आयोगमा सदस्य–सचिवलगायतका अधिकांश बोर्ड सदस्य रिक्त…
काठमाडौं । चुरे क्षेत्रमा वनजंगल फडानी गरी काठ तस्करी गर्न तस्करहरुले विद्यार्थीलाई प्रयोग गर्न थालेका छन् । धनुषाको चुरे क्षेत्रमा पर्ने तुलसी गाविसमा तस्करहरुले विद्यालयमा अध्यनरत बालबालिकालाई पैसाको प्रलोभनमा पारेर काठ ढुवानी गर्न प्रयोग गर्न थालेपछि बालबालिका पढाइ छाडेर तस्करीमा लागेको पाइएको आजको अन्नपूर्णमा समाचार छ । काठमो एउटा फेन्टा ढुवानी गरेबापत तस्करहरुले बालबालिकालाई १ हजारदेखि १२ सय रुपैयाँसम्म दिने गरेको स्थानीयले बताएका छन् । कक्षा ११ मा अध्ययनरत स्थानीय रियान लामाले कक्षा छाडेर काठ काट्न गएको बताए । उनले काम गरेपछि हातको हात पैसा पाइने भएकाले साथीहरुसँग आफू्र पनि गएको बताए ।