काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुहरुको शिविर व्यवस्थापन भत्ता भरपोषण खर्चको अनुसन्धान प्रक्रिया नरोकिएको दावी गरेका छन् । आयोगको प्रवक्ता गणेशराज कार्कीले बजारमा चलेको हल्लाले कुनै अर्थ नराख्ने प्रतिक्रिया दिए ।
वाहिर कसले के वोल्छ के अर्थले वोलिन्छ त्यसप्रति हामीले के प्रतिक्रिया दिनु उचित हुन्छ र ? कार्कीले भने, ‘पत्रकार सम्मेलन नै गरेर आयोगले अनुसनधान अघि वढाएको भनि सकेपछि आयोग त्यतिकै पछि हट्ने कुरा हुदैन् ।’ माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिहं कार्कीसंग कुरा मिलिसकेको बताउँदै यो प्रकरण रोकिने बताएका थिए ।
अख्तियारले चार वर्ष अघि नै लडाकु भत्ता अनियमितता प्रकरणका विषयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय वाट फाइल लागिसकेको थियो । त्यसमध्ये केही कागजात नभेटिएको र तिनका लागि सम्वन्धित निकायमा आयोगले फेरि ताकेता गरिरहेको कार्कीले वताए ।
मागपछि प्राप्त हुने कागजातका आधारमा संलग्नहरुमाथि बयान पनि शुरु हुने आयोगले जनाएको छ । ‘आयोगले जे भेटिन्छ त्यसैको आधारमा निर्णय गर्छ,’ कार्कीले भने, ‘वजारमा आउने हल्लाले अनुसन्धान प्रभावित हुँदैन ।’