काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी ९जसपा०का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।
यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छलफल गरिरहेका छन्।
गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न गएपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाउन लागेका हुन्। श्रोतका अनुसार देउवाले मन्त्रीहरुलाई राजीनामा दिन भनिसकेका छन्। उनीहरुले राजीनामा नदएि बर्खास्त गर्ने बताइएको छ।
अहिले जसपाका तर्फबाट सरकारमा ४ जना मन्त्री रहेका छन्।
Facebook Comments Box