Author: admin
काठमाडौं । सेयर बजार सुधार गर्नु भन्दै सेयर बजार लगानीकर्ताहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । पूँजीबजार सुधार गर्न सरकारले ध्यान नदिदा यस क्षेत्र नै धरासयी भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले बजारमाथिको अनावश्यक हस्तक्षेप बन्द गर, सिसिडी रेसियो कामय गर, सेयर धितो कर्जामा जोखिम भार कम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको उनीहरुको आरोप छ । पूजीबजार सुधारका लागि आफुहरुले ध्यानाकर्षण पत्र बुझाइसकेको अवस्थामा सरकारले कुनै कदम नचाले असार १ गते कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्…
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसीका नाममा अमेरिकी सम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै नेकपाले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरुले भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पीनुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन् । नेकपाले जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकामहरुमा बिरोध प्रदर्शन र घेराउ गर्ने जनाएको छ भने चर्को महङ्गी र भाडाबृद्धि बिरुद्ध असार ५ गते देशव्यापी…
झापा । राप्रपा सांसद राजेन्द्र लिङदेनले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा-इनरूवा खण्डमा पर्ने जग्गाहरु रोक्का राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद लिङ्देनले रेलमार्गका लागि आवश्यक पर्ने ६ सय ५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्र नभई सम्बन्धित कित्ताका सबै जग्गाहरुसमेत रोक्का गरिएको भन्दै आपत्ति जनाए। उनले रेलमार्ग निर्माण कार्य अगाडि नबढेको तर नागरिकका जग्गा रोक्का राखिएको भन्दै फुकुवा गर्न मागसमेत गरेका छन्। ‘काम कुनै अगाडि बढेको छैन। तर त्यसको मुआब्जाका लागि मात्रै २५ अर्ब आवश्यकता पर्ने भनिन्छ तर रकमचैं १ अर्ब मात्र व्यवस्था गरिएको छ। यहि हिसाबले हो भने मुआब्जा दिँदै जाँदा २५…
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूले अन्य पार्टीका कुनै पनि नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धनमा कुनै आश्वासन नदिएको दाबी गरेका हुन्। केही दिन अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए। तर ओलीले भने कुनै पनि दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन्।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेल र मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
काठमाडौँ । मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्ये भूभागमा नियमितजसो वर्षा हुन थालेको छ। यद्यपि, पश्चिम नेपालका तराई क्षेत्रमा भने अझै गर्मी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौँ उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ। नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ। आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेससहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार शनिबार प्रदेश…
काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमति भएको छ। यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो। सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने समझदारी भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ। समझदारी पत्रमा काठमाडौँ महानगरका प्रमुुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गरेका छन्। त्यस्तै स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका…
काठमाडौं। शहरी विकास मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार स्थानीय वासिन्दासँग छलफल गर्ने भएको छ। काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दा पनि छलफलमा सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । यसअघि गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो । तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका गाडिमा अवरोध भएको थियो।
काठमाडौं । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् । आज मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि हातपात गर्नु भएको हो । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उहाँका पिएसओले बचाउ गरेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बन्नु भएको हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन्। अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लिन चार दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् । ‘‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गाउनुपर्दैन ?,’’ उनले प्रश्न गरे, ‘‘अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु ।’’ त्यस्तै, उनले अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप…