Author: admin
झापा । झापाको कन्काई नगरपालिका–३ कोटीहोम जंगलमा बुधबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–४ बस्ने ५३ वर्षिय नागेन्द्र प्रसाद कोईराला रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । को २५ प ४६ ५१ नम्बरको मोटरसाईकल बुधबार बिहान पौने १२ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले दिउँसो ३ बजेसम्ममा गर्नेछ । अन्तिम नामावली प्रकाशन भएलगत्तै बुधबार नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई बुधबार नै चिन्ह दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन आयोगले मंगलबार प्रतिनिधि सभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी ९जसपा०का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छलफल गरिरहेका छन्। गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न गएपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाउन लागेका हुन्। श्रोतका अनुसार देउवाले मन्त्रीहरुलाई राजीनामा दिन भनिसकेका छन्। उनीहरुले राजीनामा नदएि बर्खास्त गर्ने बताइएको छ। अहिले जसपाका तर्फबाट सरकारमा ४ जना मन्त्री रहेका छन्।
झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलबाट ६८ जनाले र स्वतन्त्रबाट ३३ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ बाट १६, क्षेत्र नंं २ मा २०, क्षेत्र नं ३ मा १८, क्षेत्र नं ४ मा २०, क्षेत्र नं ५ मा २७ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी प्रदेशसभाका…
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय दिइएको हो। देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस वीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध हिजो निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा उजुरी परेको थियो । निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो ।
झापा । तास खेल्दा पैसा हारजितको विषयलाई लिएर झगडा हुँदा बिर्तामोडको नयाँ बसपार्कमा ताप्लेजुङका एक युवकको हत्या भएको खुलेको छ । गत मंसिर १८ गते बिहान मृत भेटिएका ती युवकको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले सोमबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न एक जना अझै फरार रहेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिएका छन् । गत मंसिर १८ गते बिहान ताप्लेजुङ सिदिङ्वा गाउँपालिका ४ का २५ बर्षिय नविन्द्र गुरुङको शव बिर्तामोड बसपार्क नजिकको प्लटिङ छेउको सडकमा भेटिएको थियो । गुरुङ केही समयदेखि नयाँ बसपार्क नजिक बस्दै आएका थिए ।…
काठमाडौं । चुनाव नजिकिदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको गठबन्धनभित्र असन्तुष्टि बढेको छ । एमाले-जसपा-राप्रपासहित अन्य साना दलहरु गठबन्धन गरेर चुनावमा जानेसहमति अनुसार टिकटमा भागबण्डा गरेपछि पार्टीहरुमा आन्तरिक असमझदमरी बढेको हो । ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरुलाई टिकटबाट बञ्चित गरेको भन्दै कार्यकर्ता तहमा व्यापक असन्तुष्टि चुलिएको छ । एमालेबाट टिकट नपाएपछि नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
काठमाडौं । चार मंसिरमा हुने प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा एक दर्जन भन्दा बढी उद्योगी तथा व्यवसायीहरू प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । अधिकांश व्यवसायीहरू राजनीतिक दलबाटै उम्मेदवार बनेका छन् भने सत्तारुढ नेपाली कांग्रेसले सबै भन्दा बढी निजी क्षेत्रलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले तोकेको निर्धारित समय आइतबार अपराह्न ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गरी उनीहरू तयारीमा जुटेका हुन् । कानून निर्माण तहमा आफ्नो उपस्थिति पुर्याई व्यावसायिक सहजीकरण र लबिङमा महत्वपूर्ण भूमिका खेल्न संसदीय राजनीतिमा होमिएको उनीहरूको तर्क छ । आजको कारोबार दैनिकमा खबर छ ।
झापा । झापाका पाँचवटा क्षेत्रबाट विभिन्न राजनीतिक दलका शीर्ष नेताले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गणेश पाण्डव अधिकारीले मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रबाट युग पाठकले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट मनोनयन दर्ता गराएका छन्। एमालेका अग्निप्रसाद खरेलले पनि झापा १ बाटै निर्वाचन लड्नका लागि मनोनयन पत्र दर्ता गराएका छन्। झापाको क्षेत्र नं ३ बाट एमालेको समर्थनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले…
नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। ओलीले झापा ५ नं क्षेत्रका लागि दमक नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्। ओलीको उम्मेदवारीमा रोम ओली प्रस्तावक र गीता अधिकारी समर्थक बसेका थिए।