Author: admin
झापा । शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको बताए । शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए । रिजालको बुधबार बिहान कनकाई नगरपालिकाको चप्रमारीमा सडक किनारमा शव फेला परेको थियो । रिजालको निधार र खुट्टामा नीलो डाम देखेपछि प्रहरीले…
एजेन्सी । भारतीय क्रिकेट टिमले अहिले न्यूजिल्याण्ड विरुद्ध ५ सयौँ टेस्ट क्रिकेट खेलिरहेको छ। सन् १९३२ मा बेलायतको उपनिवेश छदैँ भारतले टेस्ट क्रिकेट सुरु गरेको थियो। अहिले क्रिकेट भारतको सबैभन्दा लोकप्रिय खेल हो। त्यसैले भारतले ५ सय खेलको कोशेढुंगा पार गरेको अवसरमा धेरै क्रिकेटरहलाई सम्मान गर्यो। कानपूरमा न्यूजिल्याण्ड विरुद्ध खेल सुरु हुनअघि सुनिल गावास्करदेखी महेन्द्रसिंह धोनीसम्मले सम्मान थापे। तर, केही भारतीय सञ्चारमाध्यमको ध्यान अहिले अर्का एक खेलाडीमा केन्द्रित छ। भारतको नम्बर एक दैनिक अखबार जागरणले लेखेको छ,’ विश्कपमा देशको प्रतिनिधित्व गर्ने सपना सबै क्रिकेटरको हुन्छ। भालाजी दामोर पनि भारतको जर्सीमा विश्वकप खेल्न चाहन्थे।’ विश्वकपमा सेमिफाइलन पुगेपछि तत्कालिन राष्ट्रपति के आर…
काठमाडौं । दसैँका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि बसको अग्रिम टिकट बुकिङ आजबाट खुला गरिएको छ । दशैलाई लक्षित गरी हरेक वर्ष उपत्यकाबाट एकसाथ यात्रुहरु अत्याधिक मात्रामा बाहिरिने हुनाले बसको अग्रिम टिकट बुकिङ खुला गर्नुपरेको हो । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा आजबाट टिकट बुकिङ सुरु गरिएको छ । टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सवारीसाधनमा यात्रु नठगिउन भन्ने उद्देश्यले ती स्थानहरुमा यात्रु सहायत कक्ष स्थापना गर्न लागिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगामा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा,…
लमजुङ । भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । सम्भवतः नेपालकै पहिलो सुरुङ मार्ग भनिएको सो सुरुङमार्ग अधिकांश आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । सो सुरुङमार्ग हेर्न तथा अवलोकन गर्नका लागि जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक पर्यटक आउने गरेका छन् । जम्मा ३४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै मज्जा आउने पर्यटक बताउँछन् । सुरुङ मार्ग हेर्न प्रायः शनिबार र बिदाको दिन आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । बिदाको दिन विद्यार्थी, कर्मचारी र अन्य सर्वसाधारणको विशेष भीड हुने गर्दछ । भुलभुलेमा निर्माण गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले उक्त सुरुङ मार्ग बनाएको थियो । उत्तरी लमजुङका…
काठमाडौं । इन्टरनेट कम्पनी याहुले ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो । यति धेरै युजर एकाउण्ट ह्याक भएको इतिहासमा नै पहिलो हो । याहुले इमेल ह्याक गर्नु वा हुनु सामान्य कुरा हुनु चिन्ताको विषय भएको बताएको छ । याहुले पेमेन्ट कार्ड वा बैंकको एकाउण्टबाट ह्याक भएको नभई व्यक्तिको नाम, इमेल ठेगाना, फोन नम्बर र जन्मदिनको तारिख तथा पासवर्ड ह्याक भएको हुन सक्ने जनाएको छ । याहुले सन् २०१४ देखि आफ्नो एकाउण्टको पासवर्ड परिवर्तन नगरेको भए तत्काल बदल्न पनि प्रयोगकर्तालाई आग्रह गरेको छ ।
काठमाडौं । विश्वभरका खोज पत्रकारको उपस्थितिमा दोश्रो एसियाली खोज पत्रकारिता सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा खोज पत्रकारिताकानयाँ आयाम, खोज पत्रकारका रमाइला र दुःखका अनुभव, नयाँ टेक्नोलोजीसँगै आएका चुनौती, भ्रष्टाचार, मानव बेचबिखन जस्ता बिषयमा ५१ देशका ३ सय भन्दा धेरै पत्रकार छलफलमा सहभागी भएका छन् । शुक्रबार होटल याक एण्ड यतिमा कार्यक्रमको उद्घाटन भएको छ । उद्घाटनपछि पत्रकारिताकै शिलशिलामा ज्यान गुमाउने विश्वभरका पत्रकारलाई श्रद्धाञ्जली दिइएको छ । सम्मेलनको पहिलो खण्डमा शुक्रबार बिहान पनामा पेपर्सको समूहसँग अन्तर्क्रिया चलिरहेको छ ।
काठमाडौं, ७ असोज । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालले दिने सेवासहित समग्र अवस्थाबारे जानकारी लिन स्वयंसेवक युवालाई बिरामीको भेषमा परिचालन गरेका छन् ।ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् । अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले स्वयंसेवक युवालाई बिरामीको भेषमा ‘गुप्त दूत’ बनाएर परिचालन गरेका हुन् । भरतपुर अस्पतालको सी ब्लक भवन शिलान्यास गर्न बिहीबार भरतपुर आएका मन्त्री थापाले भने,‘ मैले बिभिन्न तरिकाबाट अस्पतालका बारेमा जानकारी लिइरहेको छु । परीक्षण गरेको छु ।’ मन्त्री भएपछि उनी स्वयं पनि विभिन्न अस्पताल पुगेर…
दमक । झापाको दमकमा तीन दिन अघि देखि जारी संघीय लिम्बुवान पार्टी नेपालको महाधिवेशनको बन्दशत्र लम्बिएको छ । नेत्वका लागि जना शिर्ष नेताहरुले महत्वकाक्ष देखाए पछि हिजो सम्पन्न हुने महाधिवेशन आज सम्मकालागि लम्बिएको हो । पार्टीको आगामी नेतृत्वका लागि खगेन्द्र माखिम, कमल छाराहाङ्ग र सञ्जुहाङ्ग पालुङ्वाले इच्छा देखाए पछि बन्दशत्र लम्बिएको पार्टीको महाधिवेशन आयोजक समिति सदस्य देउकुमार नेम्वाङ्गले जानकारी दिए । पार्टीको पहिलो एकताको महाधिवेशन भएकाले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिहरुले दबाब दिए पछि वार्तामा जुटेका नेताहरुले अझै मलाउन सकेका छैनन् । आज विहानबाट पूनः नेताहरु छलफलमा जुटेका छन् । २०७१ साल असोज १९ गते भेडेटारमा एकताबाट कुमार लिङ्देनलाई अध्यक्षको…
विर्तामोड । प्रत्येक वर्ष आयकर विवरण बुझाएर स्थायी लेखा नम्बर नविकरण गर्ने साना करदाता व्यवसायीको सुविधाको लागि बिर्तामोड उद्योग वाणिज्य संघले यस वर्ष पनि असोज ९ र १० गते क्याम्प सञ्चालन गर्ने भएको छ । आयकर, अन्तशुल्क तथा घरबहालमा लाग्ने कर बुझउन व्यवसायीलाई सजिलो बनाउन संघले क्याम्प खडा गर्न लागेको महासचिव सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार ती दुई दिन बिहान १० बजेदेखि ४ बजेसम्म संघको कार्यालय परिसरमा क्याम्प बस्नेछ । क्याम्पमा नयाँ व्यवसायीले स्थायी लेखा नम्बर लिन सक्ने व्यवस्था मिलाइएको संघले जनाएको छ । क्याम्पको पहिलो दिन ९ गते १० बजेदेखि करदाता शिक्षा ऐन तथा आर्थिक कर ऐन…
काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर ठगी मुद्दा चलाएका वीरगन्जका आठ चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ । पर्सा जिल्ला अदालतले ठगी मुद्दा चलाइएका चिकित्सकलाई बुधबार सफाइ दिएको हो । पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी ठहर नभएको भन्दै आठै जना चिकित्सकलाई सफाइ दिइएको अदालतका श्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिए । ‘ठगिने व्यक्ति को हो ? भन्ने नखुलेको, किर्ते पुष्टी गर्ने आधार पनि नभएको र ठगीको परिभाषा भित्र पनि नपरेको ठहर अदालतले गरेको छ,’ श्रेस्तेदार खरेलले भने, ‘अदालतले ठगी गरेको प्रमाण फेला…