Author: admin
काठमाडौं । विभिन्न हलहरुमा प्रदर्शन भइरहेको ‘कबड्डी ४’ चलचित्र रोकेर काँटछाँट तथा हेरफेर गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । काठमाडौं महानगर– १५ मा बस्ने ३९ वर्षीय रोविनकुमार लामाले सोमबार चलचित्र जाँच समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयविरुद्ध ‘कबड्डी ४’ चलचित्रको प्रदर्शन रोकेर काँटछाँट तथा हेरफेर गर्न उजुरी दर्ता गरेका हुन् । उजुरीमा भनिएको छ, ‘ ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश…
नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको छ। बैठकमा पार्टीको निर्वाचन विभागले पेश गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ। यसबाहेक अन्य समसामायिक विषयमा छलफल गर्नेसमेत कार्यसूची छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन दबाब दिएका छन्। माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उनीमाथि राजीनामा गर्न दबाब बढेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई आफ्नै निवास खुमलटारमा बोलाएर तत्काल राजीनामा गर्न दबाब दिएका छन्। अर्थमन्त्री शर्मालाई अध्यक्ष दाहालले करिब २ घन्टासम्म यसबारे ‘केरकार’ गरेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ। करको हेरफेर गर्न अर्थ मन्त्रालयका सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करलाई एक पूर्वनासु रघुनाथ घिमिरेको निर्देशन मान्न भनेका अर्थमन्त्री जनार्दन शर्माले विज्ञ र…
इटहरी । इटहरी उपमहानगरपालिका–९ र ६ को सिमामा रहेको एकता टोलको एक घरमा बिहान चितुवा फेला परेको छ । जुटबिकास नजिकै रहेको मनोहर कार्कीको घरमा बिहान देखा परेको चितुवा अर्को घरमा पनि पसेको छ । बिहान देखा परेको चितुवा अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा चितुवा हेर्नेको ठुलो भिड लागेको छ । चितुवा एउटा घरको कम्पाउन्ड भित्रको एउटा चेपमा लुकेर बसेको बताइएको छ । अहिले सम्म चितुवालाई नियन्त्रणमा लिन नसक्दा स्थानीयवासी त्रसित भएका छन् । चितुवा नियन्त्रण र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, सशस्त्र प्रहरी , जिल्ला वन कार्यालयका कर्मचारीहरू अहिले खटिएका छन् । चितुवा हेर्नेहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । यससँगै आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने भएको छ । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए। सोमबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी…
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्ने भएको छ। सोमबार बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको बताइएको छ। साथै गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय रहेको जनाइएको छ। आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।
काठमाडौं । प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। आइतबार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति संविधानले गरेको बताए। प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्धन्द्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सवै क्षेत्रमा देखिएको उल्लेख गरे। ट्रेड युनियनले राखेका मागहरु सकारात्मक रहेको…
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई ‘रुलिङ’ गरे । उनले भने, “माननीय सदस्यहरू, खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न/गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।” प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका…
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । काठमाडौं १ बाट यसअघि नेपाली कांग्रेसका तर्फबाट प्रकाशमान सिंह निर्वाचित भएका थिए।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका हुन्। प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको उनले बताए। ‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको?,’ ज्ञवालीले प्रश्न गरे, ‘यसबारे सदनले थाहा पाउन जरूरी छ।’ प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयसमेत हेर्दै आएका छन्। प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन। अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो संसदलाई जानकारी गराउनुपर्ने ज्ञवालीले बताए। साथै उनले…