दमक । झापाको दमकमा तीन दिन अघि देखि जारी संघीय लिम्बुवान पार्टी नेपालको महाधिवेशनको बन्दशत्र लम्बिएको छ । नेत्वका लागि जना शिर्ष नेताहरुले महत्वकाक्ष देखाए पछि हिजो सम्पन्न हुने महाधिवेशन आज सम्मकालागि लम्बिएको हो । पार्टीको आगामी नेतृत्वका लागि खगेन्द्र माखिम, कमल छाराहाङ्ग र सञ्जुहाङ्ग पालुङ्वाले इच्छा देखाए पछि बन्दशत्र लम्बिएको पार्टीको महाधिवेशन आयोजक समिति सदस्य देउकुमार नेम्वाङ्गले जानकारी दिए ।
पार्टीको पहिलो एकताको महाधिवेशन भएकाले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिहरुले दबाब दिए पछि वार्तामा जुटेका नेताहरुले अझै मलाउन सकेका छैनन् । आज विहानबाट पूनः नेताहरु छलफलमा जुटेका छन् । २०७१ साल असोज १९ गते भेडेटारमा एकताबाट कुमार लिङ्देनलाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।
लिङ्देनले एकता पूर्वको संघीय लोकतान्त्रिक पार्टी नेपालको पूनः महाधिवेशन गराए यता लिम्बुवान फुटेको थियो । यसैबीच बन्दशत्रमा नेता खगेन्द्र माखिम र कमल छाराहाङ्गले समसामहिक राजनितीक घटनाका बारेमा छुट्टा–छुट्टै प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेद नेता छाराहाङ्गले ग्रेटर लिम्बुवान, समानान्तर सरकार जनमत संग्रहको मागलाई अघि सारेर प्रतिवेदन पेश गरेको महाधिवेशन आयोजक समिति सदस्य प्रेमदिप थाम्सुहाङ्गले बताए ।
यता माखिमले भने लिम्बुवान प्राप्तिको लागि देश ब्यापी आन्दोलन सहितको मागलाई समेटेर प्रतिवेदन पेश गरेका थिए ।